माेरङ / राष्ट्रियसभा सदस्यको निर्वाचनमा कोसी प्रदेशमा गठबन्धनलाई जिताउने जिम्मेवारीमा नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको भूमिका अहम् रहयो। विराटनगरमा भएको निर्वाचनमा गठबन्धनतर्फ उम्मेदवार कृष्णप्रसाद सिटौलाको मतभारलाई विजयी बनाउने कोइरालाले महत्वपूर्ण भूमिका खेले।
सिटौलाले राष्ट्रिय सभाको टिकट पाइरहदाँ पार्टीभित्रै अधिकांशले असन्तुष्टि ब्यक्त गरेका थिए। यद्धपी, पार्टीले सिटौलालाई उम्मेद्वार बनाएसंगै कोइरालाले प्रदेश र स्थानीय तहका जनप्रतिनिधीलाई भेटघाटको क्रम बाक्लो बनाउँदै। लगेका थिए ।
गठबन्धनकै विषयमा समेत पार्टीका शीर्षस्त नेताहरुले अस्वभाविक रुपमा लिइरहदाँ सिटौलाको जितमा कोइराला कडी भए । निवासमा भेटका क्रममा पत्रकारसंग कुरा गर्दै कोइरालाले सिटौलालाई जिताउन सबै क्षेत्रले साथ दिनुपर्नेमा जोड दिएका थिए। सिटौलाले जित्दासमेत जस नपाउने र हार्दा सबै दोष कोइरालामाथि खनिने जोखिम रहेको पत्रकारको जिज्ञासामा कोइरालाले भनेका थिए, ‘अहिलेको अवस्था गठबन्धनलाई जिताउनु हो । सिटौलाजी आफैमा अनुभवी हुनुहुन्छ । उहाँलाई जिताउन गठबन्धनले मत दिएको छ । सबै तह तप्काले साथ दिएको अवस्था छ ।’
त्यसैगरि, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सभासदस्य भीम पराजुलीका अनुसार सिटौलाको जितमा पार्टीका शीर्ष नेताहरुको साथ सकारात्मक रहेको थियो । डा. शेखर कोइरालाको मेहनतले राम्रो नतिजा आएको बताएका प्रदेश सभासदस्य पराजुलीले भने, ‘उहाँको जितमा सबैको साथ रह्यो । डा. साबले गरेको मेहनतसंगै सबैलाई फोन गर्दै सहजीकरण गर्नुभयो । यसले काँग्रेसमा एक अर्काको साथमा जित हासिल गर्न समस्या नहुने प्रस्ट भएको छ।’
शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका सिटौलालाई पार्टीले उम्मेदवार बनाउनुलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँदै आएका कोइरालाले पौष २३ गते विराटनगरस्थित काँग्रेस प्रदेश समितिको कार्यालयमा भएको छलफलमा उठेका संशयका कुरा चिर्दै कोइरालाले सिटौला परिपक्व र अनुभवले खारिनु भएको हुदाँ राष्ट्रिय सभाको गरिमा बढ्ने कुरामा ढुक्क हुन आग्रह गरेका थिए। सोही छलफलमा सिटौलाले जितका लागि कोइरालालाई सहयोग दिनुपर्नेमा जोड दिएका थिए । छलफलमा सिटौलाले निर्वाचनका समयसम्म प्रदेशमा बसेर वातावरण बनाउनका लागि डा. कोइरालालाई आग्रह गरेका थिए ।
कोसी प्रदेशमा सिटौलालाई जित दिलाउनका लागि कोइरालाले आफ्नै पार्टीभित्र मात्र नभएर गठबन्धनका अन्य दल र पहिचानवादी समूहसंग समेत छलफल गरे। सिटौलाको जितका लागि कोइरालाले पौष २३ पछि निरन्तर निर्वाचन मितिसम्म १८ दिन आफूलाई भेटघाट, छलफल र उठेका जिज्ञासालाई सम्बोधन गर्दै अघि बढेका थिए। कोइरालाको राजनीतिक प्रभावलाई बुझेका सिटौलाले समेत निरन्तर कोइरालालाई निर्वाचन सफल बनाउन आग्रह गर्दै आए। विगतको निर्वाचनमा ब्यहोरेको क्षतिलाई विर्सनुपर्नेमा जोडदिदै नेता कोइरालाले माघ ११ को तयारीमा निर्धक्क भएर अघि बढ्न सिटौलालाई सुझाव दिदै आए। प्रदेश सभा पहिलो संस्करणका प्रदेश सभा सदस्य सूयर्माराज राईले सिटौलालाई जिताउन लामोसमय विराटनगरमा बसेर खटेका डा. कोइरालाको मेहनत प्रभावकारी रहेको बताँउछन् ।
राजनीतिक गठबन्धन सहज नहुने बताएका राईले सिटौलालाई जिताउन कोइराला अहम हुन भन्ने प्रस्टिएको बताए । उनले भने, ‘सिटौलाको डा. साबको मेहनतकै नतिजा भन्न सकिन्छ। काँग्रेसभित्र मजबुद एकता नदेखिरदाँ सिटौलाको जितमा कोइरालाको भूमिका सशक्त देखिएको छ।’
प्रतिनिधि सभा सदस्यमा पराजय भोगेका सिटौलालाई राष्ट्रिय सभामा भित्राउन सक्दा शान्ति प्रक्रियामा खेलेको भूमिकाले न्याय पाउने बुझाई डा. कोइरालाको रहेको छ ।
अर्कोतर्फ, कोसी प्रदेश खारेजीको माग गर्दै आन्दोलनरत पक्षसंग समेत कोइरालाले गृहनिवासमा छलफल गरे । पछिल्लोसमय राजनीतिक दलका नेताहरुलाई पहाडी क्षेत्रमा अवरोध गर्दै आएका आन्दोलनरत पक्षसंग माघ ७ गते गरेको छलफलले समेत निर्वाचनको वातावरण सहज बनाएको थियो। काँग्रेस पहिचानकै पक्षमा रहेको जनाउँदै कोइरालाले आन्दोलनरत पक्षलाई आश्वस्त पारिरहदाँ निर्वाचनसम्म अवरोध सृजना भएन। त्यससंगै उनले विराटनगरको बसाईका क्रममा विभिन्न स्थानमा कार्यकर्ता तथा जनप्रतिनिधिलाई निर्वाचनमा खेल्नुपर्ने भूमिकाबारे प्रस्टाउदै आएका थिए ।
निर्वाचनको एकदिन अघि माघ १० गते कोइरालाले राष्ट्रिय सभामा सहभागि हुने प्रदेश सांसद, तथा स्थानीय तहका प्रमुख उपप्रमुखको सम्मानमा चियापान आयोजना गरे । त्यस चियापानले समेत सिटौलाको पक्षमा जनप्रतिनिधिहरुले साथ दिन मद्धत गरेको थियो ।
सिटौलालाई जिताउने जिम्मेवारीबोध गरेका कोइराला मतदानको दिन विहान ९ बजेबाट मतदानस्थलमा उपस्थित भएका थिए । सिटौला मतदानस्थलबाहिर भोट मागिरहदाँ अर्को छेउमा कोइराला समेत उपस्थित रहेका थिए। बुढीगंगा गाँउपालिकाका अध्यक्ष जीतनारायण थापाका अनुसार मतदानस्थलमा उपस्थित भइरहदाँ सबैजना उत्साहित भएका थिए । अध्यक्ष थापाले डा. साबको उपस्थितीले मतदानका लागि लाइनमा उभिएका सबैलाई एककिसिमको उर्जावान बनाएको बताए ।
राजनीतिको दाउँपेचमा सिटौलाले विगतमा कोइरालाको साथ नदिएपनि यसपटक उनै कोइरालाको साथमा सिटौला राष्ट्रिय सभाको टिकट काट्न सफल भए। यस निर्वाचनमा सिटौलाको पराजय हुदाँको अवस्थामा फेरिपनि कोइराला नै दोषीको भागिदार हुने थिए । उनको साथमा सिटौलाले राष्ट्रिय सभामा उपस्थित हुने अवसर पाइरहदाँ पराजय हुदाँ समेत उनैले जस लिनुपर्ने देखिएको थियो।


