शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालमा लगानी बढाउन गोलमेच सम्मेलन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपालमा लगानी बढाउन गोलमेच सम्मेलन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

न्युयोर्क । नेपालमा व्यापार, पर्यटन र लगानी बढाउने उद्देश्यसहित नेपाल महावाणिज्य दूतावास न्यूयोर्कले गोलमेच सम्मेलन गरेको छ । ब्रुकलिन चेम्बर अफ कमर्शसँगको सहकार्यमा महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा ५० भन्दा बढी अमेरिकी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

‘नेपालमा व्यापार, पर्यटन र लगानीका अवसरहरू’ विषयक गोलमेच छलफलमा अमेरिकी व्यवसायीहरुले नेपालमा हुन लागेको तेस्रो लगानी शिखर सम्मेलनका बारेमा चासो राखेका थिए । उनीहरुले नेपालमा लगानीको सम्भावना, पर्यटकीय गन्तव्य र त्यसका चुनौतीका बारेमा समेत चासो व्यक्त गरेका थिए ।

कार्यक्रममा कार्यवहाक महावाणिज्य दूत विष्णुप्रसाद गौतमले व्यवसायीहरुलाई नेपाल भ्रमण गर्न र लगानी बढाउन आग्रह गरे । उनले लगानी विस्तारका लागि सहजिकरण गर्न नेपाली महावाणिज्य दूतावास सधै तयार रहेको पनि जानकारी दिए । ब्रुकलिन चेम्बर अफ कमर्शसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रमका मुख्य वक्ता संयुक्त राष्ट्संघ स्थायी नियोगका प्रतिनिधि एवं राजदुत लोकबहादुर थापाले नेपालमा राजनीति स्थायीत्वसँगै लगानीको राम्रो वातावरण बनेको भन्दै अमेरिकी लगानीकर्ताहरुका लागि लगानी गर्न उत्कृष्ट समय रहेको जनाए ।

उनले लगानीकर्ताहरुका लागि सहजिकरण गर्न नेपाल सरकार सधैं तत्पर रहेको भन्दै अमेरिका र नेपालबीचको परस्पर सम्बन्धलाई लगानीले थप मजबुत बनाउने दाबी गरे । उनले नेपाल सरकारले प्रत्यक्ष वैदेशिक लगानी नीति, कानुनी संस्थागत ढाँचा र रणनीतिहरू सहज बनाएको जानकारी दिंदै नेपालमा लगानी गरेकोमा अमेरिकी तथा गैरआवासीय नेपाली उद्यमीहरुको प्रशंसा पनि गरे ।

कार्यक्रममा अमेरिकी विदेश विभागकी प्रतिनिधि ओलिभिया स्नाजाले नेपालप्रति अमेरिकी चासो अझै बढिरहेको भन्दै नेपालको विकासमा अमेरिकी सहयोग जारी रहने जनाए । त्यस्तै ग्रेटर न्यूयोर्क च्याम्बर अफ कमर्शका अध्यक्ष एवं सीईओ मार्क जाफ, ब्रुकलिन चेम्बर अफ कमर्सका उपाध्यक्ष डिना रबिनर सोर्स एटलान्टिकमा अध्यक्ष एवं सिईयो विलियम म्याकगोवेन, मिडास क्यापिटल इन्भेष्टमेन्टका अध्यक्ष डेभिड जे. मार्टिनले नेपालसँग थप व्यापारिक सम्बन्ध विस्तार गर्न आफूहरु आतुर रहेको जनाए ।

कार्यक्रमको दोस्रो चरणमा व्यवसायी एवं विज्ञहरुबीच गोलमेच छलफल गरिएको थियो । अमरिकी बरिष्ठ सञ्चारकर्मी किरण क्षेत्रीले सहजीकरण गरेको पहिलो चरणको छलफलमा नेपाली गार्डेन न्यूयोर्कका सिईओ अनिल रौनियार, नेपाल टि कलेक्टीभ न्यूयोर्कका संस्थापक एव निश्चल बाँस्कोटा, ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्शका अध्यक्ष प्रदीप श्रेष्ठ, माउन्टेन लिगेसी इन्टरनेशनलका सिईओ एवं सनराईज पश्मिनाका संचालक डा. सेथ सिक्रोफ र स्वतन्त्र उर्जा उत्पादक संघ नेपालका पूर्व सिईओ शैलेश मिश्रले सहभागिता जनाएका थिए । उनीहरुले नेपालमा गरिएको लगानी, व्यापार अनुभव र चुनौतीका बारेमा छलफल गरेका थिए ।

 

सारांशमा नेपाल लगानीको निकै सम्भावना भएको क्षेत्रको रुपमा टिप्पणी गरिएको थियो । त्यस्तै अमेरिकी एक्सप्रेसकी बरिष्ठ जोखिम प्रबन्धक स्नेहा शर्माले सहजिकरण गरेको दोस्रो गोलमेच छलफलमा युएस-नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष वेद खरेल, एभरेष्ट फेडरल क्रेडिट युनियनका सीईओ विराज रिजाल, क्रस बोर्डर पेमेन्ट तथा स्थार्टप माच्नेटका सिईओ जय दाहाल, कोलम्बीया युनिभर्सिटीका एसिस्टेन्ट प्रोफेशर डा. समिर मास्के र क्रस रिभर बैंकका क्वान्टीटिभ रणनीति प्रमुख प्रवेश रिजालको सहभागिता रहेको थियो ।

उनीहरुले आफ्नो सफलताका कथा सुनाउँदै अवको दुनियाँ सूचना प्रविधिको भएको र त्यसका लागि आफूहरुले नेपालमा योगदान गर्न सक्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा व्यवसायीहरुले नेपाल सरकारको नीतिका बारेमा चासो राखेका थिए भने कार्यवहाक महावाणिज्य दूत गौतमले सम्बन्धित प्रश्नको जवाफ दिएका थिए । सहभागिहरुले आगामी अप्रिलमा हुन लागेको तेस्रो लगानी शिखर सम्मेलनमा सहभागिताका लागि चासो व्यक्त गरेका थिए ।

यो पनि पढ्नुहोस्

छठको व्रत विधि आजदेखि सुरु

छठको व्रत विधि आजदेखि सुरु

७ घण्टा अगाडि
पाँच लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन गर्ने नेपालको लक्ष्य

पाँच लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन गर्ने नेपालको लक्ष्य

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रचण्ड रसिया प्रस्थान

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

पश्चिमी वायुको आंशिक प्रभाव

एनपीएलमा आज दुईवटा रोमाञ्चक खेल हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक