शनि, बैशाख २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home कृषि

अधिकांश जमिन बाँझै जमिन बाँझो नराख्ने अभियान

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
अधिकांश जमिन बाँझै जमिन बाँझो नराख्ने अभियान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जाजरकोट । सरकारले कृषि उत्पादकत्व वृद्धि गर्ने लक्ष्य राखे पनि जाजरकोटमा जमिन बाँझो राख्ने प्रवृत्ति भने बढ्दै गएको छ ।

कृषि विकास कार्यालय जाजरकोटका अनुसार जिल्लामा २५ हजार ३८४ हेक्टर खेतीयोग्य जमिन छ । दुई लाख २२ हजार २८१ हेक्टर क्षेत्रफलमध्ये ११.४२ प्रतिशत जमिन मात्रै खेतीयोग्य छ । खेतीयोग्य जमिनमा पनि १६ हजार ६९८ हेक्टर क्षेत्रफलमा खेती गरिन्छ । आठ हजार ६८६ हेक्टर जमिन बाँझै छ । सात हजार ९११ हेक्टर जमिनमा सिँचाइ पुगेको छ । कुल कृषियोग्य भूमिको ४७.३८ प्रतिशत भूमि सिँचाइयोग्य रहेको देखिन्छ ।

कृषि विकास कार्यालय जाजरकोटका प्रमुख महेश आचार्यका अनुसार पछिल्ला वर्षमा खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्ति बढ्दै गएकाले सिँचाइयुक्त जमिन पनि बाँझो रहन थालेको छ ।

हाल जिल्लाभर ६५ प्रतिशत जमिनमा खेती भइरहेको आचार्यले जानकारी दिनुभयो । अझै ग्रामीण क्षेत्रमा बर्सेनि बालीनाली लगाउन छाडेको जमिन हेर्ने हो भने बाँझो रहने जमिन अझै बढ्न सक्ने देखिन्छ । सिँचाइ अभाव, युवाको विदेश पलायन, बसाइँसराइ र कृषिमा कृषककै आकर्षण घट्दै जाँदा खेतीयोग्य जमिन बाँझो रहने क्रम नरोकिएको आचार्यको भनाइ छ ।

तीन वर्षअघि कर्णाली सरकारको निर्णय अनुसार जाजरकोटमा पनि खेतीयोग्य जमिन बाँझो नराख्ने अभियान चलेको थियो । कर्णाली प्रदेशभर चलेको उक्त अभियान पनि प्रभावकारी बन्न सकेन । अभियानले बाँझो जमिनको सदुपयोगसँगै युवालाई स्वरोजगार बनाई उत्पादन बढाउने उद्देश्य तय गरेको थियो । अभियान अन्तर्गत वर्षौंदेखि बाँझो रहेको जग्गामा बेसार, अदुवा तथा धान खेती गर्ने जनाइएको थियो । त्यो अभियानले न निरन्तरता पाउन सक्यो न त प्रभावकारीकार्यान्वयन भयो ।

जिल्लामा सिँचाइसम्बन्धी काम गर्ने कार्यालय पाँच वटा छन् । कृषि विकास कार्यालय, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि क्षेत्र विकास कार्यक्रम र कर्णाली एकीकृत जलस्रोत सिँचाइ परियोजना रहेका छन् । यी कार्यालयसँग जिल्लामा खेतीयोग्य जमिनको यकिन तथ्याङ्क छैन । हरेक कार्यालयका फरक फरक तथ्याङ्क छन्

 

 

यो पनि पढ्नुहोस्

देशभरको मौसम सफा रहने

बर्खामा देशका सरदरभन्दा कम पानी पर्ने सम्भावना

४८ सेकेन्ड अगाडि
टोयोटा मोटरकाे नाफामा ४९ प्रतिशत गिरावट

टोयोटा मोटरकाे नाफामा ४९ प्रतिशत गिरावट

२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विपिन हत्या प्रकरणमा संलग्न तीन जना पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

संघीय सदनको संयुक्त बैठक सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह

सुनचाँदीको मूल्य बढ्याे

यस बर्षकाे तेस्रो भाषा दिवस भव्य रूपमा मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक