काठमाडौं । बिश्वलाई अद्वितीय, युगान्तकारी र कालजयी द्वन्द्वात्मक भौतिकबादी दर्शन दिएर बर्गीय शोषण र सामाजिक उत्पीडनले आक्रान्त बिश्व समाजलाई त्यसबाट मुक्त गर्न मार्ग दर्शन गर्नुहुने महान बिश्व ब्यक्तित्व कार्ल माक्र्सको जन्म जयन्ती ५ मईका दिन नेपाल कम्युनिष्ट पार्टी उहाँप्रति उच्च सम्मानकासाथ स्मरण गर्दछ ।
शोषण उत्पीडनयुक्त बिश्व समाजलाई शोषण रहीत तुल्याउने बैज्ञानिक समाजबादी समाज निर्माण र बिकसित गर्दै मानब समाजलाई बर्गबिहीन समाजमा परिणत गर्ने महानआन्दोलनमा अबिछिन्नरुपमा लागिपर्ने आजको दिनमा पुनः प्रण गर्दछ ।
यस पुनीत घडीमा नेपाली समाजमा माक्र्सबादलाई सचेत, संगठित र संस्थागतरुपमा भित्र्याउँदै नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने कार्ल माक्र्सका रचनात्मक र सिद्धान्तष्ठि अनुयायी कमरेड पुष्पलालको पनि स्मरण गर्दै उहाँले देखाएको क्रान्तिको मूलबाटोमा दृढतापूर्बक अग्रसर हुन, उहाँको बिचारको वरिपरी गोलबन्ध हुन र कम्युनिष्ट आन्दोलनलाई बैचारिकरुपमा सही किसिमले ध्रुबीकरण गर्दै सामन्तबाद तथा साम्राज्यबाद बिरोधी नेपाली क्रान्तिलाई सफलताको शीखरतर्फ डोर्याउन सबै निष्ठाबान र अबिचलित क्रान्तकारी कम्युनिष्टहरुमा नेपाल कम्युनिष्ट पार्टी पुनः जोडदार तथा हार्दिक अपिल गर्दछ ।


