लमजुङ । करेन्ट लगाएर माछा मार्ने क्रममा लमजुङमा एक युवाको मृत्यु भएको छ ।
दोर्दी गाउँपालिकाको किसेदी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर दोर्दीकै जितौरेका २६ वर्षीय विकास गुरुङको ज्यान गएको लमजुङ प्रहरीले जनाएको छ ।
विकास गए राति साथीसहित माछा मार्न गएका थिए । त्यही ठाउँका बिनबहादुर गुरुङको धन्सारबाट बिजुलीको तार जोडी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर उनको ज्यान गएको लमजुङका प्रहरी निरीक्षक थानेश्वर चापाइले जनाए ।


