शुक्र, अशोज ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तिलौराकोटस्थित पूर्वी विहार क्षेत्रमा छ्योरतेन भेटियो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
तिलौराकोटस्थित पूर्वी विहार क्षेत्रमा छ्योरतेन भेटियो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु।प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोटस्थित पूर्वी विहार क्षेत्र उत्खनन गर्दा छ्योरतेन भेटिएको छ । यस वर्ष पनि पूर्वी विहार क्षेत्र र दरबार क्षेत्रभित्र रहेको केन्द्रीय संरचना परिसर थप अनुसन्धानका लागि उत्खनन गरिएको हो ।

लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीका अनुसार तिलौराकोटस्थित पूर्वी विहार क्षेत्र उत्खनन गर्दा छ्योरतेन भेटिएको हो । उहाँले गत वर्षको उत्खननमा प्राप्त स्तूप, त्यसमाथि पोस्टहोल, टायल र गजुर भेटिएको हुनाले नेपालको उत्तरी भागमा यस्ता छ्योरतेन देख्न सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “बुद्ध धर्मको प्रचार प्रसारका क्रममा यहाँका छ्योरतेन देखेर हिमाली क्षेत्रमा पनि हुबहु निर्माण भएको विश्वास गरिएको छ ।”

पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत भाष्कर ज्ञवालीका अनुसार उत्खननबाट भेटिएको संरचना कहिले बन्यो भने यकिन गर्नका लागि रेडियो कार्बन नाप गरेर मिति निर्धारण गरिने र त्यसको लागि माटोको नमुना प्रयोगशालामा पठाइएको बताउनुभयो ।

हिनयान र महायानमा पूजाआजा गर्न स्तूप निर्माण गरेसरह हिमाली बौद्धमार्गीले पूजाआजाका लागि छ्योरतेन निर्माण गर्ने गर्छन् । बौद्ध धर्मका जानकारका अनुसार सामान्य बोलीचालीको भाषामा यिनलाई माने भन्ने गरिए पनि तिब्बती भाषामा छ्योरतेन भन्ने गरिन्छ ।  नेपालको हिमाली क्षेत्रमा बौद्धमार्गीले छ्योरतेन यत्रतत्र निर्माण गर्ने गरेका छन् । पूर्वी विहार क्षेत्रको उत्खननबाट माटाका भाँडाका टुक्राहरू, कोइला, हाड, टायल, तामाका सिक्का भेटिएका छन् । नेपाल सरकारको तर्फबाट तिलौराकोटलाई सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम मनोनयन दस्ताबेज युनेस्को विश्व सम्पदा केन्द्रमा पेस गरिएको छ । युनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्त्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो । -नारद कोहार /गोरखापत्र 

यो पनि पढ्नुहोस्

विकास संकटबारे विश्व समुदायको ध्यानाकर्षण

विकास संकटबारे विश्व समुदायको ध्यानाकर्षण

४३ मिनेट अगाडि
प्रमद्वारा हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव

प्रमद्वारा हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुक्तिनाथ बैंक र केजीएच ग्रुप अफ रिसोर्टबीच सम्झौता

पोखराका विद्यालयहरूमा दुई दिन स्थानीय बिदा

नेपालले २०औं एसियाली खेलकुदमा पहिलो पदक जित्याे

प्रतिनिधि सभा बैठकमा समूहगत उपस्थिति तालिका निर्धारण

संविधान संशोधनमा जनसहभागिताको प्रश्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक