आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नयाँ पार्टीहरुबारे शंकर पोखरेलको भनाई

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नयाँ पार्टीहरुबारे शंकर पोखरेलको भनाई
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुराना दलका कारण नेपाल बनेन भनेर भाष्य खडा गर्न खोजिएकोमा आपत्ति जनाएका छन्। ‘दुनियाँका विकसित मुलुकहरुमा के नयाँ पार्टीहरुले विकासको नेतृत्व गरेका हुन्?’ उनको प्रश्न छ।

शनिबारदेखि सुरु नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशन उद्घाटनमा पोखरेलले अमेरिकामा सयौं वर्षदेखि नेतृत्व गरिरहेका पुराना पार्टीले नै जनताको आकंक्षा पूरा गरिरहेको दाबी पेश गरे। ‘नयाँ नीतिको पैरवी पनि पुरानै पार्टीबाट हुने गरेको छ’, उनको भनाइ थियो।

नेपालमा पुराना पार्टी भएन अब नयाँ पार्टी भनेर हल्ला चलाउनुको उद्देश्य नेपाललाई स्थायित्वतर्फ जान नदिने षडयन्त्र भएको उनको आरोप छ।

अस्थिरतामा रुमल्लाइरहन चाहने प्रवृत्तिको सिर्जना नेपालको विकासमा बाधा भएको महासचिव पोखरेलले ठोकुवा गरे। ‘नेपालमा स्थायित्व ल्याउन हामीले भन्न सक्नुपर्दछ, अब धेरै राजनीतिक दलहरु होइन, बलियाँ दलहरुको खाँचो छ’, उनले थपे, ‘नेपाललाई नयाँ नयाँ प्रयोगशाला बनाउने होइन। नेपालको राजनीतिक आन्दोलनमा जनताको परिर्वतनको आकंक्षालाई लगातार नेतृत्व गर्दै आइरहेका दलहरुलाई नै बलियो शक्ति बनाउने कुरामा हामी अगाडि बढ्नुपर्दछ।’

जतिबेला मुलुकमा बलियो शक्ति आवश्यकता हुन्छ, त्यतिबेला जनमत विभाजित भइरहेको महासचिव पोखरेलले सुनाए। ‘नयाँ–नयाँ शक्तिको नाममा, स्वतन्त्रको नाममा, केका नाममा। अनेक नाममा जनमतलाई विभाजित गर्ने’, उनले भने, ‘पार्टीहरुलाई बलियो बनाउने ठाममा पार्टीलाई विभाजित गर्न खोज्ने प्रवृत्ति के राष्ट्रका लागि सहयोगी हुन सक्दछ?’ जनताले जसलाई सबैभन्दा धेरै मनपराएका छन्, उसैलाई शासन गर्न नपाउँदा निराशा छाइरहेको उनले बताए।

जनताको चिन्ताले नयाँ गठबन्धन बनाएर अगाडि बढेको महासचिव पोखरेले उल्लेख गरे। उनले माओवादीसँगै नेपाली कांग्रेससँग पनि सहकार्यको प्रस्ताव राखेको खुलाए। कांग्रेसले नमान्दा माओवादीसँग सहकार्य भएको बताए। तत्कालै समाजवादी मोर्चामा सहभागी नहुने महासचिव पोेखरेलले स्पष्ट पारे।

यो पनि पढ्नुहोस्

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

६ घण्टा अगाडि
भ्रष्टाचारविरोधी नागरिकहरुको पहलमा २५ लाख बराबरको पत्रकारिता पुरस्कार स्थापना

अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाका २० नेता आज चीन प्रस्थान

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

सुनको भाउ घट्याे

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक