शुक्र, असार २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आयोडिनयुक्त नुनप्रति आकर्षित

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
आयोडिनयुक्त नुनप्रति आकर्षित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वीरगञ्ज (पर्सा)  । विगत केही वर्षअघिसम्म भारतीय नुनको उपभोग गर्दै आएका पर्साको भारतीय सीमावर्ती क्षेत्रका स्थानीय आयोडिनयुक्त नुनप्रति आकर्षित हुन थालेका छन् ।  आयोडिनयुक्त नुनको महत्व र फाइदाबारे प्रचारप्रसार,  स्थानीय प्रशासनले भारतीय नुनको आयातमा कडाइ र आयो नुनको सहज आपूर्तिसँगै सीमावर्ती क्षेत्रका स्थानीयले दुई बालबालिकाको चिह्न भएको आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेका हुन् ।

आयोडिनयुक्त नुनको फाइदाबारे बुझेपछि भारतीय ढिके नुन खान छाडेर आयोडिनयुक्त नुन उपभोग गर्न थालेका छौँ, पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वाका जमालुदिन मियाँले भन्नुभयो, “आयो नुनको फाइदाबारे थाहै थिएन, त्यसैले हामी भारतीय ढिके नुनको प्रयोग गर्दै थियौँ, अब भन्ने आयोडिन नुनकै प्रयोग गर्न थालेका छौँ ।”

साल्ट्र ट्रेडिङले गाउँमै आयोडिनयुक्त नुनको फाइदा र महत्वको विषयमा समय समयमा प्रचारप्रसार गरेपछि आयोडिनयुक्त नुनप्रति आकर्षण बढेको उहाँको कथन छ ।  आयोडिनयुक्त नुन प्रयोग गरेपछि मानसिकरुपमा फुर्तिलो, शारीरिक रुपमा स्वस्थ्य, स्मरण शक्तिको वृद्धिसँगै बालबालिकामा पढ्ने रुचिको विकास हुन्छ, तर भारतीय ढिके नुनमा त्यस्तो कुनै फाइदा नदेखिएपछि आयोडिन नुन खान सुरु गरिएको सिरहाको ठोरी गाउँपालिका–४ का शम्भु श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “करिब तीन÷चार वर्षअघि सम्म गाउँका प्रायः धेरै स्थानीयले भारतीय ढिके नुन खान्थे, तर अब अधिकांशले आयो नुनको प्रयोग गर्न थालिसकेका छन् ।” आयो नुनभन्दा सस्तो र खरिद गरेर सहजरुपमा ल्याउन सकिने भएकाले स्थानीयमा ढिके नुनको चाहट थियो, तर अब आयो नुन पनि गाउँमै सहजरुपमा आउन थालेकाले पनि आयो नुन खान थालेको उहाँको भनाइ थियो ।

प्रहरीले पनि भारतीय नुन आयातमा कडाई गरेपछि भारतीय ढिके नुन बन्द भएको उहाँको भनाई छ । आयोडिनयुक्त नुन बजारमा रु २० मा बिक्री भइरहेको छ भने भारतीय नुन प्रतिप्याकेट भारतीय रु १० मा बिक्री भइरहेको छ । भारतीय सिमासँग जोडिएको पर्साको वीरगञ्ज महानगरपालिका, छिपहरमाई गाउँपालिका, ठोरी, पटेर्वासुगौलीलगायतका स्थानमा भारतीय ढिके नुनको प्रयोग बढी भइरहेको थियो, साल्ट्र ट्रेडिङ कार्पोरेसन पर्सा वीरगञ्जका प्रमुख अमोज लामिछानेले भन्नुभयो, “भारतीय नुन प्रयोग भइरहेको स्थानमा आयोडिन नुनको प्रचारप्रसार गरेपछि अहिले भारतीय नुनको प्रयोगमा करिब ९० प्रतिशत कमी आएको छ ।”

स्थानीयको आयो नुनप्रति आकर्षण बढेसँगै पर्सा, बारालगायतका जिल्लामा आयोडिनयुक्त नुनको माग बढेको प्रमुख लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच वर्षअघिसम्म पर्सा, बारा, रौटहट र सर्लाीमा गरी मासिक करिब १०/१२ हजार बोरा आयो नुन खपत हुँदै आएकोमा पछिल्लो केही वर्षदेखि मासिक २० हजार बोरा आयो नुन खपत हुन थालेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा दुई ४० हजार बोरा आयो नुन खपत भएको प्रमुख लामिछानेको भनाइ छ । साल्ट्र ट्रेडिङ कार्पोरेसन पर्सा वीरगञ्जले पर्साको ११ , बाराको नौ , रौतहटको पाँच  र सर्लाहीका सात गरी ३२  डिलरमार्फत चार जिल्लामा नुन बिक्री गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बनेपछि पहिलोपटक निजी क्षेत्रका प्रतिनिधिसँग भेट्ने

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

१५ घण्टा अगाडि
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन

नेपालमा हाल हान्टाभाइरसको कुनै स्वास्थ्य जोखिम नरहेको स्पष्ट

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री बालेनको पुतला दहन

करार सेवामा कार्यरत फिजियो थेरापिस्ट पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक