बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पर्यटन प्रवर्धन गर्ने उद्देश्यले लुम्बिनीमा तेस्रो पटक अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
पर्यटन प्रवर्धन गर्ने उद्देश्यले लुम्बिनीमा तेस्रो पटक अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुने भएको छ । अन्तर्राष्ट्रिय स्तरमै बुद्ध जन्मस्थललाई थप प्रचारप्रसार गर्ने र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले लुम्बिनीमा तेस्रो पटक अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुन लागेको हो ।

अखिल नेपाल भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ (वाचन) हुने भएको हो । विकास कोषका अनुसार फागुन २०, २१ र २२ गते गरी तीन दिनसम्म त्रिपिटक पाठ हुनेछ । विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले भन्नुभयो, “यसपटकको त्रिपिटक पाठले लुम्बिनीमा विश्वकै ध्यान खिच्नेछ ।”

सदस्यसचिव शाक्यले बौद्ध दर्शनमा त्रिपिटकको विशिष्ट महत्व रहेकाले लुम्बिनीमा हुने यस कार्यक्रमले बुद्ध दर्शन र लुम्बिनीको प्रवर्धननमा टेवा पुर्‍याउने बताउनुभयो । “यसअघि आयोजना भएका तीनवटा त्रिपिटक वाचन भव्य रुपमा सफल भए, एक प्रकारले लुम्बिनीमा विश्वभरका बौद्ध धर्मावलम्बी र बौद्धमार्गीको ध्यान खिचेको थियो”, शाक्यले भन्नुभयो, “यसपटक पनि सयौंको सहभागितामा पाठ हुन लागेको हो ।”

गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवम् धर्मदेशनाको सङ्ग्रहित ग्रन्थ त्रिपिटक हो । अपिधम्म शुत्त पिटक, शुत्त पिटक र सम्राट अशोकको पालामा दोस्रो शताब्दी ईशापूर्वमा लेखिएको विनय पिटक गरी तीन ग्रन्थलाई मिलाइ बनाइएको ग्रन्थलाई नै त्रिपिटक भनिन्छ ।

अखिल नेपाल भिक्षु महासङ्घका सचिव भिक्षु निग्रोधले अन्तर्राष्ट्रिय समुदायलाई बौद्ध तीर्थस्थल, बौद्ध शिक्षा, साहित्य तथा दर्शन, त्रिपिटकको महत्वबारे जानकारी गराउनुका साथै धार्मिक पर्यटनको प्रचारप्रसारका लागि त्रिपिटक वाचन कार्यक्रम राखिएको बताउनुभयो ।

त्रिपिटक वाचनमा नेपाल, भारत, श्रीलङ्का, म्यान्मार, थाइल्याण्ड, कोरिया, जापानलगायत एसियाली देशका भिक्षु, धर्मगुरु, अनुयायीको सहभागिता रहनेछ । कार्यक्रममा बुद्ध वचनको सङ्ग्रह त्रिपिटक अन्तर्गतका विनय पिटक, सूत्र पिटक र अभिधर्म पिटकको वाचन हुनेछ । सूत्रपिटक अन्तर्गतको दीर्घनिकायको बह्रमजालसूत्र, अभिधर्म पिटक वाचन र विनयपिटक वाचन गरिनेछ । त्रिपिटक वाचनका क्रममा शान्ति पदयात्राको कार्यक्रम समेत राखिएको छ । सर्वसाधारणसमेत सहभागी हुनसक्ने गरी कार्यक्रम आयोजना गरिएको छ ।

त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो । हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले अवलम्बन गर्ने यो ग्रन्थमा बुद्धको उपदेश सङ्ग्रहित छ । यो ग्रन्थ पाली भाषामा लेखिएको भए पनि धार्मिक प्रभाव अनुसार विभिन्न भाषामा अनुवाद गरिएको छ ।

यो पनि पढ्नुहोस्

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

३ हप्ता अगाडि
विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

मन्त्रिपरिषद् विस्तार जारी

प्रतिनिधिसभा बैठक अहिले बस्दै

सम्पत्ति विवरण असार मसान्तसम्म बुझाउन सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक