काठमाडौं । वैशाख उदयपुर, रौतामाई गाउँपालिका-३ लाफागाउँस्थित माकाला सामुदायिक वनमा सोमबार बिहान लागेको आगो फैलिएर सोही ठाउँ बस्ने बृषसेर राई लगायत ३ जनाको घर र गुहालीहरूमा आगलागी हुँदा तीनै जनाको गरी करिब २१ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सप्तरी, बलानविहुल गाउँपालिका-४ बेल्ही टोल बस्ने ७५ वर्षीय नन्दी पण्डितको मिल र गोठ घरमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा अन्नपात, काठ, लत्ताकपडा, फर्निचरको सामान र धान कुट्ने मिल समेत जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ बलम्बुस्थित सडकमा पार्किङ गरी राखेको बा.३ ख ६१७३ नम्बरको वेवारिसे मिनी बसमा सोमबार बिहान आगलागी हुँदा बस पूर्णरूपमा जलेर क्षति भएको छ । उक्त बस विगत २ वर्षदेखि सो ठाउँमा पार्किङ गरी राखेको भन्ने बुझिएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


