आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लोकतान्त्रिक योद्धा खगेन्द्रराज रेग्मीको निधनप्रति दुःख व्यक्त

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
लोकतान्त्रिक योद्धा खगेन्द्रराज रेग्मीको निधनप्रति दुःख व्यक्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस स्याङ्जाका पूर्व सभापति, राष्ट्रियसभाका पूर्व सांसद एवम् लोकतान्त्रिक आन्दोलनका अथक योद्धा खगेन्द्रराज रेग्मीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले आज जारी गर्नुभएको शोक वक्तव्यमा भनिएको छ, “लोकतान्त्रिक आन्दोलनका अथक योद्धा खगेन्द्रराज रेग्मीको निधनको खबरले मलाई अत्यन्त स्तब्ध र दुःखित बनाएको छ । कांग्रेसको विभिन्न पदीय जिम्मेवारीमा रहेर स्वर्गीय रेग्मीले नेपाली कांग्रेसको सङ्गठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, दिवङ्गत आत्माको चीरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।”

नेता रेग्मीको ७५ वर्षको उमेरमा आज आफ्नै निवास स्याङ्जाको भीरकोट-७ गेझबासमा निधन भएको हो । रेग्मी २०५८ सालमा राष्ट्रियसभाको सांसद बन्नुभएको थियो । उहाँ लामो समयसम्म शिक्षण पेसामासमेत सक्रिय रहनुभएको थियो । जिउँदो सहिदका रूपमा परिचित रेग्मी क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहनुभएका रेग्मी २०२८ सालमा स्याङ्जा-पर्वत तरुण दलको अध्यक्ष, २०२९ सालमा गण्डकी अञ्चलस्तरीय तरुण दलको अध्यक्ष तथा २०३३ सालमा कांग्रेस स्याङ्जाको सहसचिव हुनुहुन्थ्यो ।

स्याङ्जा बम काण्डमा पक्राउ पर्नुभएका रेग्मीलाई तत्कालीन व्यवस्थाले राजकाज अपराध ऐन अन्तर्गत मृत्युदण्ड र जन्म कैदसम्मको सजाय हुने गरी मुद्दा दायर गरेको थियो । उहाँलाई कास्की कारागारमा थुनामा राखिएको थियो । नेता रेग्मीले २०३५ सालमा स्याङ्जाको पार्टी सचिव तथा त्यसपछि पटक-पटक सभापति रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको थियो । वि.सं.२००६ मा जन्मनुभएका रेग्मी २०५८ सालमा राष्ट्रियसभाको सदस्य हुनुहुन्थ्यो । नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा उहाँले पटक पटक जेल जीवन बिताउनु भएको थियो । उहाँको निधनबाट कांग्रेसले एक अग्रज र अनुभवी नेतालाई गुमाएको कांग्रेसले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

६ घण्टा अगाडि
भ्रष्टाचारविरोधी नागरिकहरुको पहलमा २५ लाख बराबरको पत्रकारिता पुरस्कार स्थापना

अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाका २० नेता आज चीन प्रस्थान

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

सुनको भाउ घट्याे

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक