शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकार र सञ्चारमाध्यमबिचको सम्बन्ध सुदृढ हुनुपर्नेमा जोड

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सरकार र सञ्चारमाध्यमबिचको सम्बन्ध सुदृढ हुनुपर्नेमा जोड

काठमाडौँ, ३ फागुनः मन्त्रालय तथा संवैधानिक निकायका प्रवक्तासँग राससको अन्तरक्रिया सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी बिहीबार राष्ट्रिय समाचार समिति(रासस)ले आफ्नो ६३औँ वार्षिकोत्सव तथा राष्ट्रिय प्रजातन्त्र दिवसका सन्दर्भमा समाचार सम्प्रेषणमा राससको भूमिका विषयक मन्त्रालय तथा संवैधानिक निकायका प्रवक्ताहरुसँगको अन्तरक्रियामा धारणा राख्दै । तस्बिर ः प्रदीपराज वन्त,रासस

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सरकार र सञ्चारमाध्यमबिचको सम्बन्ध सुदृढ हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय समाचार समितिको ६३ औँ वार्षिकोत्सव तथा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को सन्दर्भमा आज यहाँ आयोजित ‘मन्त्रालय तथा संवैधानिक निकायका प्रवक्तासँगको अन्तरक्रिया’को उद्घाटन गर्दै उहाँले नागरिकलाई सत्य तथ्य, विश्वसनीय र आधिकारिक सूचना उपलब्ध गराउन सरकार र सञ्चारमाध्यमले सहकार्य गर्नुपर्ने बताउनुभयो ।

मन्त्रालय तथा निकायका प्रवक्ताको मुख्य जिम्मेवारी सही सूचना सम्प्रेषण गर्ने रहेको उल्लेख गर्दै उहाँले आधिकारिक सूचना सम्प्रेषणमा सञ्चारमाध्यमलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । “समाचारसँग सम्बन्धित सूचना अत्यन्त संवेदनशील हुन्छन्”, उहाँले भन्नुभयो, “आम पाठकलाई सरकारी निकायले दिन सक्ने सूचना सम्प्रेषण गर्न हरसम्भव प्रयास गर्नुपर्छ ।” सञ्चारकर्मी जहिले पनि सूचनाको आधिकारिता प्रमाणित गर्न आतुर रहने सन्दर्भ उल्लेख गर्दै सचिव सुवेदीले पत्रकारको बाध्यतालाई बुझेर सहयोग गर्न प्रवक्तालाई आग्रह गर्नुभयो । मन्त्रालयले थालनी गरेका नवप्रवर्तनका काम, मुलुकले अख्तियार गरेका नीति, रणनीतिलगायतका सम्बन्धमा जनतासमक्ष ल्याउन प्रवक्ताको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ छ ।

राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सूचना र समाचार लोकतन्त्रको प्रमुख आधार भएको उल्लेख गर्दै सूचना सम्प्रेषणमा प्रवक्ता र राससको समान भूमिका रहेको बताउनुभयो । समाचार छिटो दिने नाममा राससले हतार नगर्ने उल्लेख गर्दै उहाँले सूचनाको प्रमाणीकरणका लागि केही ढिला हुनसक्ने बताउनुभयो । “रासस मन्त्रालय तथा निकायसँग सहकार्य गर्न तयार छ, आवश्यकताअनुसार सरकारले राज्यका निकायलाई सही सदुपयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले मन्त्रालयअनुसार सञ्चार रणनीति बनाउन प्रवक्ताहरूलाई सुझाव दिँदै रासससँग सहकार्य गर्न आग्रह गर्नुभयो । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले समाचार सम्प्रेषणमा राससलाई सदैव पहिलो प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । यद्यपि प्रवक्तासँग पर्याप्त सूचनाको पहुँच नहुनु चुनौतीपूर्ण रहेको उहाँको भनाइ थियो ।

रक्षा मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले प्रवक्ताको सीमितता बुझेर पत्रकार आफ्नो दायित्व निर्वाह गर्नु उचित हुने बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले सञ्चारमाध्यमलाई आफूहरूले सदैव उत्प्रेरित नै गरिरहेको उल्लेख गर्दै मानवअधिकार प्रवर्द्धन गर्न सञ्चारमाध्यम आयोगको प्रमुख साझेदार संस्थाका रूपमा रहेको बताउनुभयो । महालेखा परीक्षकको कार्यालयका प्रवक्ता वैकुण्ठबहादुर अधिकारीले सूचना तथा समाचार तथ्यमा आधारित हुनुपर्ने उल्लेख गर्दै समाचार सम्प्रेषणमा धेरै हतार नगर्न आग्रह गर्नुभयो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहप्रवक्ता अश्विनकुमार पोखरेलले मन्त्रालयको सूचना सार्वजनिकीकरणमा पहिलो सेवाग्राही राससको भएको उल्लेख गर्दै दुई संस्थाबिचको समन्वयलाई थप प्रगाढ बनाउन तयार रहेको बताउनुभयो ।

राससका महाप्रबन्धक सिद्धराज राईले राससबारे जानकारी गराउँदै सत्य तथ्य सूचना सम्प्रेषणमा सहयर्का गर्न अनुरोध गर्नुभयो । राससका प्रधान सम्पादक एकराज पाठकले सत्य तथ्य, विश्वसनीय र आधिकारिक सूचना जनसमक्ष सम्प्रेषण गर्न प्रवक्ता र राससको समान भूमिका रहेको उल्लेख गर्नुभयो । राससका समाचारदाता प्रकाश सिलवाल, भीष्मराज ओझा, कालिका खड्का र अशोक घिमिरेले सूचना सम्प्रेषणमा प्रवक्ताहरूले पुर्‍याउनुभएको सहयोगका लागि अभार प्रकट गर्दै आगामी दिनमा पनि सहकार्य दह्रिलो बनाइनुपर्नेमा जोड दिनुभएको थियो ।

छलफलमा गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्ट, खानेपानी मन्त्रालयका प्रवक्ता मीना श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंह, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता सवनम शिवाकोटी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहप्रवक्ता देवीप्रसाद थपलिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहप्रवक्ता रामकृष्ण श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहप्रवक्ता लोकहरि बस्याल, लोक सेवा आयोगका सहप्रवक्ता चुरामणि मरासिनी, सहरी विकास मन्त्रालयका सहप्रवक्ता सुरेशकुमार वाग्लेलगायत सहभागी हुनुहुन्थ्यो ।

यो पनि पढ्नुहोस्

छठको व्रत विधि आजदेखि सुरु

छठको व्रत विधि आजदेखि सुरु

७ घण्टा अगाडि
पाँच लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन गर्ने नेपालको लक्ष्य

पाँच लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन गर्ने नेपालको लक्ष्य

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रचण्ड रसिया प्रस्थान

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

पश्चिमी वायुको आंशिक प्रभाव

एनपीएलमा आज दुईवटा रोमाञ्चक खेल हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक