शुक्र, असार २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दशैभरका जिल्लामा मनोसामाजिक परामर्शदाता राख्ने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
वैदेशिक रोजगारीका लागि एकहत्तर नर्स अन्तर्वार्तामा छनोट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले ७७ वटै जिल्लामा मनोसामाजिक परामर्शदाता राख्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलका अनुसार यसका लागि सरकारले नीतिगत निर्णय गरेर अगाडि बढाएको छ ।

सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा एमालेकी सांसद विद्या भट्टराईले आत्महत्या समस्याको रुपमा देखा परेको उल्लख गर्दै सरकारले यस सम्बन्धमा के गरिरहेको छ भनी सोधेकी थिइन् । जवाफमा स्वास्थ्य मन्त्रालयका सचिव डा.पोखरेलले सरकारले अब प्रत्येक जिल्लामा मनोसामाजिक परामर्शदाता राख्ने गरी सरकार अगाडि बढेको जनाएका हुन् । ‘प्रत्येक जिल्लामा एउटा साइको सोसल काउन्सिलरको दरबन्दीको व्यवस्थापन गरेर अगाडि बढेका छौं,’ सचिव पोखरेलले जानकारी दिए ।

उनका अनुसार हाल विश्व स्वास्थ्य संगठनसँग समन्वय गरेर १४ वटा जिल्लामा मेन्टल हेल्थको कार्यक्रम सञ्चालन भइरहेको छ । यसका अलावा प्रत्यक स्थानीय तहमा परामर्शदाता राखिएको छ । ‘स्थानीय तहको काउन्सिलरको अपनत्व संघीय सरकारले लिएको छ’ उनले भने । साथै, केही समयअगाडि मात्रै ३२ जनालाई मनोसामाजिक परामर्शदाताको तालिम दिएर उनीहरुलाई सर्टिफिकेटसहित देशभर खटाइएका उनले जनाए । प्रत्येक जिल्ला अस्पतालसँग समन्वय गरेर प्रत्येक जिल्ला अस्पतालमा प्रत्येक महिनामा एक जना एकपटक वा दुई पटक मेन्टल हेल्थको सेवा दिने नीति कार्यान्वयनमा लागिएको उनले जानकारी दिए । यो नीति सात वटै प्रादेशिक सरकारसँग समन्वय भएर अगाडि बढेको उल्लेख गर्दै उनले थपे, ‘डोल्पा वा मुगु होस् ।

त्यहाँ महिनाको एक चोटी सकिन्छ कि दुईचोटि मेन्टल हेल्थ सर्भिस सेवा प्राप्त हुन्छ ।’ यसैगरी, स्कुलमा रहेका नर्सलाई मनोवैज्ञानिक परामर्शको तालिम दिएर उनीहरूमार्फत समेत सेवा दिने सरकारको तयारी रहेको उनले बताए । ‘स्कुलमा हामीले नर्स उपलब्ध गराएका छौं । उहाँहरुको दायित्व बढ्ने गरी साइको सोसल काउन्सिलरको तालिम दिएर जान खोजिएको छ,’ डा. पोखरेल भन्छन्, ‘यसपछि हामी समुदायमा कसरी जाने भनेर मन्त्रालयमा छलफल गरिरहेका छौं ।’

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बनेपछि पहिलोपटक निजी क्षेत्रका प्रतिनिधिसँग भेट्ने

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

१५ घण्टा अगाडि
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन

नेपालमा हाल हान्टाभाइरसको कुनै स्वास्थ्य जोखिम नरहेको स्पष्ट

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री बालेनको पुतला दहन

करार सेवामा कार्यरत फिजियो थेरापिस्ट पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक