सोम, मंसिर ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

एमाले माओवादी गठबन्धनमा असमझदारी भएकै हो ?

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
एमाले माओवादी गठबन्धनमा असमझदारी भएकै हो ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – संघ र प्रदेशहरुमा सरकार गठनले पूर्णता नपाउँदै एमाले माओवादी गठटबन्धनमा असमझदारी देखा परेको संकेत भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरिरहँदा प्रदेशहरुमा शक्ति बाँडफाँटप्रति दुवै दलमा असन्तुष्टि देखिएको छ।

त्यस्तै केन्द्रमा प्रम दाहालले विश्वासको मत लिने अघिल्लो दिन एमाले अध्यक्ष केपी शर्मा ओली आफूले गरेको संसद विघटन ठीक थियोे भनेर संसदबाट उद्घोेष गरे। यो अभिब्यक्तिले प्रचण्डलाई चोट पुगेको चर्चा चलेको छ ।

तत्कालीन डबल नेकपामा ओलीको संसद विघटन गर्ने कमदलाई प्रतिगमनको संज्ञा दिँदै दाहाल र माधव नेपाल खेमा सडक आन्दोलनमा उत्रिएको थियो। त्यहीँ कारण नेकपा विघटन हुँदै एमाले र माओवादी पुरानै अवस्थामा फर्किने र एमाले विभाजन हुनेसम्मको परिस्थिति पैदा भएको थियोे।

दाहाल नेपालले प्रतिगमनको आरोप लगाएको कदमलाई ओलीले विश्वासको मत दिने अघिल्लो दिन सम्झाएर पुनः आफ्नो उक्त काम ठीक थियो भन्ने जिकिर गरेका छन्। ओलीको उक्त भनाइप्रति दाहाल मौन बसेका छन्। तर तत्कालीन अवस्थामा ओलीले गरेको संसद विघटनको विषय फेरि उब्जनुले दुई नेता र दलबीच असमझदारी बढ्ने खतरा बढेको छ।

संसद विघटन गर्ने आफ्नो कामको बचाउ गर्दै ओलीले सोमबार संसदमा भने, ‘एकपटक नेपालमा व्यापक हल्ला चलाइयो, प्रतिनिधिसभा विघटन गर्दा प्रतिगमन भयो भनेर। त्यसो हो भने बेलायतमा कतिपटक प्रतिगमन भयो होला ? प्रतिनिधिसभा विघटन प्रतिगमन होइन।’

सोमबार ओलीले प्रतिगमनको परिभाषा गर्दै चुनावमा जाने आफ्नो निर्णय सही भएको जिकिर गरे। ‘जनताको अधिकार खोसिनु प्रतिगमन हो। जनताबाट सार्वभौम सत्ता प्राप्त गर्नु प्रतिगमन होइन, ओलीले भने, ‘संसदबाट सरकार बन्नु, संसदबाट सरकार ढल्नु प्रतिगमन होइन, अन्यत्र लगेर षड्यन्त्रबाट सरकार ढालियो भने प्रतिगमन हुन्छ। अहिलेको गठबन्धन प्रतिगमनको पक्षमा छैन।’ यो काम नै प्रचण्ड र माधव नेपालबाट भएको थियो ।

ओलीले आफूले जस्तो संसद विघटन बेलायत, भारत अमेरिकामा कयौँपटक भएको उदाहरण सम्झाए । उन्ले संसद विघटनको बचाउ गरिरहँदा दाहाल भने प्रतिक्रियाविहीन अवस्थामा सुनिमात्रै रहे।

कांग्रेस महामन्त्री गगन थापाले अघिल्लो संसदको उक्त घटनाले दाहाल ओलीबीच फेरि बिग्रह ल्याउन सक्ने दाबी गरेका छन् ।

संसद भवनबाट बाहिरिँदै गर्दा थापाले भने, ‘प्रतिनिधिसभा विघटन जनताको पक्षमा थियो, त्यसलाई प्रतिगामी भन्नेहरु नै प्रतिगामी हुन् भन्दै गर्दा प्रधानमन्त्री टेबल ठोकौं कि नठोकौं भनेर अलमलमा परेको देखियो। पहिलो बैठकमा उहाँहरुले गरेको सम्बोधनले के संकेत गर्छ भने जुन विषय अघिल्लो प्रतिनिधिसभामा उहाँहरुको बीचको विग्रहको कारक बन्यो, यो विषयको बीजारोपण आज भयो र यो नै फेरि पनि विग्रहको कारण बन्छ।’

त्यस्तै प्रदेशमा मुख्ममन्त्री बाँडफाँडप्रति दुवै दलमा असन्तुष्टि देखिएको छ। प्रदेश १ मा एमालेलाई पूरै कार्यकाल मुख्यमन्त्री छाडेको भन्दै माओवादीमा असन्तुष्टि छ भने कर्णालीमा माओवादीलाई पुरै कार्यकाल छाडेको भन्दै एमालेमा असन्तुष्टि देखिएको छ।

असन्तुष्टि जनाउँदै प्रदेश १ मा माओवादी तत्काल हिक्मत कार्की नेतृत्वको सरकारमा नजाने भएको छ भने कर्णालीमा मुख्यमन्त्री नपाउँदा एमालेका यमलाल कँडेल फेरि पनि जिल्लिएका छन्। त्यहाँ एमाले दलभित्र केन्द्रमा भएको निर्णयप्रति अन्तुष्टि चुलिएको छ।

यो पनि पढ्नुहोस्

ललितकला क्याम्पसमा  मूर्ति शिलान्यास गरेकोमो आपत्ति

ललितकला क्याम्पसमा मूर्ति शिलान्यास गरेकोमो आपत्ति

७ घण्टा अगाडि
प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइतबार सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन

यूएईविरुद्ध १००औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

‘सुरताल म्युजिकल टुर–२०८३’ नेपालगन्जमा हुने

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक