मङ्ल, भदौ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

प्रादेशिक अस्पतालमा ब्लड बैंकको सुरुआत

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
रगतको चरम अभाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट प्रादेशिक अस्पतालले भर्ना भएका बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्करुपमा उपलब्ध गराउन ब्लड बैंकको सुरुआत गरेको छ ।

बागमती प्रदेश सरकारले २०७९ चैतमा तयार गरेको कार्यविधिअनुसार जिल्ला स्वास्थ्य कार्यालयले मेथिनकोट अस्पतालमा भर्ना भएका बिरामीका लागि आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउन सम्झौता गरेअनुसार ब्लड बैंकको स्थापना गरिएको जनाइएको छ । उक्त ब्लड नगरपालिकाका प्रमुख कुन्साङ लामाले बिहीबार एक कार्यक्रमका बीच ब्लड बैंकको शुभारम्भ गरेका हुन् ।

अस्पतालले ब्लड बैंकका लागि आवश्यक पूर्वाधार व्यवस्थापन नभएका कारण करिब एक वर्ष ढिला भएको जनाएको हो । चालु आर्थिक वर्षको छ महिनापछि बिहीबारदेखि अस्पतालमा भर्ना भएका बिरामीका लागि आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराइने भएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालका अनुसार ब्लड बैंक सञ्चालनसँगै आकस्मिक रुपमा दुर्घटना भएका बिरामीका लागि तथा अन्य अवस्थामा बिरामीलाई सहज हुने अपेक्षा गरिएको छ ।

ब्लड बैंकको स्थापनापछि सबै प्रकारका रोगको रगत परीक्षण तथा अन्य सेवा उपलब्धसमेत गराउने उद्देश्य रहेको जनाइएको छ । यस्तै अस्पतालमा ओपिडी, आकस्मिक तथा शल्यक्रियासहितको सेवा सुरु भइसकेको छ । मिर्गौला रोगीका लागि डायलासिस सेवालाई पनि निरन्तरता दिइएको छ ।

विसं २०६६ मा स्थापित अस्पतालमा हाल दैनिक एक सयभन्दा धेरै बिरामीलाई सेवा दिने गरिएको छ । अस्पतालले आगामी फागुन ५ गते आफ्नो स्थापनाको अवसरमा सिटी स्क्यान सेवा सुरु गर्ने योजना बनाएको छ ।

अस्पतालमा ब्लड ब्याग र रक्त परीक्षणका लागि आवश्यक शुल्क जिल्ला स्वास्थ्य कार्यालयले रेडक्रस काभ्रेपलााञ्चोकको ब्लड बैंकमार्फत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । कार्यालयले यसै अवसरमा जिल्लास्थित रेडक्रसको ब्लड बैंकमा पनि उक्त सुविधा उपलब्ध गराउने जनाएको छ ।

अस्पतालले सघन कक्ष (आइसियु) र नवजात शिशुको सघन कक्ष (एनआइसियु) सञ्चालनको तयारीमा रहेको अस्पतालले जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा विस्तार गर्दै प्रदेशस्तरीयमा स्तरोन्नति गराइएको उक्त अस्पताल १५ बाट ५० श्ययामा व्यवस्थित गरिएको छ ।

अस्पतालमा हाल हृदयाघातका बिरामीका लागि पहिलो चरणको खोप निःशुल्क उपलब्ध गराइँदै आएको छ भने मानसिक रोगको उपचार, हाडजोर्नी, बाल रोग विशेषज्ञ तथा सम्पूर्ण ल्याब सेवा, रेबिज खोपलगायत नेपाल सरकारले तोकेको दुई सय ५० थरिका औषधि निःशुल्करुपमा उपलब्ध गराउँदै आएको छ ।

यो पनि पढ्नुहोस्

आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै

आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै

३ दिन अगाडि
आजु टी क्लबको स्थापना दिवसको बृहत्त रक्तदान

आजु टी क्लबको स्थापना दिवसको बृहत्त रक्तदान

४ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

आज भारी वर्षाको सम्भावना

सप्त ऋषिको पूजा आराधना गरी मनाइदै ऋषि पञ्चमी

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन  : कांग्रेस सभापति थापा

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक