सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने आयरल्यान्ड, नर्वे र स्पेनको घोषणा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने आयरल्यान्ड, नर्वे र स्पेनको घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / युरोपेली मुलुकहरू आयरल्यान्ड, नर्वे र स्पेनले प्यालेस्टाइनलाई एक राष्ट्रका रूपमा मान्यता दिने भएका छन् । तीन देशले यही मे २८ बाट प्यालेस्टाइनलाई एक स्वतन्त्र मुलुकको मान्यता दिने बताएका हुन् ।

स्पेन र आयरल्यान्डले आफूहरू इजरायलको विपक्ष र हमासको पक्षमा नभएको पनि बताएका छन् । उनीहरूले शान्तिप्रति समर्थन जनाउँदै उक्त कदम चालिएको बताएका छन् । इजरायलले भने यो निर्णयले अस्थिरता ल्याउने भन्दै कडा प्रतिक्रिया जनाएको छ । उसले तीन देशबाट आफ्ना राजदूतसमेत फिर्ता बोलाइसकेको छ ।

हमास र प्यालेस्टिनी अधिकारीहरूले भने आयरल्यान्ड, नर्वे र स्पेनको कदमको स्वागत गरेका छन् । आयरल्यान्ड र स्पेनसँग समन्वय गरी नर्वेले बुधबार प्यालेस्टाइनलाई राज्यको मान्यता दिने घोषणा गरेका हुन् । नर्वेका प्रधानमन्त्री युनास गार स्टुराले ‘लामो र बर्बर युद्ध’ को अन्त्यका लागि उक्त कदम चालिएको बताएका छन् । उनले भनेका छन्, ‘यो मध्यपूर्व दीर्घकालीन शान्ति ल्याउने एक मात्र समाधानको बाटो हो ।

दुई राष्ट्रको सिद्धान्तलाई इंगित गर्दै उनले प्यालेस्टाइन र इजरायल स्वतन्त्र मुलुकका रूपमा शान्तिपूर्ण ढंगले अगाडि बढ्न सक्ने बताएका छन् । नर्वेपछि आयरल्यान्ड र स्पेनले पनि प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने घोषणा गरेका हुन् ।

वर्ल्ड पपुलेसन रिभ्युको तथ्यांकअनुसार विश्वका करिब १४० मुलुकले प्यालेस्टाइनलाई स्वतन्त्र मुलुकको मान्यता दिएका छन् । अरब समूहका सबै देश, इस्लामिक कोअपरेसन अगर्नाइजेसन र असंलग्न आन्दोलन पक्षधर मुलुकहरूले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यका रूपमा स्वीकारेका छन् ।

अधिकांश पश्चिमा र युरोपेली मुलुकहरूले भने प्यालेस्टाइनलाई स्वतन्त्र मुलुकको दर्जा दिएका छैनन् । अमेरिका, बेलायत, फ्रान्स, जर्मनी र अस्ट्रेलियाजस्ता शक्तिराष्ट्रहरूले शान्ति वार्तामार्फत नै मध्यपूर्वको समाधान हुने बताए पनि तत्परता भने देखाएका छैनन् ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

५ दिन अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

रास्वपाका २० नेता आज चीन प्रस्थान

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

सुनको भाउ घट्याे

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक