शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उपचारमा पुगेका बिरामी ओपिडीको टिकट काउन्टरमा अलपत्र

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
उपचारमा पुगेका बिरामी ओपिडीको टिकट काउन्टरमा अलपत्र
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धरान ।  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षक र चिकित्सकले अन्तर्वार्ता नियमित गर्न माग गर्दै आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गरेपछि बिरामी अलपत्र परेका छन् ।

बिपी प्रतिष्ठानमा उपचारका लागि पुगेका बिरामी ओपिडीको टिकट काउन्टरमा अलपत्र परेका छन् भने फलोअपमा आएका बिरामीले समेत चिकित्सक भेट्न सकेका छैनन् ।

बढुवा प्रक्रिया नियमित गर्न गत कात्तिक २० गते धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई तथा विभिन्न राजनीतिक दलको रोहवरमा पुस २ गते सुरु गरी १५ गतेसम्म आवश्यक प्रव्रिmया पूरा गरेर लोक सेवा आयोग र स्वास्थ्यमन्त्रीको सहमति लिई बाँकी रहेको अन्तर्वार्ता सम्पन्न गर्ने सहमति भएको थियो ।

सहमति गरिएको समय बितिसक्दा पनि बढुवा प्रक्रिया नचलेपछि बिपी प्रतिष्ठान अस्पतालमा आकस्मिक सेवाबाहेकका अन्य सेवा बन्दको आह्वान गरी चिकित्सक, शिक्षक र कर्मचारी पुनः आन्दोलनमा होमिएका छन् । यसको असर उपचारमा आएका नयाँ तथा फलोअपमा आएका बिरामी तथा अध्ययनरत विद्यार्थीमा परेको छ ।

अस्पतालमा टिकटका लागि बिहानैदेखि लाम लागे पनि ओपिडीको काउन्टर नखुलेपछि बिरामी निराश भएर घर फर्किन बाध्य भएका छन् । टाढाबाट आएका बिरामी भने खुल्ने आसमा दिनभरि नै अस्पताल परिसरमा बसिरहे ।

पथरीबाट आउनुभएका बलभद्र मगरले गुनासो गर्नुभयो, “उपचारका लागि टाढादेखि आइयो, अब कता जानु, के गर्नु ?” उहाँले डाक्टरको परामर्शमा मानसिक रोगको औषधी सेवन गर्दै आउनुभएको छ । अस्पतालमा भइरहेको आन्दोलनका कारण उहाँ जस्तै सयौँ बिरामी पीडित भएका छन् । छोरीलाई उपचार गराउनका लागि आउनुभएका धरान–११ निवासी करुण राईले अस्पतालमा आन्दोलनका कारण उपचार सम्भव नभएपछि आक्रोश पोख्दै भन्नुभयो, ‘‘सधैँ आमनागरिकलाई मात्र कति दुःख दिएको होला !”

सिराहाबाट पेटको समस्या लिएर आउनुभएका विकास मण्डल अस्पताल खुल्ने आसमा आफू बसिरहेको जनाउनुभयो । यहीँ उपचार गराउने भनेर आएकाले अन्य जाने खर्च पनि नभएको र उपचार नगरी घर पनि जान नसक्ने भएकाले अस्पताल परिसरमै  चिकित्सक कुरिरहेको उहाँ जनाउनुहुन्छ ।

पटक पटकको आन्दोलनले बिपी प्रतिष्ठान धराशायी बन्दै गएको छ । उपचारमा आएका बिरामी आन्दोलनका कारण उपचार नगरी निराश भएर घर फर्किनुपर्ने अवस्था दुःखद भएको अधिवक्ताले जनाउनुभयो । बिपी प्रतिष्ठान, चिकित्सक र सम्बन्धित निकायले यस विषयमा गम्भीर हुनुपर्ने उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

माइक्रोसफ्टकाे कनेक्टिभिटी समस्या

माइक्रोसफ्टकाे कनेक्टिभिटी समस्या

३० मिनेट अगाडि
देशको पहाडी भू–भागमा आंशिक बदली

पश्चिमी वायुको आंशिक प्रभाव

३३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक