सोम, भदौ २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

सत्ता समीकरणलाई उपचुनावको झड्का

एउटा सांसद पदको लागि नमिल्नेहरु समाजवाद लागू गर्ने सवालमा मिलेर जालान् ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सत्ता समीकरणलाई उपचुनावको झड्का
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / केन्द्रमा नयाँ समीकरण गरेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायत कम्युनिष्ट पार्टीहरुबीच आगामी वैशाखमा हुने उपचुनावमा भने सहकार्य नहुने देखिएको छ । यी दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दिने तयारी गरेपछि वामपन्थी दलहरुको सहकार्यले बढाएको उत्साह पनि सेलाएको छ । गत फागुन २१ मा नयाँ सत्ता समीकरण बनाएपछि वामपन्थी दलबीच महत्वपूर्ण विषयमा ध्रुवीकरणको आशा गरिएको थियो । तर, एक सांसदका लागि हुने उपचुनावमा पनि सहकार्य गर्न नसक्दा आगामी दिनमा सरकार सञ्चालन, चुनाव, विकास निर्माण, समाजवादको लक्ष्य प्राप्तिमा पनि वामपन्थी दलबीच सहकार्यमा आशंका बढेको छ ।

प्रतिनिधिसभा अन्तर्गत इलाम–२, प्रदेशसभातर्फ बझाङ–१ (१) मा आगामी वैशाख १५ मा उपनिर्वाचन हुँदै छ । इलाममा अहिलेसम्म चार जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ । २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा सो क्षेत्रबाट विजयी भएका सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । एमालेले उम्मेदवार बनाएको नेम्वाङ उनै सुवासचन्द्र नेम्वाङका छोरा हुन् ।

यस्तै प्रदेशको नाम पहिचानसहित हुनुपर्ने माग राख्दै आन्दोलनरत पहिचानवादीहरूको तर्फबाट डकेन्द्रसिं थेगिम उम्मेदवार बन्ने निश्चित भइसकेका छन् । सोही निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पत्रकार मिलन लिम्बूले पनि जनताको घरदैलो अभियान सुरु गरिसकेका छन् । लिम्बूलाई रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गर्ने सम्भावना छ । कांग्रेसमा भने ६ जना उम्मेदवारको आकांक्षी छन् । कांग्रेसले महाधिवेशन प्रतिनिधि भेषराज आचार्य, पूर्वसांसद केशव थापा, जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईमध्ये एकलाई उम्मेदवार बनाउने सम्भावना छ ।

माओवादी केन्द्र कोशी प्रदेश समितिले चार जनाको नाम सिफारिस गरेको छ । धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरिएको हो । माओवादीको जिल्ला समिति इलामको सिफारिसका आधारमा प्रदेश समितिले चार जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ । नेकपा एकीकृत समाजवादीले भने अहिलेसम्म आफ्नो उम्मेदवार उठाउने वा अन्य दलको उम्मेदवारलाई समर्थन गर्ने भन्नेबारे टुंगो लगाएको छैन ।

तर, यो उपनिर्वाचनमा मात्र होइन, सत्ता भागबण्डामा पनि कम्युनिष्ट दलहरुबीचको छलफल सन्तोषजनक छैन । केन्द्रमा मन्त्रालयको भागबण्डा मिलिसके पनि प्रधानमन्त्रीको आलोपालो, राष्ट्रिय सभाको उपाध्यक्षलगायत विषयमा गठबन्धनमा सहमति हुन बाँकी नै छ । अर्कोतर्फ प्रदेश सरकारका बारेमा गठबन्धनमा छलफल भए पनि सहमति भइसकेको छैन । धेरै प्रदेशमा एमाले र माओवादीबीच आलोपालो सरकार बनाउने सहमति छ । तर, केहीमा नेकपा एसको पनि दाबी छ ।

सत्ता गठबन्धनभित्र प्रदेश सरकारको नेतृत्वबारे छलफल बाक्लिन थालेको छ । केही दिनयता सत्ता गठबन्धनका नेताहरू प्रदेश सरकारको भागबण्डाका विषयमा निरन्तर छलफलमा जुटेका हुन् । छलफलअनुसार गठबन्धनमा प्रदेश सरकारको नेतृत्वबारे कर्णालीबाहेक अन्य सबै प्रदेशमा मोटामोटी भागबण्डा टुंगिएको नेताहरूको भनाइ छ । तर कर्णालीमा भने नेकपा माओवादी केन्द्र र नेकपा एमालेको बीचमा जबरजस्त दाबी देखिएपनि निष्कर्ष निस्किन सकेको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीभित्रकै नेताहरूले कर्णालीको नेतृत्व नछाड्न दबाब दिएका छन् । पार्टीको सबैभन्दा राम्रो जनाधार भएका क्षेत्र भएकाले पार्टीले कर्णाली छाड्न नहुने सो क्षेत्रका नेताहरूको भनाइ छ । तर, एमालेले पनि आफ्नो दाबी गर्दै आएको सन्दर्भमा सहमति जुटाउन सकस परेको जनाइएको छ । एमालेले यामलाल कँडेललाई मुख्यमन्त्री बनाउन चाहेको छ भने माओवादीका केही नेताहरूले वर्तमान सरकारलाई नै निरन्तरता दिन चाहेका छन् ।

सत्ता घटक दलहरुबीच सहकार्य बलियो नभएमा सरकार नै अस्थिर बन्ने सम्भावना छ । यस्तै, नयाँ गठबन्धनले ल्याएको न्यूनतम प्राथमिकता र साझा संकल्प पनि अलपत्र पर्नसक्ने जोखिम छ । नीति तथा कार्यक्रममा संविधानको मर्म र भावनाविपरीत राज्यसञ्चालनमा देखिएका विचलन रोकी संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहीनता एवं व्यावसायिक निराशालाई चिर्दै जनतामा राज्यप्रति आशा र भरोसा पैदा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सरकारले आर्थिक शिथिलता अन्त्य गर्ने, वित्तीय संस्थालाई विसंगति मुक्त बनाउने, सार्वजनिक संरचना सुधार गर्ने, छरितो सेवा प्रवाहसँगै सुशासन कायम गर्ने, काम–रोजगारी–उद्यमशीलता र स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई व्यवस्थित गर्ने, भौतिक पूर्वाधार विकास र अन्तर–निकाय समन्वयलाई प्रभावकारी तुल्याउने, ऊर्जा विकास एवं सूचना र सञ्चार नीतिगत व्यवस्था गर्ने विषय न्यूनतम कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी भूमि व्यवस्था, वन–वातारण, जलवायु अनुकूलन र विपत् व्यवस्थापन, युवा र खेलकुद, पर्यटन, संस्कृति तथा सामाजिक सद्भाव, महिला सहभागिता, सशक्तीकरण र सामाजिक समावेशीता, सङ्क्रमणकालीन न्याय र दिगो शान्ति र राष्ट्रिय हितको रक्षा र स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीतिलगायत विषय समेटिएको छ । यसका लागि सत्तारुढ दलहरुबीच बलियो सहकार्य आवश्यक देखिन्छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

१७ घण्टा अगाडि
प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान

प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

शिक्षामंत्री लखेटिएको घटना के हो ?

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक