दाङ । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई दाजुभाइको मृत्यु भएको छ। बबई गाउँपालिका–७ ओदाले घाटमा पौडी खेल्ने क्रममा दुई दाजुभाइको मृत्यु भएको हो।
दुई दाजुभाइ ओदालेमा रहेको फुपुको घरमा बुवा–आमासँगै आएको स्थानीयले बताएका छन्। इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजंग थापाका अनुसार १८ वर्षका दीपक परियारलाई उद्दार गरेर अस्पताल पठाएको र उनको उपचारका क्रममा तुलसीपुरमा मृत्यु भएको थियो।
यस्तै, १६ वर्षका दिपेश परियारको बबई नदीबाट शव निकालेको प्रहरी निरीक्षक थापाले जानकारी दिए।
मृतकका परिवार कामको शिलशिलामा भारत बस्ने गरेको जनाइएको छ। शवको पोस्टमार्टम गर्नका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।