काठमाडाैं । प्यालेस्टिनी जनतालाई आफ्नै देशबाट जबर्जस्ती लाखौलाखको संख्यामा बिस्थापित गरेर राज्यबिहीन तुल्याउँदै साम्राज्यबादले इजरायली राज्यको स्थापना गरेको कालो दिन हो मर्इ १५ को दिन ।
यसरी ठूलो संख्यामा राज्यबिहीन बनाइएको र खेदिएको दिनलाई प्यालेस्टिनीहरुले ‘नकबा’भन्ने गर्दछन् र यो कालोदिन मनाउँदै राज्य प्राप्तिको आफ्नो बैधानिक प्रतिरोधी संघर्षलाई निरन्तर कायम राखेर लडिरहेकौ ७६ बर्ष पुगेको छ ।
नेपाल कम्युनिष्ट पार्टी पेलेस्टिनीहरुको स्वाधीन राज्य प्राप्ति र मुक्तिको यो निरन्तर चलिरहेको संघर्षप्रति पूर्बबत जोडदार समर्थन र ऐक्यबद्धता जनाउँदछ र तत्काल युद्ध रोक्न, निर्दोष र निहत्था पेलेस्टनीहरु मार्ने इजरायली अतिक्रमण र घोर अमानबीय अत्याचार बन्द गर्न तथा दुइ–राज्य प्रस्ताव मार्फत समाधानको बाटो
तुरून्त खोल्न एबं अर्को नदोहोर्याउन र राज्यबिहीनताको पीडाबाट पेलेस्टिीहरुलाई सदाका निम्ति मुक्त गर्न जोडदार माग गर्दछ ।


