मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बाँकेमा अनुदानको रासायनिक मलमा दुरुपयोग

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
बाँकेमा अनुदानको रासायनिक मलमा दुरुपयोग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

खजुरा । बाँकेमा नेपाल सरकारले किसानहरूलाई अनुदानमा विक्री वितरण गर्न दिएको रासायनिक मलमा दुरुपयोग भएको पाइएको छ ।नेपाल सरकारद्वारा अनुदानमा किसानहरूलाई बिक्री वितरण गर्न दिइएको रासायनिक मलमा दुरुपयोग भएको पाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

बाँकेको नरैनापुर ५ मटेहियास्थित ‘राप्ती कृषि सहकारी संस्था लिमिटेड’ले किसानलाई वितरण गरिने रासायनिक मलमा दुरुपयोग गरेको पाइएको उहाँले बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, कृषि ज्ञान केन्द्र तथा कृषि सामग्री कम्पनीका प्रमुखसहितको सहभागितामा रहेको बजार अनुगमन समितिको टोलिले उक्त सहकारीमा आकस्मिक अनुगमन गर्दा कैफियत गरी मलमा दुरुपयोग गरेको पाइएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

प्रजिअ पोखरेलका अनुसार सो सहकारीले नरैनापुरका किसानका लागि भनेर कृषि सामग्री कम्पनीबाट गत माघ ९ गते दुई सय बोरा (प्रति बोरा ५० केजीका दरले) सरकारबाट अनुदानमा प्रदान गरिएकाे रासायनिक युरिया मल लगेको थियो । जसमध्ये ६४ बोरा युरिया मल फेला परेको र ६ बोरा मल स्थानीय किसानलाई विक्री गरेको भरपाई प्राप्त भएको छ भने मौज्दातमा हुनुपर्ने बाँकी १ सय ३० बोरा अनुदानित युरिया मल गायब भएको पाइएको उहाँले बताउनुभयो ।

उक्त सहकारीले प्रचलित कानुन विपरीतको कार्य गरेको पाइएकोले उपभोक्ता हित संरक्षण ऐन बमोजिम २ लाख रुपियाँ जरिवाना गरिएको छ साथै गोदाममा रहेको ६४ बोरा अनुदानित मल हाललाई सिल गरिएको छ । गायब भएको १ सय ३० बोरा मलका बारेमा ७ दिन भित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिइएको प्रजिअ पोखरेलले बताउनुभयो ।

नेपाल सरकारद्वारा अनुदानित मल तोकिएका सहकारीमार्फत तोकिएका क्षेत्रका किसानले पाए नपाएको सुनिश्चित गर्नका लागि प्रभावकारी रूपमा अनुगमन गर्न सबै स्थानीय तहहरूलाई अनुरोधसमेत गरिएको प्रजिअ पोखरेलले बताउनुभयो । -गोरखापत्र 

यो पनि पढ्नुहोस्

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

२ महिना अगाडि
हटाइयो हुलाक टिकटको प्रचलन

हटाइयो हुलाक टिकटको प्रचलन

५ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

क्यान महासंघमा नेतृत्व परिवर्तन

मुद्राको विनिमयदर सार्वजनिक

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक