बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

घिमिरे साँच्चै सभामुख बन्लान् कि ओलीको आदेश पालक?

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
घिमिरे साँच्चै सभामुख बन्लान् कि ओलीको आदेश पालक?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – एमालेको केन्द्रीय राजनीतिको सिन बाहिर रहेका झापा २ बाट निर्वाचित देवराज घिमिरे बिहीबार सभामुख निर्वाचित भएका छन्।

२०५४ सालमा राष्ट्रियसभा सदस्य भएका उनी २५ वर्षपछि संसदीय राजनीतिमा फर्किएलगत्तै सभामुखजस्तो महत्वपूर्ण जिम्मेवारी पाएका छन्।

प्रतिनिधिसभामा उपस्थिति २६८ सांसद मध्ये १६७ जनाले उनको पक्षमा मतदान गरेर निर्वाचित गराएका छन्। घिमिरे निर्वाचित भएसँगै धेरैमा सभामुखका रुपमा उनको भूमिका कस्तो रहला भन्ने चासो छ।

नेपालमा सभामुखले गर्नुपर्ने निष्पक्ष र तटस्थ भूमिका निर्वाह हुन नसकेको भनेर आलोचना हुँदै आएको परिप्रेक्षमा घिमिरेको व्यवहार कस्तो रहला भन्ने जिज्ञासा हुनु स्वभाविक हो। नेपालको नवौँ सभामुखका रुपमा निर्वाचित हुँदा उनले निर्विरोध हुन सकेनन्। २०५१ सालपछि निर्वाचित भएका साता जना सभामुखका उम्मेदवार निर्विरोध भएका थिए। तर यसपटक उनलाई त्यो अवसर जुटेन।

निर्विरोध निर्वाचित भएका अघिल्ला सभामुख अग्निप्रसाद सापकोटाले पदीय गरिमा राख्न नसकेको आरोप खेप्नुपर्यो। आफ्नो पूर्ववत पार्टी माओवादी केन्द्रको छायाँ बनेको ट्याग लाग्यो। संविधान र कानुनले दिएका अधिकारसमेत दलीय निर्देशनका कारण अवरुद्ध पारेको आरोप सहनु पर्यो।

एमालेले तत्कालीन अवस्थामा कारबाही गरेका माधव नेपालसहित १४ सांसदको कारबाहीलाई निष्कर्षमा पु¥याउन सूचना नटाँसेको, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लगाइएको महाअभियोग सत्ताको स्वार्थ अनुसार अघि नबढाइ थन्क्याएको, सरकारलाई बनाउनुपर्ने जति जवाफदेही नबनाएको जस्ता आरोप सापकोटामाथि छ।

उनको भूमिकामाथि सबैभन्दा बढी प्रश्न गर्ने दल एमालेबाटै बिहीबार घिमिरे सभामुख निर्वाचित भएका छन्। निर्वाचित हुँदा नहुँदै उनीमाथि पनि कस्तो भूमिका निर्वाह गर्लान् भन्ने संशय व्यक्त भएको छ।

किनकि अघिल्लोपटक आफू अनुकुल सभामुख नहुँदा महत्वपूर्ण राजनीतिक निर्णयमा संसदबाट साथ नपाएको गुनासो ओलीले गर्दै आएका छन्। यसपटक आफ्ना विश्वास पात्र घिमिरेलाई सभामुख बनाएर जे चाह्यो त्यही गराउन खोजेको आरोप ओलीमाथि छ।

संसदीय अभ्यासमा रहेका र अनुभवीलाई पन्छाएर २५ वर्षपछि संसद फर्किएका र आफ्ना विश्वास पात्र घिमिरेलाई ओलीले अघि सार्नुले उक्त कुरालाई धेरै हदसम्म पुष्टि पनि गर्छ।

तर सभामुखमा निर्वाचित भइसकेपछि देवराजले निष्पक्षता र तटस्थातको प्रतिक मानिने सभामुखको जिम्मेवारी निर्वाह गर्छन् कि दलीय छायाँ बन्छन् भन्ने प्रश्न उठ्नु स्वभाविक हो।

निर्वाचित भइसकेपछि बिहीबार संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरुले घिमिरेलाई त्यही प्रश्न गरे। उनले आफूले व्यवहारबाट निष्पक्षता र तटस्थता कायम गर्ने प्रतिबद्धता सार्वजनिक रुपमा गरेका छन्।

सभामुख घिमिरेले भने, ‘प्रतिनिधिसभाको प्रतिनिधित्व ठीक ढंगले गर्नेछु। निष्पक्षता र तटस्थता तपाईंहरुले मेरो व्यवहारबाट देख्नु हुनेछ। विगतबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाउन लाग्नेछु।’

दलीय छायाबाट मुक्त रहनुहुन्छ? भन्ने प्रश्न अलि घुमाउरो जवाफ दिँदै उनले भनेका छन्, ‘दल दलका आफ्ना आफ्ना कुरा हुन्छन्। ती कुराहरुलाई छलफल गरेपछि निष्कर्ष निष्कन्छ।’

शुक्रबार शपथ ग्रहण गरेपछि उनले प्रतिनिधिसभाको प्रमुखको हैसियतमा काम गर्न पाउनेछन्। सभामुखका रुपमा घिमिरेले सार्वजनिक रुपमा भने झै गर्छन् कि अघिल्ला सभामुख सापकोटाले जस्तै आदेश पालकको आरोप खेपेर बाहिरिन्छन्, त्यो उनकै व्यवहारले पुष्टि गर्नेछ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

नख्खु कारागारबाट फरार भएका एक व्यक्ति पक्राउ

१७ मिनेट अगाडि

सहकारी समस्या सरकारले फास्ट ट्रयाकमा हल गर्ने प्रक्रिया अगाडि बढायाे

२५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमा रामलीला मन्दिर भत्काउने प्रयासप्रति आपत्ति

विभिन्न स्थानमा हिमपातको जोखिम

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक