आइत, अशोज २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

जीबी–रविको अपराध र सीआईबीको अनुसन्धान

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–प्रीति रमण

विपन्न वर्गले सानोतिनो रकम बचत गर्ने देशभरका सहकारीहरु अहिले समस्याग्रस्त अवस्थामा पुगेका छन् । ठूलो संख्याका नागरिकको बचत उठाएर यसको दुरुपयोग हुँदा अहिले हजारौं सर्वसाधारण पीडित भएका छन् । यी त्यस्ता नागरिक हुन्, जसको बचत रकम कतै औषधि खर्चमा, कतै सन्तानको शिक्षामा त कसैको दैनिक गुजारामा प्रयोग हुँदै आएको थियो । सहकारीमा रकम बचत गर्दै सानो घर बनाउने, व्यवसाय चलाउने वा सुन्दर भविष्यको कल्पना गर्ने यहाँ थुप्रै व्यक्ति छन् । उनीहरुको अहिले सपना खोसिएको छ । केही सहकारी सञ्चालकहरुको कारण सर्वसाधारण आफ्नो रकमका लागि पनि संघर्ष गर्नुपर्ने अवस्था आएको छ । सहकारी सञ्चालकको बद्मासीको एउटा उदाहरण हो, पोखरा, चितवन र बुटवलका जनताको बचत रकम प्रयोग गरेर ग्यालेक्सी टिभी खोलिनु ।

सञ्चालक गितेन्द्रबाबु (जीबी) राईले सहकारी बचतकर्ताको करोडौं रकम प्रयोग गरेर ग्यालेक्सी टिभी खोलेका थिए । यसमा उनको मुख्य साझेदार थिए, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने । टेलिभिजनमा रविको लोकप्रियताका कारण पनि यो नयाँ टिभी खोल्ने आधार बनेको थियो । तर, अहिले रवि राजनीतितर्फ लाग्दा ग्यालेक्सी डुबेको छ भने हजारौं जनताको करोडौं रकम पनि जोखिममा परेको छ । यसबारे पीडितले उजुरी गरेपछि राज्यले अहिले छानबिनको दायर अघि बढाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पोखरा पुगेर जीबी–रवि जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको अनुसन्धान अघि बढाएको हो । ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक समेत रहेका जीबी र उपप्रधान तथा गृहमन्त्री समेत भइसकेका तथा हाल बहालवाला सांसद रवि जोडिएको सहकारीको फाइलमाथि सीआईबीले अनुसन्धान अघि बढाएको हो । यो समूहका अर्का साझेदार नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीको शंखमूलस्थित घरमा माघ २४ मा छापा मारेर बरामद भएको चार वटा सर्भरमाथि गहन अनुसन्धान गर्नुपर्ने पनि देखिएको सीआईबीले जनाएको छ । बरामद सर्भरहरुमा पोखराको सूर्यदर्शन सहकारीको मात्रै नभएर चितवनको सहारा सहकारी, वीरगञ्जको सानोपाइला ऋण तथा सहकारी, बुटवलको सुप्रिम सहकारीको समेत कारोबारको विवरण देखिएको छ । सूर्यदर्शन सहकारीका पीडितहरुले पछिल्लो समय रवि लामिछाने सहित ३ जना र संस्था समेत गरी १८ जना विरुद्ध पुरक जाहेरी समेत दिएका छन् ।

यो सहकारीका भएको ठगी प्रकरणका मुख्य योजनाकार मानिएका जीबी राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको छ भने रेड नोटिसका लागि समेत पत्राचार भएको छ । प्रहरीका अनुसार यी सबै सर्भरहरु पहिले सम्बन्धित सहकारीकै कार्यालयमा थिए । तर प्रहरीले सहकारी विरुद्ध अनुसन्धान अघि बढाएपछि बरामद हुने डरले पूर्वडीआईजी जोशीको घरमा लगेर लुकाएका थिए । सहकारीको सम्पूर्ण कारोबार भएको सर्भर नै फाल्दा वा डिस्पोज गर्दा कर्जा दिएको तथा उठाउन बाँकी रकमको कारोबार समेत नष्ट हुने र रकम उठाउन नसकिने भएपछि उक्त सर्भर लुकाइएको खुलेको छ । पोखराको सूर्यदर्शन सहकारीको ठगी प्रकरणका मुख्य नाइके जीबीका साझेदार थिए पूर्वडीआईजी जोशी । उनीहरु दुवैको साझेदारमा ग्यालेक्सी फोर के टेलिभिजन समेत सञ्चालनमा आएको थियो ।

उनै जोशीको घरमा रहेको नेचर हबको कार्यालयमा सहकारी सम्पूर्ण सूचना भएको सफ्टवेयर लुकाएर राखिएको सूचना प्रहरीले छापा मारेर बरामद गरेको थियो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा अहिलेसम्म प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । १४ जना भने अझै फरार छन् । पक्राउ परेका पाँचै जना भने पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । सञ्चारमाध्यममा आएअनुसार पोखरा, चितवन र बुटवलका सर्वसाधारणले जम्मा गरेको ५२ करोड ४५ लाख रुपैयाँ ग्यालेक्सी टेलिभिजन चलाउने नाममा गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालकले अपचलन गरेका पाइएको छ । ग्यालेक्सीका अध्यक्ष जीबी हुन् भने सञ्चालकताका रवि प्रबन्ध निर्देशक बनेका थिए । जीबी अहिले फरार छन् । पोखराको सूर्यदर्शन सहकारीका १९ हजार बचतकर्ताको ३० करोड, साहारा चितवन सहकारीका ८ हजार बचतकर्ताको ११ करोड ७१ लाख र बुटवलको सुप्रिम सहकारीका ८ हजार बचतकर्ताको १० करोड ७४ लाख रुपैयाँ हिनामिना भएको अहिले सार्वजनिक भएको छ ।

यस्तै, सोही समूहले रकम हिनामिना गरेपछि काठमाडौंको स्वर्णलक्ष्मी, वीरगन्जको सानो पाइला र नेपालगन्जको समानता सहकारी बन्द भएका छन् । जीबी राई रवि लामिछानेका अभिन्न मित्र हुन्, साझेदार हुन् र रविकै लोकप्रियताको प्रभावबाट जीबी राईले जनताको विश्वास आर्जन गरेर सहकारीहरुमा रकमको थुप्रो लागेको हो । रविकै लोकप्रियताका कारण जीबीले ग्यालेक्सीमा लगानी गरेको पनि स्पष्ट छ । तर, सहकारीबाट निजी कम्पनीमा लगानी हुनु गैरकानुनी थियो भन्ने रविले हेक्का राख्न सकेनन् र त्यस्तो लगानी भएको टिभीमा आबद्ध भए ।

यदि उनको यसमा चलखेल थियो भने त सरकारले अनुसन्धानको कारबाहीको दायरामा ल्याउनुपर्छ । रवि स्वयंले त आफूलाई यसबारे जानकारी नै नभएको दाबी गरेका छन् । तर, उनले भनेजस्तै सहकारीको पीडितको रकम फिर्ता गर्न भने कडा रुपमा लाग्नु उनको कर्तव्य हो । उनी सांसद रहकै क्षेत्रका चितवनवासीको पनि सहकारीमा रकम डुबेको छ । त्यसलाई फिर्ता गर्न र सहकारी कोही पनि पीडित नहुने गरी कानुन निर्माणमा लाग्न उनको भूमिका महत्वपूर्ण हुनेछ ।

यो पनि पढ्नुहोस्

गगनमाथि कांग्रेसको अभिभारा

२ दिन अगाडि

राष्ट्रसंघको महासभामा जान लागेका प्रधानमन्त्री बालेनलाई सुझाव

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचौ यँलासी पीगं सीकेगु भजन संगीत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

गोरखाको चुमनुब्री क्षेत्रमा भएकाे क्षतिप्रति दुखः व्यक्त

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

ब्रह्मायणी मन्दिर परिसरमा भक्तजनको भीड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक