आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बाक्लो हिमपात भएपछि  किसानहरु खुसी 

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
बाक्लो हिमपात भएपछि  किसानहरु खुसी 
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हुम्ला । सोमबार रातीबाट जिल्लामा हिमपात सुरु भएपछि किसानहरुलाई राहत पुग्ने भएको छ ।  कात्तिक महिनामा छरेको जेठासी बाली ( जौ, गहुँ र उवा ) उम्रेर पनि सुक्न थालेको समयमा बाक्लो हिमपात भएपछि  किसानहरु खुसी  भएका छन् ।

सिमकोट गाउँपालिका– ५ की किसान नन्दकली रावतले ढिलो गरी परेको हिमपात किसानका लागि सुन बराबर मुल्यवान भएको बताउनुभयो । उहाँले जेठासी बाली कतै नउम्रेको त कतै उम्रेर पनि खडेरीले सुक्न थालेको बेला  हिमपात भएपछि अब जेठासी बाली जोगिने बताउनुभयो । गत माघमा थोरै परेको हिउँले खासै फरक नपरेको बताउँदै रावतले बाक्लो हिमपात भएका कारण किसानका लागि बरदान सावित भएको बताउनुभयो ।

खार्पुनाथ गाउँपालिका– ४ का किसान बबरजङ्ग हमालले जेठासी बाली मात्र नभएर कात्तिके बाली छर्ने, खनजोत गर्ने समय सुरु हुन थालेको कारण पनि यो हिमपात किसानका लागि निकै उपयोगी भएको बताउनुभयो । उहाँले नयाँ बोटबिरुवा लगाउने समय सुरु भएको कारण खाल्डो खन्न सजिलो र बिरुवा लगाएपछि खाल्डोमा हिउँ भर्न पनि सहज भएको बताउनुभयो । हिमपात जारी रहेको कारण जमिनमाथि एक फिट हिउँ जमिसकेको छ । चिसो पनि निकै बढेको छ । स्थानीयलाई पशुवस्तु गोठ बाहिर निकाल्न सकिने अवस्था छैन भने चिसोले बरफ जमेको कारण धारामा पानी आउन छोडेको छ । हिमपात जिल्लाभर भइरहेको भए पनि उत्तरी नाम्खा गाउँपालिकामा दुई फिट हिउँ जमेको खबर प्राप्त भएको छ ।

 

यो पनि पढ्नुहोस्

देशभरको मौसम सफा रहने

बर्खामा देशका सरदरभन्दा कम पानी पर्ने सम्भावना

१७ घण्टा अगाडि
मनसुन भित्रिन अनुकूल वातावरण बन्दै

मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा हुने

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

उत्तर कोरियाली सर्वोच्च नेता उन विशेष रेल चढेर चीन पुगे

घरबाट निस्कदा माैसमकाे जानकारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक