आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सहकारी संस्थाको ऋण नियतवश नतिर्नेको स्थानीय तहबाट प्राप्त हुने सेवासुविधा रोकिने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सहकारी संस्थाको ऋण नियतवश नतिर्नेको स्थानीय तहबाट प्राप्त हुने सेवासुविधा रोकिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

म्याग्दी । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सहकारी संस्थाको ऋण नियतवश नतिर्नेको स्थानीय तहबाट प्राप्त हुने सेवासुविधा रोकिने जनाउनुभएको छ । सहकारी रजिस्ट्रार कार्यालय गण्डकी प्रदेशले आयोजना गरेको एक कार्यक्रममा उहाँले सो कुरा जनाउनुभएको हो ।

बेनी नगरपालिका एवं जिल्ला सहकारी सङ्घको समन्वयमा सहकारी ऐन नियम तथा समसामयिक विषयमा अन्तर्क्रिया कार्यक्रममा नगर प्रमुख केसीले भन्नुभयो, “कसैको बहकाउमा लागेर होस या बदनियतले ऋण तिरेको छैन भने त्यस्ता ऋणीले स्थानीय तहबाट प्रदान गर्ने सेवा तथा सिफारिस पाउने छैनन् ।” उहाँले सहकारी संस्थाले ऋण नतिर्नुको कारण र नियतका बारेमा आधिकारिक जानकारी गराएपछि त्यस्ता सेवाग्राहीको सबै प्रकारका सिफारिस रोकिने जनाउनुभयो ।

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममै नगरपालिकाले सहकारीको ऋण नतिर्नेलाई सेवा रोक्ने उल्लेख गरेकाले त्यस्तो सहकारीकर्मी ढुक्क भए हुने उहाँको भनाइ थियो । उहाँले सहकारीलाई डुबाउन खोज्ने कसैलाई पनि नीतिगत रूपमा बेनी नगरले नछाड्ने भएकाले बचतकर्ताको बचत पनि फिर्ता हुने र सहकारी पनि सामान्य अवस्थामा आउनेमा आफू ढुक्क रहेको तर्क गर्नुभयो ।

ऋण लगानी भएको पैसा जनताले नै दुःख गरेर कमाएको पैसा भएकाले त्यसको दुरुपयोग गर्नेलाई कारबाही गर्नुका साथै सेवा रोक्नु पर्ने उहाँको धारणा थियो । नगर प्रमुख केसीले भन्नुभयो, “ठुला लगानीकर्ताले सहकारीले साना ऋणीलाई लगानी गर्दा आफूहरूको मुनाफा गिरावट आएको ठानेर सहकारीलाई अप्ठ्यारोमा पार्ने खेल खेलेको छ ।”

सहकारीलाई अप्ठ्यारो पार्दा आफूहरूलाई ठिक हुने भन्ने बैङ्कहरूले ठानेको भए पनि सहकारी अप्ठ्यारोमा पर्दा कोही पनि सहज अवस्थामा नआउने भएकाले सबै मिलेर सहकारीलाई सामान्य अवस्थामा ल्याउनु पर्ने उहाँको भनाइ थियो ।

नगर उपप्रमुख ज्योति लामिछानेले केही सहकारीमा समस्या देखिनुमा संस्थाका प्रबन्धकको बदनियत देखिएको बताउनुभयो । उहाँका अनुसार सहकारीका कर्मचारी तथा प्रबन्धकले ऋण लगानी गर्दा सफ्टवेयरमा ब्याजदर न्यून राख्दा संस्था र बचतकर्तालाई समस्या भएको बताउनुभयो । स्थानीय तह बनेपछि डिभिजन सहकारी कार्यालयले बेनी नगरपालिकालाई ५७ सहकारी हस्तान्तरण गरेको र दुई वटा नयाँ दर्ता गरेको थियो । त्यसमध्ये पाँच वटा सहकारी एकीकरणमा गएको र एउटा सहकारी खारेजीमा पुगेको बेनी नगरपालिकाकी सहकारी शाखा प्रमुख प्रभा शर्माले जनाउनुभयो ।

त्यस्तै निस्क्रिय रहेका ११ सहकारीलाई पनि खारेजीको प्रक्रियामा लैजानु पर्ने भएकाले नगरपालिकाभित्र कार्यक्षेत्र भएका ४३ सहकारी मात्रै सक्रिय रहेको जनाइएको छ । नगरपालिकाभित्रका ४३ सहकारीमा १४ हजार ५७० सेयर सदस्य रहेकोमा १० हजार ३९ महिला छन् ।

नगरपालिकाभित्रका सहकारीले १२५ जनालाई रोजगारी प्रदान गरेको सहकारीले एक अर्ब ६१ करोड ४७ लाख आठ हजार रुपियाँ ऋण लगानी गरेको शर्माले जनाउनुभयो । कार्यक्रममा सहकारी रजिस्ट्रार भेषराज रिजालले सहकारीको समस्या बुझेर समाधानका लागि कार्यालय लागिरहेको जनाउनुभयो ।

ठुलो बचत र ठुलो ऋणले नै सहकारीलाई समस्या पारेको बताउँदै उहाँले कुनै पनि लगानीमा कमसल धितो रहेको भए पुनः धितो मागेर ऋणमुताबिकको जमानत बनाउनुपर्ने धारणा राख्नुभयो ।

यो पनि पढ्नुहोस्

२६ वटा स्टारलिङ्क भी३ भूउपग्रह तैनाथ

२६ वटा स्टारलिङ्क भी३ भूउपग्रह तैनाथ

४ घण्टा अगाडि
नेपालको राज्यकोषबाट कुनै खर्च नहुने स्पष्ट

नेपालको राज्यकोषबाट कुनै खर्च नहुने स्पष्ट

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

रास्वपाका २० नेता आज चीन प्रस्थान

देशका पहाडी भू-भागमा आंशिक बादल लाग्ने

नेपाल संवत्‌लाई नोटमा राख्न र संवत्‌सम्बन्धी कानुन निर्माण गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक