शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

संसदीय व्यवस्था असफल भएको प्रमाण अरु के चाहियो ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
–निमकान्त पाण्डे
सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट असाधारण रुपमा विश्वासको मत प्राप्त गर्दै गर्दा यही व्यवस्था नै असफल हुँदै गएका संकेतहरु देखिन थालेका छन् । डेढ दशकयता मुलुकमा लोकतन्त्र तथा गणतन्त्र स्थापना भए पनि राजनीतिक स्थायित्व र विकास प्राप्त हुन नसक्दा विस्तारै हामीले अहिले अपनाउँदै आएको संसदीय व्यवस्था नै असफल बनेको पुष्टि भएकै छ । मुलुकमा एकपछि अर्को सरकारहरु गठन हुने तथा आर्थिक रुपमा बिपन्न बिभेदमा परेको वर्गका लागि कुनै काम गर्न नसक्ने, सत्ताका लागि राजनीतिक दल र तिनका नेताबीच अस्वाभाविक गठबन्धन हुने जस्ता कारणले संसदीय व्यवस्था असफलताको दिशामा उन्मुख भएको हो ।
देशको अर्थव्यवस्थामा आएको ठूलो संकटले वर्तमान व्यवस्थाप्रति राजनीतिक दल र तिनका नेतृत्वले सोच्नुपर्ने बेला आएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारको आम्दानीभन्दा चालू खर्च २७ अर्बभन्दा बढी पुगिसकेको छ । चालू आर्थिक वर्षको पहिलो ५ महिनाको तथ्यांक हेर्दा राजस्व आम्दानीभन्दा कर्मचारी पाल्नलगायत सरकारका विभिन्न खर्च बढी हुने पाइएको हो । सरकारले विकास निर्माणका लागि विकास बजेट र आफ्नो प्रशासनिक कामका लागि चालु खर्च छुट्याउने गर्छ । यस्तै वैदेशिक ऋणको ब्याज तिर्न वित्तीय व्यवस्थापन बजेट पनि विनियोजन गर्ने गर्छ । तर, हाम्रा अधिकाशंजसो सरकारले १४–१५ खर्बको बजेटमा चालु खर्च ९–१० खर्बको हाराहारीमा छुट्याउँदै गर्दा विकास बजेट भने ३–४ खर्बमा खुम्चिने गर्छ । हाल नेपालले वार्षिक करिब ८ खर्बको हाराहारीमा राजस्व संकलन गर्दै आएको छ । यसरी हेर्दा हामीले उठाउने राजस्व भन्दा राज्य सञ्चालन खर्च नै निकै बढी छ । जब राज्य सञ्चालनमा नै आम्दानीभन्दा बढी खर्च हुन्छ भने त्यसले मुलुकको अधोगति निश्चित छ ।
महालेखाकै अनुसार सरकारले चालू आर्थिक वर्षको पहिलो ५ महिना (साउन–मंसिर) मा राजस्व संकलनभन्दा २७ अर्ब रुपैयाँ बढी तलब भत्ता र प्रशासनिक खर्च गरेको छ । जब कि यस अवधिमा सरकारले राखेको लक्ष्यभन्दा १ खर्ब ३७ अर्ब २३ करोड रुपैयाँ कम राजस्व संकलन भएको छ । यो वर्ष मंसिरसम्ममा ३ खर्ब २६ अर्ब ८९ करोड १ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो वार्षिक लक्ष्यको ३० प्रतिशत मात्रै हो । राजस्व संकलन घट्दा चालू खर्च भने बढेको छ । गत वर्षको यही अवधिको तुलनामा कर्मचारी पाल्न र प्रशासनिकतर्फ २७ अर्ब ३६ करोड ६८ लाख रुपैयाँ बढी खर्च भइसकेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ । कर्मचारीका लागि सरकारले चालू आवको साउनदेखि मंसिरसम्ममा गरेको खर्च ३ खर्ब ५४ अर्ब २५ करोड ६९ लाख रुपैयाँ पुगेको छ । यसरी खर्च बढिरहे सरकार आफै नै आफ्ना कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा पुग्ने निश्चित छ ।
मुलुकमा पछिल्लो समय राजस्व संकलन घटिरहेको छ भने चालु खर्च भने बढिरहेको छ । सरकारले विभिन्न वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा र घरजग्गा कारोबारमा पनि सुस्तता आउँदा त्यसको असर राजस्व संकलनमा पुगेको छ । हरेक वस्तु आयातमा भर पनि हामी निर्यातमा भने निकै कमजोर छौं । विदेशबाट प्राप्त हुने रेमिट्यान्सभन्दा धेरै रकम विभिन्न वस्तु आयातमा नै खर्च गरिरहेका छौं । तर, आन्तरिक उत्पादन बढाउन र कृषिजन्य वस्तु लगायतमा आत्मनिर्भर बन्ने दिशामा काम गर्न भने असफल हुँदै आएको छ । अर्कोतर्फ नेपालको चालु खर्च भने बढ्दै आएको छ । यसको कारण हो, संघीय व्यवस्थाका कारण प्रदेश सरकार लगायत संरचना तयार हुनु । सरकारी निकाय, कर्मचारीको संख्या वृद्धि हुनु । नेताहरुले आफ्ना कार्यकर्तालाई व्यवस्था गर्नका लागि विभिन्न आयोगहरुको गठन, विभिन सरकारी निकायहरु खोल्नु यसको मुख्य कारण हो । यस्तै अनावश्यक रुपमा करारमा कर्मचारी भर्ती गर्ने रोग त पुरानो नै छ ।
रोजगारी सृजना नराम्रो कुरा नभए पनि त्यो जनशक्ति कत्तिको उत्पादनशील क्षेत्रमा कार्यरत छ भन्ने मुख्य कुरा हो । नेपालमा पछिल्लो समय उद्योग कलकारखाना खोल्ने र ठूलो रोजगारी सृजना हुने भन्ने उदाहरण कमै छन् । विश्वस्तरीय उत्पादन र कारोबारका लागि प्रसिद्ध हुने खालका मात्र नभई दक्षिण एसियामा नै उदाहरणीय उद्योग तथा कलकारखाना कुनै पनि खुल्न सकेका छैनन् । जब कृषि, उद्योग र जलविद्युत् जस्ता आयोजनामा गर्व गर्न लायक काम हामीले गर्न सकेका छैनौं भने हाम्रो अर्थव्यवस्था मजबुत हुने र हाल अपनाएको संसदीय व्यवस्था सफल हुने परिकल्पना कसरी गर्न सक्छौं ।
संसदीय व्यवस्थामा आएको विचलन यसको असफलताको अर्को उदाहरण हो । हाल सबै राजनीतिक दलले सरकारलाई समर्थन गर्दा संसद प्रतिपक्षविहीन भएको छ । यो राष्ट्रिय एकताका लागि गरिएको भए सही मान्न सकिन्थ्यो । तर, सत्ताको जोडघटाउको दाउका लागि चालिएका यस्ता कदमले अन्ततः संसदीय व्यवस्था र मुलुकलाई दीर्घकालसम्म हानि गर्नेछ । आगे नेताहरुलाई चेतना भया ! जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

१४ घण्टा अगाडि
नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक