शुक्र, बैशाख ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

परीक्षाफलमा गडबडी गर्ने ५ जना पक्राउ

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सम्पर्कमा नरहेका कर्मचारीलाई स्पष्टीकरणसहित  हाजिर हुन सूचना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालगन्ज  । बाँकेको कोहलपुरमा कक्षा आठको विद्यार्थी उत्तीर्ण दर कमजोर आउने देखिएपछि परीक्षार्थीको वास्तविकभन्दा धेरै प्राप्ताङ्क कम्प्युटरमा ‘इन्ट्री’ गरेर परीक्षाफलमा गडबडी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

उत्तीर्ण दर उच्च देखाउन नगरपालिकाको शिक्षा शाखा प्रमुखकै संलग्नतामा अनियमितता गरेको शङ्का लागेपछि नगरपालिकाले छानबिन समिति नै गठन गरेर अध्ययन गर्दा अनियमितता पुष्टि भएको थियो ।

छानबिन समितिको प्रतिवेदन अनुसार नगरपालिकाभित्रका विद्यालयका परीक्षकले आफ्ना विद्यार्थीको उत्तर पुस्तिका आफैँ परीक्षण गरेको, विद्यार्थीको प्राप्ताङ्कभन्दा बढी अङ्क कम्प्युटरमा प्रविष्ट गरेको, शाखा अधिकृतको कार्यकक्षमा बसेर शिक्षण सिकाइ सहजकर्ताले नयाँ कपी थप गरी प्रश्न हल गरेको, कतिपयको बाहिरी र भित्री पाना साटिएकोलगायतका अनियमितता फेला परेको थियो ।

प्रतिवेदनका आधारमा दोषी देखिएका १५ जना मध्ये १२ जनाको नाममा २०८१ जेठ १ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा मुद्दा दर्ता भएको थियो ।

सोही अन्तर्गत पक्राउ पर्नेमा आभास विक्रम क्षेत्री, उमेश केसी, कुवेर ढकाल, शिक्षण सहजकर्ता रोमिना खत्री र रमेश कुमार थारु रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो । उहाँले सो अनियमिततामा संलग्न अन्य व्यक्तिहरू पनि केही दिनमै पक्राउ पर्ने बताउनुभयो ।

२०८० चैत २ गतेदेखि ९ गतेसम्म कक्षा ८ को परीक्षा सुरु भएको थियो भने चैत २३ गते नतिजा प्रकाशित भएको थियो ।

कोहलपुर नगरपालिका क्षेत्र भित्रका सामुदायिक र संस्थागत गरी ५२ विद्यालयका २ हजार ८६४ जना विद्यार्थीहरूले फारम भरेकोमा ५३ जना अनुपस्थित भएको र २ हजार ८११ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

सो परीक्षामा संस्थागत तर्फ ६९.८७ प्रतिशत उत्तीर्ण भएका थिए भने सामुदायिक तर्फ १४.८० प्रतिशत उर्तीण भएका थिए । नतिजा धेरै देखाउन नक्कली काम गरेको पुष्टि भएपछि कोहलपुर नगरपालिकाले शिक्षा शाखा प्रमुख रामबहादुर हमाललाई काज फिर्ता गर्ने, शिक्षा शाखा अधिकृत सातौँ रविलाल मिजारलाई निलम्बन गर्ने तथा शिक्षा शाखा सहायक पाँचौँ बलबहादुर नेपाली र कार्यालय सहयोगी भरत थारुलाई विभागीय कारबाही गर्ने निर्णय गरिसकेको छ ।

परीक्षाफलमा गडबडी गरिएको आशङ्कापछि कोहलपुर नगरपालिका १२ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनेको थियो । जसमा नेपाल शिक्षक महासङ्घका प्रतिनिधि राम प्रसाद चापागाईँ, क्रिसा प्रतिनिधि वि.एल भारती, ज्ञान ज्योति माविका प्रधानाध्यापक सुमित्रा न्यौपाने र कोहलपुर नगर प्रहरी प्रमुख वीर बहादुर थापा रहनु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

डायस्पोरा बण्ड घोषणाले देशको अर्थव्यवस्थामा सकारात्मक परिणामको संकेत !

१० घण्टा अगाडि
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?

मातृ दिवसको परम्परा र आजको सन्दर्भमा यसको महत्व

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मन्त्रिपरिषदकाे बैठकका निर्णयहरू

जेनजी आन्दोलन घटनाका कारबाही गर्न ‘छिट्टै’ सिफारिस गर्ने

‘नाच रे पतरकी’ मा सदाम र रेविकाको ठुम्का

गृहमन्त्री गुरुङले जारी गरे स्पष्टीकरण

चुरे संरक्षणलाई मधेश सरकारले प्राथमिकतामा राख्नुपर्छ : नेता मिश्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक