बुध, भदौ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

६४ हजार बढी बालबालिकालाई दादुरा-रुवेला रोग विरुद्धको खोप लगाइने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
६४ हजार बढी बालबालिकालाई दादुरा-रुवेला रोग विरुद्धको खोप लगाइने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

घोराही । दादुरा-रुवेला खोप अभियान अन्तर्गत घोराही उपमहानगरपालिकामा ६४ हजार बढी बालबालिकालाई दादुरा-रुवेला रोग विरुद्धको खोप लगाइने भएको छ ।

दादुरा–रुवेला खोप अभियान २०८०-०८१ अन्तर्गत बिहीबार घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेर ९ महिनादेखि १५ वर्ष उमेर समूहका नगरभित्रका ६४ हजार ३ सय २८ जना बालबालिकालाई खोप लगाउन थालिएको जानकारी दिएको हो ।

खोपका लागि घोराही उपमहानगरपालिकाका १९ वटै वडाहरुका विभिन्न विद्यालयहरुमा एक सय ९७ वटा खोप केन्द्र निर्धारण गरिएको घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख नारायण घर्तीले जानकारी दिनुभएको छ । उहाँका अनुसार अनुसार गत वर्ष जिल्लामा ६३ हजार ५ सय ८९ जना बालबालिकालाई दादुरा–रुवेला रोग विरुद्धको खोप लगाइएको थियो ।

घोराही उपमहानगरपालिका यहि फागुनको १३ गतेदेखि अभियानका रुपमा दादुरा रुवेला रोग विरुद्धको खोप लागउने कार्यक्रम रहेकाले सम्पूर्ण बालबालिकालाई अभियानमा सहभागी हुन शाखा प्रमुख घर्तीले आग्रह गर्नुभएको छ । शाखा प्रमुख घर्तीले दादुरा–रुवेला रोगबाट एकजना संक्रमित व्यक्तिले १८ जनासम्मलाई संक्रमण गर्न सक्ने भएकाले १ कक्षादेखि १० कक्षासम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई खोप लगाउने तयारी रहेको भन्दै भन्नुभयो, “दादुरा–रुवेला रोगको जोखिम अहिले पनि छ । जोखिमबाट बच्नका लागि समयमै बालबालिकालाई खोप लगाउनुपर्छ ।”

नेपालमा सन् २०२६ सम्म दादुरा–रुवेला रोग उन्मूलन गर्ने उद्देश्य अनुसरा वर्षेनि दादुरा–रुवेला रोग विरुद्धको खोप लगाउने गरेपनि सवै बालबालिकाहरु अभियानमा सहभागी नहुँदा समस्या भएको शाखा प्रमुख घर्तीले जानकारी दिनुभयो । शाखा प्रमुख घर्तीका अनुसार गतवर्ष घोराहीमा ९६ प्रतिशत बालबालिकाले दादुरा–रुवेला रोग विरुद्धको खोप लगाएका थिए । खोप लगाउनका लागि प्रत्येक खोप केन्द्रमा दुई जना स्वास्थ्यकर्मीसहित स्वयम्सेविकाको सहभागीता हुने भएको छ ।

घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले अभियानका क्रममा दादुरा–रुवेला विरुद्धको खोपसँगै ५ वर्षभन्दा मुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइने भएकाले अभियानमा सहभागी हुन सर्वलाई आग्रह गर्नुभएको छ ।

जिल्लामा पहिलो चरणमा खोप अभियान फागुनको १३ गतेदेखि घोराही उपमहानगरपालिकासहित बंगलाचुली गाउँपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका, लमही नगरपालिका र राजपुर गाउँपालिकामा रहेका  बालबालिकालाई खोप लगाइने भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन किशोर आचार्यले जानकारी दिनुभएको छ । उहाँका अनुसार दोश्रो चरणमा फागुनको २३ गतेदेखि दोश्रो चरणमा तुलसीपुर उपमहानगरपालिकासहित दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र बबई गाउँपालिकामा बालबालिकालाई खोप लगाइने छ ।

जिल्लामा गत वर्ष पनि बालबालिकाहरुमा दादुराको संक्रमण देखिएको र बाँकेमा दादुराका कारण एक जनाको मृत्यु समेत भएकाले जिल्लमा जोखिम कायम रहेको फोकल पर्सन आचार्यले बताउनुभएको छ ।

यो पनि पढ्नुहोस्

सिड्नीमा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर

सिड्नीमा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर

५७ मिनेट अगाडि
नेपालमा बाढी पीडितका लागि सहयोग जुटाउन अपिल    

नेपालमा बाढी पीडितका लागि सहयोग जुटाउन अपिल    

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देशका यी स्थानमा भारी बर्षा हुने

चिलिमेमा पानीकाे सतह घटाउने तयारी

याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

नेपालमा बाढी पीडितका लागि सहयोग जुटाउन अपिल    

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक