शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उपत्यका जोडिने सबैजसो सडक जीर्ण

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
उपत्यका जोडिने सबैजसो सडक जीर्ण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  समयमा मर्मत नहुँदा काठमाडाैं उपत्यका जोडिने सबैजसो सडक जीर्ण बनेको छ । नागढुङ्गा नाका हुँदै ओहोरदोहोर गर्नुपर्दा नागढुङ्गा–मुग्लिन, मुग्लिन–नारायणगढ, बुुटवल–नारायणगढ तथा पोखरा–मुग्लिन सडक खण्डमा सबैभन्दा धेरै समस्या छ ।

यस्तै, हेटौँडा–काठमाडाैं जोड्ने सडकखण्ड, काठमाडाैं–सिन्धुली जोड्ने वीपी राजमार्ग र बालाजुुबाट नुवाकोट निस्कने पासाङ ल्हामू राजमार्गमा पनि ठाउँठाउँमा सडक भत्किएका र बिग्रिएका छन् । सडकमा कतै मर्मत गर्न भन्दै भत्काएर असरल्ल छोडिएका ढुङ्गामाटा र बालुवागिट्टी छन् ।

छिटो मर्मत सकिने ठाउँमा पनि उस्तै ढिलासुस्ती भएको छ । यसबाट यात्रु, चालक र सहचालक पनि हैरान छन् । काठमाण्डौ जोड्ने मुख्य नाका नागढुङ्गा हुँदै दैनिक झण्डै ७ हजार गाडी आउजाउ गर्छन् । यो नाका हुँदै काठमाडाैं छिर्न त्यति सजिलो छैन ।

पृथ्वी राजमार्गमा पर्ने पोखरा–मुग्लिन सडक खण्डको बाटो हुँदै आउनेले झण्डै ८० किलोमिटर बिग्रेको बाटोमा यात्रा गर्नुपर्छ । पूर्व पश्चिम राजमार्गमा पर्ने बुटवल नारायणगढ सडकखण्डको बाटो हुँदै ओहोरदोहोर गर्नेले १ सय १३ किलोमिटर लामो बिग्रेको बाटोमा यात्रा गर्नुपर्छ ।

यस्तै,धादिङको सिस्ने खोलामा बनिरहेको सुरुङ मार्गको कारण सडकमा खाल्डाखुल्डी भएकाले घण्टौँ जाम हुन्छ । यस्तो सडकमा यात्रा गर्दा बिरामीलाई झन् गाल्ने र सद्दे मान्छे पनि बिरामी हुने अवस्था रहेको सुर्खेतबाट काठमाण्डौ आउनुभएकी विनादेवी जैशीले जनाउनुभयो ।

यस्तै, भीमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ हुँदै काठमाण्डौ जोड्ने सडक र हेटौँडाबाट र भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ हुँदै काठमाण्डौ जोड्ने सडक निर्माण थालिएकाले दुवै बाटो बन्द गरिएको छ । काठमाण्डौ र हेटौँडा जोड्ने कान्तिलोकपथमा अहिले दैनिक ६ सय वटा गाडी आउजाउ गर्छन् ।

कान्ति लोकपथबाट नै आउजाउ गरिरहेका सुमो चालक आशीष लामाले यो सडक तुलनात्मक रुपमा सहज भए पनि ठाउँठाउँमा भत्किएको जनाउनुभयो । यात्रा गरुन्जेल चट्टानसहितको पहिरो खस्ने डर रहेको उहाँको भनाइ छ । तुलनात्मक रुपमा वीपी राजमार्ग अरु सडकभन्दा केही राम्रो भए पनि ठाउँठाउँमा भत्केको छ ।

काठमाण्डौ जोडिने, पासाङल्हामू राजमार्गमा पर्ने नुवाकोट बालाजु सडक खण्डमा पाँच वर्षदेखि सडक विस्तार र मर्मतको काममा भएको ढिलासुस्तीले गाडी चलाउन पनि समस्या हुने गरेको त्यही क्षेत्रका चालक देवेन्द्र श्रेष्ठले जनाउनुभयो ।

काठमाण्डौ र देशका अरु मुख्य सहर जोड्ने धेरै राजमार्गहरु यस्तै, भद्रगोल र अस्तव्यस्त छन् । अन्तर्राष्ट्रिय मान्यता अनुसार हरेक राजमार्गलाई ७ देखि दश वर्षमा पुनर्निर्माण गर्नुपर्छ । तर नेपालमा सडकमा खाल्डा पुर्ने र भित्ता टाल्ने काम मात्रै हुने गरेको छ ।

पछिल्लो समय सडक सुरक्षा, गुणस्तर र सहजतालाई प्राथमिकतामा राखेर काम अघि बढाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागका सूचना अधिकारी अमित शर्माले दाबी गर्नुभयो । उहाँले अबको दुईदेखि चार वर्षभित्र अहिले भइरहेका सडक मर्मत तथा स्तरोन्नतीका काम सक्ने योजना रहेको जनाउनुभएको छ ।

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

तनहुँमा बलेरो जिप दुर्घटनामा ६ जना घाइते

१८ मिनेट अगाडि
प्रचण्ड रसिया प्रस्थान

प्रचण्ड रसिया प्रस्थान

१९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक