नवलपरासी पश्चिम । सुनवल नगरपालिका-१३ सुन्दर बस्ती डेरा गरी बस्ने गुल्मी घर भएकी ३८ वर्षीया कमला घर्ती मगरको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।
सोही नगरपालिका-१२ भुमही चोकमा युपी ५५ बिटी २५४६ नम्बरको ट्रकले लु.२६ प ९२८ नम्बरको स्कुटरलाई ठक्कर दिई आइतबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार उनको सामुदायिक अस्पताल भुमही हुँदै जिल्ला अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक उपचार पश्चात डिस्चार्ज भएका छन् । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


