सुनसरी । दुहबी नगरपालिका-२ स्थित प्रिमियर अर्गानिक लि.(बियर फ्याक्ट्री) को कम्पाउण्डभित्र स्टोर गरी राखेको पथर कोईला र प्यालेट कोईलामा बिहीबार दिउँसो आगलागी हुँदा १८ सय टन पथर कोईला र ४ सय २१ टन प्यालेट कोईला आंशिक रूपमा जलेर नष्ट भएको छ ।
क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


