काठमाडौं । इलाम २ को शनिबार सम्पन्न निर्वाचनको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्। फाकफोकथुम–१ नम्बर वडाको मत गन्दा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६ सय ५७ मतका साथ अग्रता बनाएका हुन्।
यस्तै एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५ सय ३४ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले १ सय ८७ मत पाएका छन्।
यस्तै रास्वपाका उम्मेदवार मिलन योङहाङ लिम्बूले १ सय १५ मत पाएका छन्।


