बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

नेपाल पत्रकार महासंघको इतिहास सच्याउन फोनिजकाे आग्रह

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
नेपाल पत्रकार महासंघको इतिहास सच्याउन फोनिजकाे आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघको इतिहास सच्याउन आग्रह गरेको छ । २००८ साल वैशाख ९ गते स्थापना भएको महासंघलाई २०१२ साल चैत १६ देखि इतिहास कायम गर्नु गलत भएको फोनिजको भनाइ छ ।

तत्कालीन अवस्थामा पत्रकारले सत्यनारायणबहादुर श्रेष्ठको सभापतित्वमा २००८ सालमा नेपाल पत्रकार संघ गठन गरेको संघ नै आजको महासंघको निरन्तरता भएकाले संस्थापकमाथि न्याय गर्न फोनिजले महासंघसँग आग्रह गरेको हो ।

महासंघ प्रतिष्ठान प्रदेश समितिले ‘अग्र अनुहार’ नामक पुस्तक प्रकाशन गरी माघ २८ गते लोकार्पण गर्न लागेको र त्यसमा २०१२ सालका अध्यक्ष कृष्णप्रसाद भट्टराईदेखि अहिलेसम्मका अध्यक्षहरुको विवरण प्रकाशन गरेकोप्रति फोनिजले दुःख व्यक्त गरेको छ ।

संस्थापक सभापति श्रेष्ठको बारेमा सो पुस्तकमा केही उल्लेख नगरी महासंघले इतिहास नामेट पार्ने गलत काम गरिरहेको भन्दै फोनिजले त्यसको विरोध गर्दै सच्याउन माग गरेको छ ।

फोनिजका संघीय महासचिव मिलन लिम्बुले शनिबार  संस्थाको तर्फबाट विज्ञप्ति प्रकाशन गरी भन्नुभएको छ, ”संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ रहेको तथ्य स्पष्ट छ । नेपाली पत्रकारिताको इतिहासमा २००८ वैशाख ९ गते पहिलो पटक नेपाल पत्रकार सङ्घ गठन गरेर सभापतिका रूपमा नेपालका पत्रकारलाई सङ्गठित गर्दै नेतृत्व प्रदान गर्ने व्यक्ति श्रेष्ठ नै हुन् । यो तथ्यलाई नामेट पार्नु भनेको उहाँको योगदानको अवमूल्यन गर्नु हो ।“

गलत तथ्यलाई नै निरन्तरता दिने महासङ्घको कदमप्रति फोनिजको गम्भीर ध्यानाकर्षण भएको महासचिव लिम्बूले उल्लेख गर्नुभएको छ । विज्ञप्तिीमा भनिएको छ, ”हामी आग्रह गर्दछौं, प्रतिष्ठान प्रदेशको सो प्रकाशन तत्काल रोकियोस् । साथै, संस्थापक अध्यक्षको विषय यथाशीघ्र टुङ्गो लगाई गलत इतिहास सच्याइयोस् ।“

यो पनि पढ्नुहोस्

वीरगञ्ज महानगरकाे बजेट साढे ४ अर्ब

वीरगञ्ज महानगरकाे बजेट साढे ४ अर्ब

५३ मिनेट अगाडि
प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

रास्वपाको नयाँ नेतृत्वका लागि आज मतदान

प्रतिनिधिसभा बैठक स्थगित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक