बिहि, बैशाख १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आजबाट साताव्यापी रुपमा “ट्राफिक सचेतना विशेष अभियान २०८१” सुरु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
आजबाट साताव्यापी रुपमा “ट्राफिक सचेतना विशेष अभियान २०८१” सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक प्रहरीले साताव्यापी रुपमा “ट्राफिक सचेतना विशेष अभियान २०८१” आजबाट सुरु गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको उक्त कार्यक्रमको माननीय उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले काठमाडौंको प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभागृहमा पानसमा दीप प्रज्वलन गरि औपचारिक उद्घाटन गर्नु भएको हो । कार्यक्रमको सुरुवाती क्रममा गृहमन्त्री लामिछाने समेतको उपस्थितिमा  आज विहान नेपाल वायु सेवा निगम (NAC) अगाडीबाट शुरु भएको प्रभातफेरी   वीर अस्पताल, पुरानो बसपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्नु हुँदै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले कार्यक्रमको औचित्य माथी प्रकास पार्नु हुँदै दुर्घटना न्युनिकरण गर्न  र ट्राफिक जनचेतना अभिवृद्धिका लागि शुरु गरिएको यस कार्यक्रमलाई सफल पार्न आ-आफ्नो क्षेत्रबाट सहयोग तथा हाम्रो सडक मेरो सवारी, ट्राफिक नियम पालना पनि मेरो जिम्मेवारी भन्ने नारा सहित ८ ओटा ट्राफिक प्रतिवद्धता पालना गर्न सबैमा आग्रह समेत गर्नु भयो ।

कार्यक्रमको  सफलताको शुभकामना दिनु हुँदै प्रमुख अतिथी माननीय उपप्रधान एवम् गृहमन्त्री  रवि लामिछानेले सवारी तथा यातायात व्यबस्था ऐन २०४९ लाई समय सापेक्ष रुपमा परिवर्तन गर्नुका साथै ऐनमा देखिएका समस्यालाई समाधान गर्न आफू प्रतिवद्ध रहेको जनाउनुभयो  । मन्तव्यकै क्रममा माननीय उपप्रधान एवम् गृहमन्त्री  लामिछानेले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई नरम बोलीमा कारबाही भने कडा गर्न र आफ्नो काम कर्तव्य तथा जिम्मेवारीलाई निष्ठापूर्वक निर्वाह गर्न सडकमा खटिने ट्राफिक प्रहरीहरुलाई निर्देशन समेत दिनु भयो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले ट्राफिक व्यवस्थापन सुधारका लागि आ-आफ्नो क्षेत्रबाट गरेको सहयोगका लागि सम्बन्धित सबैलाई धन्यवाद दिनु भयो । एक हप्तासम्म निरन्तर चल्ने यस कार्यक्रममा आरक्षण सिट कार्यान्वयन, भाडादर सूची चेकजाँच, यात्रुमैत्री व्यवहार भए – नभएको अनुगमन, पैदलयात्रीसँग १ मिनेट कार्यक्रम, मोटरसाइकल चालकसँग २ मिनेट कार्यक्रम, Zero Traffic Violation, Keep Clear, यात्रुवहाक सवारी साधन परिक्षण र Police Band Display गर्नुका साथै मेट्रो ट्राफिक एफ.एम.बाट ट्राफिक सचेतना विशेष संवाद कार्यक्रम गरेर मनाइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिनु भएको छ ।

दिनहुँ हुने ट्राफिक नियम उल्लङ्घन, सडकको अवस्था, सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक  नियमको पर्याप्त ज्ञानको अभाव पनि सवारी दुर्घटनाका कारण बनेकाले सडक सुरक्षा  तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि यस कार्यक्रमको आयोजना गरिएको समेत प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले जनाउनु भयो ।

कार्यक्रममा  गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर, काठमाडौं महानगरपालिकाकी उप-प्रमुख सुनिता डंगोल, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृत तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीज्यूहरु,  विभिन्न यातायात व्यवसायी संघसंस्थामा आवद्ध प्रतिनिधिहरू, हिसान, प्याव्सन तथा एन प्याव्सनका अध्यक्ष तथा प्रतिनिधिहरु र बिभिन्न सञ्चार गृहमा आबद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो । यस कार्यक्रमको मेट्रो ट्राफिक एफ एम ९५.५ मेगाहर्ज र ट्राफिक प्रहरीको आधिकारिक फेसबुकबाट पनि प्रत्यक्ष प्रसारण गरिएको थियो ।

यो पनि पढ्नुहोस्

ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

७ घण्टा अगाडि
जेनजी आन्दोलनका ७ शवको पहिचान अझै खुलेन

जेनजी आन्दोलनका ७ शवको पहिचान अझै खुलेन

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मन्त्रिपरिषदकाे बैठकका निर्णयहरू

जेनजी आन्दोलन घटनाका कारबाही गर्न ‘छिट्टै’ सिफारिस गर्ने

‘नाच रे पतरकी’ मा सदाम र रेविकाको ठुम्का

गृहमन्त्री गुरुङले जारी गरे स्पष्टीकरण

चुरे संरक्षणलाई मधेश सरकारले प्राथमिकतामा राख्नुपर्छ : नेता मिश्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक