काठमाडाैं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने भएको छ ।
राष्ट्रिय परिक्षा बोर्डले मिति तय गर्दै परीक्षा तालिका सार्वजनिक गरेको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा समय तोकिएको छ ।
यस वर्षको परीक्षामा चार लाख ८९ हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।



