बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कपिलवस्तुका किसानलाई उखु बेच्न समस्या

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
कपिलवस्तुका किसानलाई उखु बेच्न समस्या
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु । लामो समय सञ्चालित सुगर मिल अन्यत्रै सरेपछि यहाँका उखु किसान मारमा परेका छन् । पाँच वर्ष अगाडि उखु स्याहार्ने समयमै श्रीमहालक्ष्मी सुगर मिल सर्लाही स्थानान्तरण भएको थियो । त्यसयता यहाँका किसान उखु बेच्न नपाएपछि मारमा पर्दै आएका छन् ।

सुगर मिल नहुँदाको फाइदा यहाँ सञ्चालित उखु क्रसर (सख्खर) उद्योगले पाएका छन् । सख्खर उद्योगले मनपरी मूल्य तोक्न थालेपछि उखु किसान सरोकारवाला गुहार्न थालेका छन् । उखु बेच्ने यो समयमा सरकारले समर्थन मूल्यसमेत तोक्न सकेको छैन ।

सरकारले मूल्य तोक्न नसक्दा किसानलाई उखु बेच्न झनै समस्या भएको छ । सरकारले उखुको मूल्य तोक्न नसकेको र सख्खर उद्योगले मनपरी मूल्य लिइरहेको कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरी बताउनुहुन्छ । जिल्लामा रहेका ७५ सख्खर उद्योगले मनपरी ढङ्गबाट उखुको मूल्य दिएको सङ्घका अध्यक्ष चौधरीले बताउनुभयो ।

“उखु खेतीबाटै जीविकोपार्जन गर्दै आएका किसान मिल विस्थापित भएपछि समस्यामा परेका छन्”, उहाँले भन्नुभयो, “किसानको गुनासो सुन्ने निकाय कहाँ छ रु सुगर मिल नहुनु र सख्खर उद्योगले मनपरी मूल्य तोक्दा उखु किसान विस्थापित हुने अवस्था सिर्जना भएको छ ।” सरकारलाई उखुको मूल्य प्रतिक्विन्टल रु सात सय पाँच तोक्न माग गरेको र त्यो मागको सुनुवाइ अहिलेसम्म नभएको अध्यक्ष चौधरी बताउनुहुन्छ ।

“उखुको मूल्य निर्धारणका लागि कृषि मन्त्रालय पुगेका थियौँ, सरकारले यो विषयमा कुनै निर्णय दिएन”, उहाँले भन्नुभयो । जिल्लाका उखु किसानले रु साढे तीन सयदेखि चार सय पचाससम्ममा बिक्री गर्दै आएका हुन् । शिवराज नगरपालिका पिपरीमा रहेको शिव चन्दन सख्खर उद्योगले प्रति क्विन्टल रु चार सय नब्बेमा उखु खरिद गरिरहेको छ ।

उखु बिक्री गर्न बजारको समस्या भएपछि केही किसानले सख्खर उद्योगमा भेली बनाउन दिएका छन् भने कतिपय आफैले सख्खर उद्योग स्थापना गरी भेली बनाउन थालेका छन् । सरकारले मूल्य नतोक्दा उखु बेच्न समस्या भएको किसान रामप्रकाश चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला चिनी मिल थियो र बेच्न सजिलो थियो, अहिले उखु बिक्री नै हुँदैन कि भन्ने डरले जति पैसा दिए पनि सख्खर मिललाई दिन बाध्य छौँ ।” जिल्लाको पश्चिम–दक्षिण क्षेत्रमा सुक्खा क्षेत्र रहेको र अधिकांश किसानले व्यावसायिक रूपमा उखु खेती गर्दै आएका छन् । जिल्लाको कृष्णनगर, महाराजगञ्ज र शिवराज नगरपालिका तथा विजयनगर गाउँपालिकामा व्यावसायिक उखु खेती गरिन्छ । करोडौँको कारोबार गर्ने सख्खर उद्योग स्थानीय तहमा दर्ता छैनन् । कपिलवस्तुको पश्चिमी क्षेत्रमा रहेका सख्खर उद्योग स्थानीय तहको कार्यालयमा दर्ता नभएको पाइएको छ ।

स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र रहेको उद्योगलाई व्यवस्थापन गर्ने जिम्मा भए पनि शिवराज नगरपालिकामा रहेका सख्खर उद्योगको सङ्ख्यासमेत नगरपालिकालाई जानकारी छैन । “नगरभित्र कति उद्योग दर्ता भएका छन् हेर्नुपर्ने हुन्छ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेयले भन्नुभयो’, “अहिले यकिन तथ्याङ्क भन्न सकिँदैन ।”

विजयनगर गाउँपालिकाले पालिकाभित्र सञ्चालित सबै उद्योगलाई दर्ताको लागि पत्र पठाइसकेको गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनुभयो । यस्तै जिल्लाका अन्य स्थानीय तहमासमेत सख्खर उद्योग दर्ता नभएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले उखु किसानले कम मूल्यमा खरिद गरेका सख्खर उद्योगका बारेमा जानकारी दिए कारबाही गर्ने बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सरकारले तोकेअनुसार कुनै पनि उद्योगले उखुको मूल्य किसानलाई दिनुपर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

इरानले जारी युद्ध ‘सधैंका लागि अन्त्य गर्ने’ प्रस्ताव अघि सारे

तनावका कारण कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

१ घण्टा अगाडि
मनसुन भित्रिन अनुकूल वातावरण बन्दै

मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा हुने

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नाई मलाई त्यही पार्टी चाहिन्छ

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक