सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गोरखा भूतपूर्व सैनिकहरूको माग सम्बोधन गर्न मन्त्री स्तरीय वार्ता सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
गोरखा भूतपूर्व सैनिकहरूको माग सम्बोधन गर्न  मन्त्री स्तरीय वार्ता सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लन्डन । गोरखा भूतपूर्व सैनिकहरूको माग सम्बोधनका विषयमा नेपाल तथा संयुक्त अधिराज्य(बेलायत) सरकारबिच लन्डनमा बुधवार मन्त्री स्तरीय वार्ता सम्पन्न भएको छ ।  भूतपूर्व गोरखाका मागका विषयमा गठित द्विपक्षीय समितिको बेलायतको रक्षा मन्त्रालयमा सम्पन्न  चौथो बैठक पेन्सनका विषयमा केन्द्रित भएको लन्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

बैठकमा यसअघि भएका द्विपक्षीय समितिका बैठक तथा प्राविधिक तहमा भएको छलफलको समीक्षा गर्दै पेन्सनका विषयमा विस्तृत छलफल भएको दूतावासकी उपनियोग प्रमुख रोशन खनालले जानकारी दिनु भयो । नेपालको तर्फबाट नेतृत्व गर्नु भएका बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द आचार्यले भूपू गोर्खाहरूको मुख्य  समान पेन्सनको मागलाई पुष्टि गर्ने विभिन्न  प्रमाणहरू पेस गर्दै बेलायती सरकारले यसअघि पनि गोर्खाको हितका लागि विभिन्न समयमा गरेका सकारात्मक निर्णयलाई समेत आधार मान्नु पर्नेमा जोड दिनु भएको थियो । उहाँले नेपाल र बेलायतबबीच रहेको ऐतिहासिक सम्बन्धलाई दृष्टिगत गर्दै यसको आधा स्तम्भको रूपमा रहेका भूपू गोर्खाका बाँकी मागहरू मुख्यतया पेन्सनका विषयमा दीर्घकालीन समाधानका लागि अनुरोध गर्नुभएको थियो।

बैठकमा परराष्ट्र मन्त्रालयका युरोप अमेरिका महाशाखा प्रमुख गणेश पसाद ढकालले भूपू गोर्खाको माग सम्बोधनको विषयलाई नेपाल सरकारले उच्च प्राथमिकताका साथ हेरिरहेको बताउनु भयो ।

भूपू गोर्खाहरूको तर्फबाट सहभागी मेजर जुद्धबहादुर गुरुङ, मेजर टिश्केन्द्र दल देवान, कृष्ण बहादुर राई,  धर्मबहादुर तामाङ,  केशबहादुर गुरुङ तथा  ज्ञानराज राईले समान पेन्सनका विषयमा विभिन्न उदाहरणहरू सहित आफ्ना तर्कहरू राख्नु भएको थियो ।

बेलायती पक्षको नेतृत्व गर्नु भएका बेलायतका रक्षा राज्यमन्त्री एन्ड्रिउ मुरिसनले नेपाल र बेलायतबिचको ऐतिहासिक एवम् घनिष्ठ सम्बन्धको बारेमा उल्लेख गर्दै भूपू गोर्खाहरूले बेलायती सेनामा पुर्‍याएको योगदानको कदर गर्ने कुरा व्यक्त गर्नुभएको थियो। उहाँले पेन्सनको विषयमा यथोचित समाधानका लागि गर्न सकिने सम्भावना बारे प्रस्ताव गर्न र त्यस विषयमा आगामी बैठकमा छलफल गर्न तयार रहेको जानकारी गराउनु भयो।

वार्तामा सहभागी गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) का उपसभापति धर्मबहादुर तामाङले वार्ता  पेन्सनमा केन्द्रित रहेको बताउँदै  जानकारी दिनु भयो । वार्तामा नेपाल सरकारको तर्फबाट राजदूत  आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव ढकाल, उपनियोग प्रमुख खनाल, सैनिक सहचारी अनुप शाह, गोरखाहरूका तर्फबाट मेजर  गुरुङ,मेजर देवान, गेसोका उपसभापति तामाङलगायत सहभागी हुनु हुन्थ्यो ।

यो पनि पढ्नुहोस्

कृष्णनगरमा मनाइयो धूमधामका साथ सांस्कृतिक एकताको पर्व छठ

कृष्णनगरमा मनाइयो धूमधामका साथ सांस्कृतिक एकताको पर्व छठ

७ घण्टा अगाडि
पहुँचविहीन नागरिकहरूका बलियो भरोसाको केन्द्रका रुपमा धमला स्थापित

पहुँचविहीन नागरिकहरूका बलियो भरोसाको केन्द्रका रुपमा धमला स्थापित

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाका २० नेता आज चीन प्रस्थान

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

सुनको भाउ घट्याे

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक