मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दिगो खाद्य सुरक्षा र उत्पादनलाई बढावा दिन कृषिमन्त्रीको जोड

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
दिगो खाद्य सुरक्षा र उत्पादनलाई बढावा दिन कृषिमन्त्रीको जोड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठनको श्रीलङ्कामा भएको ३७ औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनले दिगो खाद्य सुरक्षा तथा कृषि उत्पादनलाई बढावा दिन जोड दिएको छ ।

एसिया प्रशान्त क्षेत्रका मन्त्रीस्तरीय सम्मेलनले यस क्षेत्रको खाद्य तथा पोषण सुरक्षाको अवस्था, कृषि–खाद्य प्रणालीको अनुकुलित रुपान्तरण, कृषिमा लगानी प्रवर्धन, कृषिको आधुनिकीकरण तथा खाद्य वस्तुको उचित प्रयोग, पानीको उचित उपयोगका साथै क्षतिको न्यूनिकरण जस्ता विषयमा एकसाथ अघि बढ्नुपर्नेमा जोड दिएको छ ।

एसिया प्रशान्त क्षेत्रका नेपालसहित ४४ भन्दा बढी मुलुकका कृषिमन्त्री एवम् उच्चस्तरीय प्रतिनिधिको सहभागिता रहेको खाद्य तथा कृषि संगठनको नेपालस्थित कार्यालयले जनाएको छ। तीन दिनसम्म चलेको सम्मेलनले कृषि क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग साथै, साना राष्ट्रको कृषि तथा पर्यावरणको विद्यमान अवस्था र भावी कार्यदिशाका बारेमा गम्भीर छलफल भएको थियो ।

नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकामन्त्री डा. वेदुराम भुसालको नेतृत्वको प्रतिनिधिमण्डलको सहभागिता रह्यो । सम्मेलनमा नेपालको तर्फबाट खाद्य प्रणालीको उपयोग तथा लगानी प्रवर्धनका सम्भावना र अवसरका बारेमा राष्ट्रिय अवधारणा प्रस्तुत गरिएको थियो । साथै नेपालले आफ्नो सफलता, साझेदारी र चुनौतीका अनुभव सम्मेलनमा आदानप्रदान गरेको थियो ।

नेपालले एक विशेष बाली अन्तर्गत छनौट गरेको अलैँचीको अर्थतन्त्रमा योगदानका विषयमा सम्मेलनमा छलफल भयो । नेपाली अलैँचीको निर्यातले अर्थतन्त्रमा विशेष योगदान गरेको अवस्थामा त्यसको महत्त्व, उत्पादनको अवस्था, प्रशोधन प्रणाली तथा आन्तरिक तथा वाह्य बजारमा यसको पहुँचको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

सम्मेलकै क्रममा विश्वका साना विकासशील टापु राष्ट्र,  अति कम विकसित  राष्ट्रहरु तथा भू–परिवेशित राष्ट्रको मन्त्रीस्तरीय छुट्टै विशेष बैठक बस्यो । बैठकमा  विशेषगरी नेपाल जस्ता भू–परिवेशित राष्ट्रहरुले कृषि क्षेत्रमा अपनाएका प्रविधि, बजारीकरण तथा विश्व बजारको पहुँच लगायतका विषयमा नेपालले आफ्ना धारणा प्रस्तुत गर्यो । मन्त्री भुसालले नेपालको उद्घाटन सत्रमा सम्बोधन गर्नुभयो । एफएओले नेपालको कृषि विकासका लागि गरेको सहयोगको सराहना गर्दै नेपालको भौगोलिक विशेषतालाई मध्यनजर गर्दै पहाडी खेतीवाली प्रणालीलाई विशेष जोड दिनुपर्ने औँल्याउनुभयो ।

उहाँले  नेपाल सरकारले आगामी दशकलाई  कृषि लगानी दशकको रुपमा अगाडि बढाउन लागेको जानकारी गराउनुभयो । सम्मेलनमा नेपालको तर्फबाट कृषि क्षेत्र तथा खाद्य प्रणालीमा रुपान्तरणमा एफएओ तथा नेपालका साझेदारी रहेको कार्यक्रमको कार्यान्वयनका बारेमा पनि बहस भएको थियो । कृषि तथा खाद्य प्रणालीमा नेपालले अबलम्बन गरेको प्रयास तथा कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्दै लैजानुपर्ने आवश्यकता बारेमा विभिन्न सत्रमा चर्चा गरिएको थियो ।

सम्मेलनको साइड लाइन बैठकका रुपमा मन्त्री भुसाल र एफएओ इन्भेष्टमेन्ट सेन्टरका निर्देशक मोहम्मद मस्यौरीबिच भेटवार्ता भयो । भेटमा नेपालमा कृषि क्षेत्रमा लगानी बढाउन साझा रुपमा कार्यक्रम अगाडी बढ्ने तथा दुई पक्षीय सहकार्यमा समग्र कृषिको रुपान्तरण तथा विकासमा कार्यगत सहकार्य गरिने सहमति भएको छ ।चाँदनी हमाल गाेरखापत्र

यो पनि पढ्नुहोस्

सभापति रवि लामिछानेले आगामी जेठ १८ गतेदेखि भारतको भ्रमणमा जाने

सभापति रवि लामिछानेले आगामी जेठ १८ गतेदेखि भारतको भ्रमणमा जाने

३ मिनेट अगाडि
‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

मुद्राको विनिमयदर सार्वजनिक

क्यान महासंघमा नेतृत्व परिवर्तन

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक