शनि, कार्तिक २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनआरएनएको कार्यालयमा तालाबन्दी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
एनआरएनएको कार्यालयमा  तालाबन्दी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा पक्षधरले बिहीबार सङ्घको बालुवाटारस्थित कार्यालयमा  तालाबन्दी गरेको छ । ११ औँ महाधिवेशनपछि  संघमा जारी विवादका बिच बिहीबार शर्माको नेतृत्वमा बन्द रहेको कार्यालयबाहिर बैठक गरेर पछि ताला लगाइएको हो ।

बद्री केसी पक्षले सञ्चालन गर्दै आएको कार्यालयमा शर्मा पक्षले बैठक बोलाएको खबरपछि  बिहीबार कर्मचारीलाई बिदा कार्यालय बन्द गरिएको थियो । सो कार्यालयमा दुवै पक्षले दाबी गर्दै आएपनि शर्मा पक्षलाई अवरोध हुँदै आएको छ ।

साथै सो अवसरमा पत्रकार सम्मेलनमा उपस्थित अभियन्ताहरूले केसीले विश्वका लाखौँ गैर आवासीय नेपालीबाट उठाइएको रकमबाट खरिद गरिएको कार्यालयमा मनपरी गरेको भन्दै आक्रोश पोखेका थिए ।

उसो त ललिता निवास जग्गा प्रकरणमा सङ्घको भवन पनि परेको छ । यसबारे विशेष अदालतले एनआरएनएको भवनसमेत सरकारीकरण हुने फैसलापछि बुधवार काठमाडौँ महानगरपालिकाले सात दिनभित्र घर खाली गर्न सूचना जारी गरेको थियो ।

बिहीबारको पत्रकार सम्मेलनमा शर्मा पक्षले लिजमा लिएर भवन उपभोग गर्न पाउने कानुनी प्रावधान अनुसार उपभोग गर्न पाउनुपर्ने माग गर्दै परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र नेपाल सरकारलाई अनुरोध गर्ने जनाएको छ ।

यसैबिच हाल कायम गैर आवासीय नेपाली ऐनले अबको अवस्थामा कार्य गर्न नसक्ने निष्कर्ष सो पक्षले निकालेको छ । बैठकले  ऐन संशोधनका लागि नयाँ मस्यौदा तयार गरी सकेसम्म छिटो तथा व्यवस्थित गर्न आवश्यक रहेको निष्कर्ष निकालेको अध्यक्ष शर्माले बताए ।

ऐन संशोधन गर्दा गैर आवासीय नागरिकता प्राप्त भएपछि भिसा लिनु नपर्ने गरी सहज प्रावधान गर्नुपर्ने, नेपालमा लगानी गर्दा विदेशी लगानी भित्र नपारी गैर आवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिहरूको लागि छुट्टै लगानी गर्ने अवस्था र वातावरण बनाउनुपर्ने सरकारको ध्यानाकर्षण गराइएको छ ।

यसै गरी गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले पाउने सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारहरूको उपभोग गर्दा के के सुविधा र सहुलियत प्राप्त हुने र केके गर्न पाउने नपाउने भन्नेबारे स्पष्ट गर्नुपर्ने सुझाव दिइएको छ । यसै गरी आर्थिक अधिकार प्राप्त हुने व्यवस्था बमोजिम अब उप्रान्त गैर आवासीय नेपालीले के कसरी घरजग्गा, गाडी लगायत अन्य सम्पत्तिमा लगानी गर्न तथा सोबाट फाइदा हासिल गर्न सक्छ, सोको आवश्यक कानुनी व्यवस्था गर्नुपर्नेलगायत सुझाव पनि दिइएको छ ।

यो पनि पढ्नुहोस्

छठको व्रत विधि आजदेखि सुरु

छठको व्रत विधि आजदेखि सुरु

१२ घण्टा अगाडि
पाँच लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन गर्ने नेपालको लक्ष्य

पाँच लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन गर्ने नेपालको लक्ष्य

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रचण्ड रसिया प्रस्थान

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

पश्चिमी वायुको आंशिक प्रभाव

एनपीएलमा आज दुईवटा रोमाञ्चक खेल हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक