आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

चिनियाँ विद्युतीय गाडीहरुमा शत प्रतिशत भन्सार शुल्क लगाउने अमेरिकाकाे तयारी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
चिनियाँ विद्युतीय गाडीहरुमा शत प्रतिशत भन्सार शुल्क लगाउने अमेरिकाकाे तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । अमेरिकाले चिनियाँ विद्युतीय गाडीहरुमा १०० प्रतिशत भन्सार शुल्क लगाउने तयारी गरेको छ।

बिजुलीबाट चल्ने सस्ता चिनियाँ गाडीले अमेरिकी बजारमा स्थानीय कार कम्पनीहरुलाई अप्ठ्यारोमा पारेको भन्दै बाइडेन प्रशासनले यो निर्णय लिन लागेको अमेरिकी समाचार संस्थाहरुले जनाएका छन्। थप शुल्क यही मंगलबार नै घोषणा हुने जनाइएको छ।

बिजुलीबाट चल्ने चिनियाँ कारहरुमा अहिले लाग्दै आएको २५ प्रतिशत भन्सार शुल्क बढेर १०० प्रतिशत सम्म पुग्न सक्ने न्युयोर्क टाइम्सले जनाएको छ। बिजुली गाडी बाहेक सेमिकन्डक्टर, स्टिल, एल्मुनियम, सोलार प्यानल लगायतका चिनियाँ उत्पादनमा यस्तो शुल्क बढ्न सक्ने अनुमान गरिएको छ।

बाइडेन प्रशासनले सन् २०१८ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट हुने आयातमा लगाएका शुल्कहरुको समीक्षा गरिरहेको छ। यही समिक्षासँगै भन्सार शुल्क थप हुन लागेको हो।

गत महिना पेन्सल्भेनिया राज्यको भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले चिनियाँ स्टिल र आल्युमिनियममा तीन गुणा शुल्क थप्न चाहेको बताएको न्युयोर्क टाइम्सले जनाएको छ। विद्युतीय सवारी साधन, सोलार प्यानल लगायतका हरित औद्योगिक क्षेत्रमा चीन धेरै अगाडि बढेपछि अमेरिकाले त्यो क्षेत्रमा चीनको गति रोक्ने प्रयास गर्न थालेको छ।

अमेरिकामै यस्ता उद्योगहरुलाई प्रवर्धन गर्न अमेरिकी सरकारले ठूला योजना ल्याएको छ र राज्यले त्यस्ता उद्योगहरुलाई ठूलो मात्रामा सहयोग उपलब्ध गराएको छ। अमेरिकामा यही वर्षको नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ।

त्यसले पनि चिनियाँ आयातलाई रोक्न र आन्तरिक उद्योगहरुलाई बढावा दिन राष्ट्रपति बाइडेन माथि बढ्दो दवाब छ। चीनले यस्ता शुल्कहरु अन्यायपूर्ण र स्वतन्त्र व्यापारको अवधआरणा बिपरित रहेको र चीनको प्रगतीलाई रोक्नकालागि लगाउने गरिएको भन्दै बिरोध गर्दै आएको छ।

अमेरिकाले भने चीनले आन्तरिक रुपमा यस्ता उद्योगहरुलाई ठुलो अनुदान दिएर सस्तोमा उत्पादन गरी विश्व बजार कब्जा गर्ने रणनीति अख्तियार गरेको भन्दै प्रतिवाद गर्ने गरेको छ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

४ दिन अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

रास्वपाका २० नेता आज चीन प्रस्थान

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

सुनको भाउ घट्याे

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक