शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा लाठीचार्ज

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा लाठीचार्ज
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जनकपुरधाम । सप्तरीको राजविराजमा मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीले विरोध गरेपछि प्रहरीले लाठीचार्ज गरेको छ।

सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले जनमतका नेता कार्यकर्ताले विरोध गर्दै सुरक्षा घेरा तोडेपछि लाठीचार्ज गरिएको जानकारी दिए।

प्रहरीको लाठी चार्जबाट मधेस सरकारका शिक्षा तथा संस्कृतिमन्त्री महेश यादवको टाउको फुटेको हो। जनमत पार्टीका सचिव बिपी साहका अनुसार प्रहरीको लाठीबाट प्रदेशसभा सदस्यहरु सतिश सिंह, भागेश्वरी चौधरी र रञ्जु खंगलाई समेत चोट लागेको हो।

सुरक्षा घेरा तोडेर मन्त्रीसहित जनमतका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शन गरेपछि अवस्था नियन्त्रणमा लिन लाठीचार्ज गरेको प्रहरीले दावी गरेको छ।

सचिव साहका अनुसार कार्यक्रम स्थलमा शिक्षामन्त्री, सांसदहरुले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई फूलमालासहित स्वागत गर्न गएकोमा उनीहरुमाथि कुटपिट भएको हो।

सचिव साहले यस घटनाको निन्दा गर्दै यस्तो घटना गराउने उपेन्द्र यादवलगायतका नेताहरुमाथि छानविन गरी हुनुपर्ने बताए। विश्वविद्यालयको भवनको शिलान्यासको प्रमुख अतिथि उपेन्द्र यादवलाई बनाउने भएपछि आइतबार जनमतका नेता तथा कार्यकर्ताले विरोध जनाउँदै विश्वविद्यालयमा तालाबन्दी गरेका थिए। त्यसपछि जनमतबाटै मन्त्री रहेका शिक्षामन्त्री यादवले आफु विश्वविद्यालयको सहकुलपति रहे पनि आफूलाई समेत जानकारी नरहेको भन्दै शिलान्यास कार्यक्रम स्थगित गर्न निर्देशन दिएका थिए।

उनले कार्यक्रम स्थगित नगरेमा शिलान्यासको दिन उत्पन्न हुने अवस्थाको जिम्मेवार विश्वविद्यालय प्रशासन हुने भनेर चेतावनी दिएका थिए। यद्यपि, आज शिलान्यास गरिएको हो।

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

तनहुँमा बलेरो जिप दुर्घटनामा ६ जना घाइते

२ घण्टा अगाडि
प्रचण्ड रसिया प्रस्थान

प्रचण्ड रसिया प्रस्थान

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

प्रचण्ड रसिया प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक