शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

क्षेत्री, बाहुनका कारण नेपाल धर्मनिरपेक्ष बन्याे : लिङ्देन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
क्षेत्री, बाहुनका कारण नेपाल धर्मनिरपेक्ष बन्याे : लिङ्देन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले क्षेत्री, बाहुनका कारण नेपाल धर्मनिरपेक्ष बनेको आरोप लगाएका छन्।

मंगलबार काठमाडौंमा आयोजित नीलप्रसाद भण्डारी स्मृति पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा धर्मनिरपेक्षता आउनुमा कम्युनिष्ट, कांग्रेसलगायतका पार्टी र नेताहरुभन्दा बढी दोषी बाहुन, क्षेत्री र हिन्दु भन्नेहरु नै रहेको जिकिर गरे।

उनले मत नसच्याएसम्म हिन्दु राष्ट्र, हिन्दु धर्म र हिन्दु अधिराज्यको माला जपेर मात्रै हिन्दु राज्य नबन्ने बताए। उनले धर्मविहीन राष्ट्रियता र राजनीति हुन नसक्ने जिकिर गरे।

अध्यक्ष लिङ्देनले जनताले मत परिवर्तन नगरेसम्म हिन्दु राष्ट्र फगत नारामात्रैमा सीमित हुने बताए। उनले चुनावमा आफूले जितेपछि हिन्दु राज्य फर्काउँछु भन्नेहरुलाई जिताउन आवश्यक रहेको जनाए ।

उनले भने, ‘नेपाललाई धर्मनिरपेक्ष बनाउन जति पार्टी र नेताहरु दोषी छन्, जति विदेशीहरु दोषी छन्, त्योभन्दा हामी हिन्दु हौँ भनेर ती पार्टीहरुलाई भोट दिने तपाईंहरुको हात कम दोषी छैन। जबसम्म मत परिवर्तन गनुहुन्न, सच्याउनु हुन्न तबसम्म यो फगत नारामात्रै हुन्छ। वास्तवमा यो देशमा धर्म निरपेक्ष आउनुमा कांग्रेस, कम्युनिष्ट, यी अरु पार्टी कसैलाई दोष दिनुभन्दा पनि क्षेत्री बाहुको हात दोषी छ। आफूहरुलाई हिन्दु हौँ भन्नेहरुको हात दोषी छ। मलाई यो भन्नुमा कुनै आपत्ति छैन।’

अध्यक्ष लिङ्देनले नेपालमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले चाहेर मात्रै धर्म निरपेक्षता नआएको बताए। उनले धर्म निरपेक्ष बनाउन दाहालभन्दा बढी दोषी नेपाली कांग्रेस रहेको जनाए।

उनले हिन्दु अधिराज्य स्वीकार्न, राजालाई कुनै न कुनै ठाउँ दिन र प्रदेश खारेज गर्न सहमत भए नेपाली कांग्रेसको भाइ भएर हिँड्न राप्रपा तयार रहेको जनाए ।

उनले भने, ‘हिन्दु अधिराज्य मानौँ, राजालाई कुनै न कुनै ठाउँको स्थान दिलाऔँ, प्रदेश खारेज गरौँ। बाक्लो जनप्रतिनिधि घटाऔँ। न्यायाधीश योग्यता, क्षमताको आधारमा नियुक्ति गर्ने व्यवस्था मिलाऔँ। कांग्रेस त्यसमा मञ्जुर हुन्छ भने राप्रपा कांग्रेसको भाइ भएर हिँड्न तयार छ।’

यो पनि पढ्नुहोस्

प्रचण्ड रसिया प्रस्थान

प्रचण्ड रसिया प्रस्थान

२ घण्टा अगाडि
सञ्चारगृहका गेटसामु गाडी तेर्स्याइएको विषयमा छानबिन हुनुपर्ने माग

भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त

२१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

प्रचण्ड रसिया प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक