शुक्र, असार १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बेलहियाबाट पछिल्लो सात महिनामा पाँच अर्ब ६७ करोड बढिको नेपाली उत्पादन निर्यात

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
बेलहियाबाट पछिल्लो सात महिनामा पाँच अर्ब ६७ करोड बढिको नेपाली उत्पादन निर्यात
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भैरहवा । रुपन्देहीको भैरहवास्थित बेलहिया नाकाबाट सिमेन्टदेखि अदुवासम्म निर्यात हुने क्रम बढेको छ । अदुवा धेरै पहिलेदेखि निर्यात हुँदै आएपनि सिमेन्ट निर्यात हुन थालेको धेरै भएको छैन ।

पछिल्लो दुई वर्षयता सिमेन्ट निर्यात हुन थालेको हो । पछिल्लो समय रुपन्देही, नवलपरासी, कपिलवस्तु जिल्लामा रहेका उद्योगबाट उत्पादित सिमेन्ट निर्यात भइरहेको छ । यसबाहेक पाल्पा, प्युठान लगायतका जिल्लामा उत्पादित अदुवा यही भन्सार नाका हुँदै भारत लगायत तेस्रो मुलुक निर्यात भइरहेको छ ।

भैरहवा भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा पाँच अर्ब ६७ करोड ६८ लाख रुपियाँका नेपाली उत्पादन निर्यात भएका छन् । चालु वर्षको माघ महिनाको अवधिमा यो बेलहिया नाकाबाट सेन्थेटिक यार्न सबैभन्दा बढी निर्यात भएको तथ्याङ्कमा देखिन्छ । खैरो सिमेन्ट निर्यात दोस्रो नम्बरमा छ । विभिन्न वनस्पति उत्पादन, पिना, अदुवा, सुठो लगायतका जडीबुटी, तयारी चाउचाउ, पास्ता तथा चोकर भुससमेत यो नाकाबाट निर्यात हुने गरेको देखिएको छ ।

भन्सार कार्यालय भैरहवाबाट चालु आर्थिक वर्षमा एक अर्ब ७७ करोड ५३ लाखको सेन्थेटिक यार्न निर्यात भएको हो । यस्तै, सिमेन्ट ९१ करोड ३२ लाख रुपियाँ बराबरको, क्लिङ्कर ७५ करोड ३६ लाख बराबरको निर्यात भएको छ । केही वर्ष अघिसम्म भारतकै भर पर्नुपर्ने अवस्था रहेको सिमेन्ट तथा क्लिङ्कर पछिल्लो समय भारततर्फ निर्यात हुन थालेपछि लगानीकर्तालाई सन्तोष मिलेको छ ।

अर्घाखाँची, शुभश्री, जगदम्बा, पाल्पा तथा सर्वोत्तम सिमेन्टले आफ्ना उत्पादन भारततर्फ निर्यात गरिरहेका छन् । सिमेन्टको आन्तरिक खपत कम भइरहेकाबेला भारत निकासीमा देखिएको सुधारले उद्योगीमा थोरै भए पनि राहत महसुस भएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताउनुभयो । “नेपालमा निर्माण क्षेत्र ठप्प जस्तै छ, ठेकेदारले भुक्तानी नपाउँदा र बजेट खर्च न्यून हुँदा निर्माणको काम खासै हुन सकेको छैन, यस्तो बेला भारत निर्यातमा देखिएको सकारात्मक प्रभावले पक्कै पनि उद्योगीलाई केही खुसी दिएको छ”, उहाँले भन्नुभयो ।

नाकाबाट मोटरसाइकल, कार भ्यान, पेट्रोल, एलपी ग्यास, मोबाइल, मार्बल जस्ता वस्तु आयात भइरहेका छन् । भैरहवा भन्सारले सात महिनामा लक्ष्यको ३५.६३ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म यस कार्यालयले ४५ अर्ब ५४ करोड १९ लाख २५ हजार राजस्व सङ्कलन गरेको हो । कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा एक खर्ब २७ अर्ब तीन करोड ६६ लाख ७९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । लक्ष्य पूरा गर्न भन्सार कार्यालयले अबको पाँच महिनामा ८२ अर्ब २९ करोड ४७ लाख ५४ हजार राजस्व उठाउनु पर्ने छ ।

भन्सार कार्यालयले साउन महिनामा ६ अर्ब ४९ करोड पाँच लाख ३१ हजार, भदौमा ६ अर्ब ८६ करोड ५१ लाख ३३ हजार, असोजमा नौ अर्ब तीन करोड ८६ लाख ७३ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार कात्तिकमा चार अर्ब ४९ करोड चार लाख ३९ हजार, मङ्सिरमा ६ अर्ब ६ करोड तीन लाख ४४ हजार, पुसमा ६ अर्ब १९ करोड १७ लाख १३ हजार र माघ महिनामा ६ अर्ब ४० करोड ६ लाख ९२ हजार राजस्व सङ्कलन भएको छ । -गोरखापत्र अनलाइन 

यो पनि पढ्नुहोस्

जापानमा पहिरोको जोखिम बढ्याे

जापानमा पहिरोको जोखिम बढ्याे

२० मिनेट अगाडि
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य  निर्धारण

आज सुनको मूल्य बढ्याे

२६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ प्रतियोगिताको तयारी पूरा

जापानमा पहिरोको जोखिम बढ्याे

एलपिजीमा लगाइएको प्रतिबन्ध हट्याे

भेनेजुएलामा भूकम्पबाट ३२ जना को मृत्यु हुँदा ७०० घाइते

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक