काठमाडौं। नेपाल प्रहरीका तीन जना एसएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी वसन्त रजौरे सरुवा भएका छन् । यसअघि उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।
यसैगरी परिसरमा कार्यरत प्रमुख भूपेन्द्र खत्रीको प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा सरुवा भएको छ । त्यसैगरी उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी रानुराम भट्टराईको सरुवा भएको छ । यसअघि अपराध अनुसन्धान कार्यालयमा सोमेन्द्र सिंह राठौर रहेका थिए । तालिम केन्द्र विराटनरगमा एसएसपी अभिनारायण काफ्लेको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


