शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

बिश्वमा कम्युनिष्ट आन्दोलन किन कमजोर बन्यो ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
बिश्वमा कम्युनिष्ट आन्दोलन किन कमजोर बन्यो ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–लोकनारायण सुबेदी
बिश्वमा आज मार्क्सबादी पक्षधरहरुले मार्क्सबादको नाममा प्राय यान्त्रिक नक्कल तथा आर्थिकरुपमा कठमुल्लबादी(जडसुत्रबादी) किसिमले यसमा टाँस्सिरहनुका साथसाथै ऐतिहासिक तथा समाजिक बिशेषताहरु र परिस्थिति अनुरुप मार्क्सबादको बिकास गर्न असक्षम भएका कारणले समेत यस दर्शन र सिध्दान्त बिरुध्द क्रियाशील रहेको खेमालाई ‘मार्क्सबादको मृत्यु’को घोषणा गर्न बल प्रदान गरेको देखिन्छ । यसका अतिरिक्त ‘बिचारधाराको अन्त्य’,‘इतिहासको अन्त्य’ र ‘उत्तर आधुनिक बैचारिक राजनीति’ जस्ता चरम दक्षिणपन्थी भबिष्यबाणी गर्नका लागि पनि अनुकूल माहोल बनेको प्रष्टैसँग औंल्याउन सकिन्छ । मार्क्सबादका बिरुद्ध यति हुँदाहुदै पनि आज यही यस्तो समय पनि हो जतिबेला सबै ठाउमा मजदुरबर्ग र उत्पीडित जन समुदाय संघर्षरत रहेका छन् । आजको बिश्वमा अनौपचारिक र असंगठित तप्काको पनि निकै ठूला संख्या पनि एकजुट हुदै गएको देखिदै आएको छ । किसान, महिला, प्रबासी शरणार्थी तथा उत्पीडित जन समुदायका बिभिन्न तह र तप्काहरु पनि आफ्नो हक हितका निम्ति आवाज उठाउदै आएका छन् । यसले प्रष्ट पार्दछ कि आजको नबउदारबादी पूँजीवादको संकटले बिश्वमा आज सबैलाई पिरोलेको छ र यसले उत्पन्न गर्ने चौतर्फी बिकराल समस्याको समाधान नखोजी धरै छैन भन्ने स्थिति फेरि पनि ठोस बन्दै गएको छ । यस स्थितिले पुनः माक्र्सका महत्वपूर्ण योगदान अध्ययन गर्नुपर्ने र यस स्थितिको समाधान खोजिनु पर्ने कुराको महत्व र आवश्यकता आज अझ बढ्न गएको छ।
​स्न १८१८ को पाँचौ महिना अर्थात् मई ५ मा जर्मनीमा जन्मेका मार्क्स आफ्नो समयको बिश्वका सबैभन्दा महान चिन्तक तथा क्रान्तिकारी दार्शनिक तथा बिचारक बने । उनको त्यही बिचारले बिश्व भरीका सर्बहारा बर्ग र श्रमजीवी जनतलाई आफ्नो मुक्तिको पथ प्रदर्शन गर्न थाल्यो र बैज्ञानिक समाजबादको दिशामा संघर्ष बिकसित हुँदै गयो र बिश्वमा नयाँ र अपूर्ब परिबर्तन ल्याउन अपूर्ब योगदान दिदै आयो । यसले शिोषित, उत्पीडित, पददलित बिश्वका करोडौ करोड मानिसहरुमा नया आशा र उत्साह जगायो र परिबर्तनको नबीन ऊर्जा पैदा गर्न अत्यन्तै ठूलो मद्दत गर्यो ।
​त्यसैले भनिन्छ कि मार्क्सको बिचारले मानब जातिको इतिहासमा सबैभन्दा धेरै र दूरगामी प्रभाव पार्यो । उनको बिचार ब्यापक र बहु आयामिक रहेको छ । खाशगरी उनले बैज्ञानिक समाजबादी बिचारको बिकास गरे । यसका तीन वटा मूलभूत तत्वहरु छन । ती हुन् — द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकबाद,राजनैतिक अर्थशास्त्र र बर्ग संघर्षको सिद्धान्त । संक्षेपमा बिश्व मानब समाजको सभ्यताको ठोस परिस्थितिको ठोस बिश्लेषणका आधारमा कार्ल मार्क्सले इतिहासको सही र बैज्ञानिक ब्याख्या गरे, पूजीवादी शोषणको बास्तबिकताको अत्यन्तै मिहीन तरीकाले उजाग(एमआरआई) गरे र त्यस आधारमा समाजबादी तथा साम्यबादी क्रान्तिको बस्तुनिष्ठ औचित्य र आधार प्रष्ट पारे । यस सन्दर्भमा उनले अर्थनीति, राजनीति, दर्शन, इतिहास, सँस्कृति, समाजशास्त्र, बिज्ञान र अन्य अनेक बिषयमा बिस्तारपूर्बक लेख्ने काम गरे । सर्बप्रथम उनले यसरी बिश्वमा बैज्ञानिक समाजबादको जग बसाल्ने काम गरे । सर्बहारा महिला आन्दोलन तथा पर्याबरण आन्दोलनका लागि बैज्ञानिक आधार प्रदान गरे । उनले नश्लबाद र जातिबाद बिरोधी जस्ता आन्दोलनहरु पनि देखे र त्यसका कारण र कारकहरु पनि खेजे ।
​यद्यपि उनको सबल किल्ला केवल उनको बिचार मात्र थिएन । उनी भिन्न भिन्न देशरुका बिभिन्न ट्रेड यूनियन संगठनहरुद्वारा गठित प्रथम ‘वर्किङ्गम्यान एशोसिएशन(कामदार संघ), जसलाई प्रथम कम्युनिष्ट लीग पनि भनिएको थियो)मा सहभागी र सक्रिय थिए । उनले जर्मन वर्कर एशोसिएशनको गठन पनि गरे । यद्यपि उनी उतिबेला बेल्जियममा बस्ने गर्दथे । कम्युनिष्ट लीगको तर्फबाटै मार्क्स र एंगेल्सले कम्युनिष्ट घोषणापत्र लेखेका थिए ।यसरी क्रान्तिकारी दार्शनिकहरुले सर्बहारा अन्तर्राष्ट्रबादलाई ब्यवहारमा लागु गरेका थिए । जसलाई उनीहरुले पूँजीवादी अन्ध राष्ट्रबादको बिरोधमा प्रतिपादन गरेका थिए ।
​यी सबै गतिबिधिहरुका लागि मार्क्सलाई ब्यक्तिगतरुपले ठूलो त्याग र बलिदान दिनु परेको थियो । उनी र उनको परिबारलाई प्रायः सधैं नै गरीबी र निरन्तर प्रतिकृयाबादी सत्ताको प्रहरी दमनको सामना गरिरहनु परेको थियो ।उनले पटक पटक देश निकालाको सामना समेत गर्नु परेको थियो । खासगरी दुइ पटक फ्रान्सबाट र एक पटक बेल्जियमबाट । अन्ततः उनले राज्यबिहीन ब्यक्तिकोरुपमा इङ्गल्याण्डमा रहनु परेको थियो ।किनकि इङ्गल्याण्डले उनलाई नागरिकता दिन अस्वीकार गरेको थियो । अनि उता प्रशियाले पनि उनको नागरिकता पुनर्बहाली गर्न मानेको थिएन । यसरी उनले अत्यन्तै कठिन परिस्थितिमा पनि आफ्नो काम जारी राख्नु परेको थियो । यस्तो अत्यन्तै कठिनाईपूर्ण जीवनका कारण उनकी पत्नी जेनी तथा परिबारले अत्यन्तै कष्टकर जीवन धान्नु परेको थियो । जसका कारणले उनीहरुका सात छोराछोरीहरु मध्ये ४ जनाले धेरै सानो उमेरमा नै ज्यान गुमाउनु परेको थियो ।
​यस्तो अत्यन्तै कठीन घडीमा पनि कार्ल मार्क्सले अर्थशास्त्र, इतिहास, समाजशास्त्र जस्ता बिभिन्न क्षेत्रहरुका बिषयहरुमा महत्वपूर्ण बिचारहरु प्रतिपादन गरेका थिए । त्यसैले धेरै मानिसहरु उनको यो सच्चाईलाई स्वीकार गर्ने गर्दछन् ।तर पनि उनीहरु के भन्दछन् भने क्रान्तिको उनको बिचार सही छैन । तिनको यो कुरा बिल्कुलै सही होइन र यो उनको अन्य बिचारमा समाहित छैन । यसो भन्नु एकदमै गलत हो । कार्ल मार्क्सका बिचारहरुको सारततव क्रान्तिका बारेमा उनको अबधारण हो । यो उनका कामहरुको अबिछिन्न जीवन रेखा हो । क्रान्तिको बिचार बिना मार्क्सको बिचार केही पनि होइन र हुँदै होइन र हुन पनि सक्तैन ।
​यस सन्दर्भमा कार्ल मार्क्सलाई सही अर्थमा स्मरण गर्ने प्रयत्न गरौं । यस परिप्रेक्षमा सर्बहारा अन्तर्राष्ट्रबादको भावनलाई दृढतापूर्बक कायम राख्ने,जनतन्त्र र नागरिक स्वतन्त्रताका लागि अनि समाजबाद तथा साम्यबादका लागि निरन्तर लड्ने कार्ल मार्क्सले बिश्वलई जस्तो सारभूत दृष्टि प्रदान गरेका छन् त्यस्तो बिश्वका लागि संघर्ष गर्ने आफ्नो प्रण र उत्साह नयाँ किसिमले दोहोर्याएका छन् । त्यसैले बिश्वका धेरै क्रान्तिकारीहरुले कार्ल मार्क्स जन्मको द्वि–शतबार्षिकी मनाउने क्रममा पाँच बर्ष पहिला २०१८ मा उनले देखाएको क्रान्तिारी मूलबाटोमा हिड्नका लागि नब यूवाहरुलाई प्रेरित गर्न र बिश्वलाई समाजबाद र साम्यबादको दिशामा बदल्ने नाराको आत्मा(मूख्य अन्तरबस्तु)लाई उच्च उठाउनका लागि माक्र्सका बिचारहरु प्रचारित गरेका थिए ।
​हुन पनि आज नब उदारबाद अन्तरगत पूँजीवादी–साम्राज्यबादी ब्यवस्था आफ्नो लामो इतिहासमा सबैभन्दा नराम्रोसँग अझ दीर्घकालीन संकटका बीचबाट गुज्रिरहेको छ । सामाजिक जीवनका सबै परिक्षेत्रहरु जसमा बिज्ञान र प्रबिधिको अत्याधुनिक ताजा प्रगति पनि शामेल छ, मुठ्ठीभर कर्पोरेट खर्ब पतिहरुको कब्जामा छ । आज गरीबी, भोक, बेरोजागारी, बिस्थापन, पलायन, सम्पत्तिहरण, असमानता, असुरक्षायुक्त खतरा, पर्याबरण बिनाश, साँस्कृतिक अधपत्तन आदि इत्यादि जस्ता गम्भीर बिषय बस्तुहरु अत्यन्तै नराम्रो स्थितिमा पुगिसकेका या पुगिरहेका छन् । एउटा सामाजिक ब्यवस्थाको रुपमा पूँजीवादी–साम्राज्यबाद आज काल–दोषको नराम्ररी शिकार भएको छ । यस प्रकारको अनुकूल बस्तुनिष्ठ परिस्थिति उपस्थिति हुँदाहुदै पनि बामपन्थी तथा कम्युनिष्ट आन्दोलन आज निकै नै कमजोर अबस्थामा छ । त्यो यस स्थितिमा छैन कि त्यसले मजदुर बर्ग तथा उत्पीडित जन समुदायका बीचमा उत्पन्न र ब्याप्त यो असन्तोषलाई क्रान्तिकारी बाटो प्रदान गर्न सकोस् । आज बामपन्थी र प्रगतिशील शक्तिहरुको एउटा मूख्य कमजोरी के देखापरेको छ भने त्यसले जनबादी, समाजबादी आन्दोलनका बिगतका सकारात्मक र नकारात्मक प्रयोगहरुबाट उचित र आवश्यक शिक्षा लिन र त्यस अनुरुप राजनीतिको बिकास गर्न असक्षम रहेको देखिएको छ । त्यसले गर्दा नै बिखण्डित र बिचलित बिगतका समाजवादी देशहरुको नोकरशाही र केन्द्रिकृत राज्यतन्त्रको नाममा स्वतन्त्र बजारका प्रबक्ता र नबउदारबादी बिचारको वकालतकर्ता उत्तर आधुनिकबादीहरुले मार्क्सबादमाथी जोडदार हमला गरिरहेका छन् । माक्र्सबादी शिक्षासँग यान्त्रिक र जडसुत्रबादी किसिमले टाँस्सिरहनुकासाथ साथै ऐतिहासिक तथा सामाजिक बिशेषता तथा परिस्थिति अनुरुप मार्क्सबादलाई अझ बिकास गर्नमा असक्षम रहनाले पनि यसरी बर्ग शत्रुलाई ‘मार्क्सबादको मृत्यु’को घोषणा गर्न बल प्रदान गरेको हो । यसका अतिरिक्त ‘बिचारधारको अन्त्य’, ‘इतिहासको अन्त्य’, ‘उत्तर–बैचारिक राजनीति’ जस्ता चरम दक्षिणपन्थी भबिष्यबाणी गर्नका लागि अनुकूल माहोल बनेको हो । अनि यस्तै प्रतिकूल समय हुँदा हुँदै पनि प्रायः बिश्वका सबैजसो ठाउँहरुमा मजदुर बर्ग तथा उत्पीडित जन समुदाय आज पनि संघर्षरत छन् । आज बिश्वमा अनौपचारिक तथा असंगठित तप्का निकै ठूलो स्तरमा संगठित हुँदै गएको पनि देखिदै आएको छ । यसमा उत्पीडित बर्ग, किसान,महिला, प्रबासी शरणार्थीहरु र उत्पीडित जन समुदायहरुले आफ्नो हक हितको माग पनि गरिरहेका छन् । यसले गर्दा के दिन प्रतिदिन अझ स्पष्ट हुँदै आएको छ भने बिद्यमान नब–उदारबादी ब्यस्बथा अन्तरगत चौतर्फी संकट खडा भएको र त्यसको समाधन यस ब्यवस्थामा हुन सक्तैन भन्ने यथार्थ पुनः प्रष्ट भएको छ । यस अत्यन्तै संकटपूर्ण स्थितिमा मार्क्सका बिशिष्ठ र अतुलनीय योगदाहरुलाई पुनः गम्भीर अध्ययन, चिन्तन र मनन गर्नु अत्यन्तै महत्वपूर्ण र आवशयक छ । केही मानिसहरुले बुझ्ने र भन्ने गरेजस्तो मार्क्सबाद बिचारहरुको अमूर्त संकलन होइन, यो बैज्ञानिक र ब्यवहारिक दुबै बिचार हो । यसले कसैमाथि केही थोपर्दैन, बरु बस्तुनिष्ठरुपमा बिद्यमान समाजिका सम्वन्धहरुबाट शुरु गर्दछ र त्यसबाट पार पाउने प्रकृयामा मार्क्सबादले आफुलाई बिकसित तुल्याउँदछ । यसले कसैलाई समस्या समाधान गर्ने मसिहा बनाउदैन बरु जनताले स्वयं राजनीतिक सचेतनाबाट सुसज्जित बनेर आफ्नो अस्तित्व स्वयं बदल्दछन् भन्ने कुरामा एकदमै प्रष्ट छ । मार्क्सलाई उनको जन्म द्वै– शतबार्षिकीका बेला या जन्म जयन्तिका बेला सम्झने गर्दा यस कुरामा ध्यान केन्द्रित गर्नै पर्दछ कि जनता मौजुदा शोषणकारी ब्यबस्थालाई बदल्न सचेत, संगठित र संघर्षशील भएर स्वयं अघि बढछन् । बिश्व समाजको परिवर्तनको इतिहास यस्तै रहेको छ । त्यसै संघर्षको क्रममा नै नेतृत्वको जन्म र बिकास पनि हुने गर्दछ । वास्तवमा मार्क्सबादले यही बैज्ञानिक सामाजिक परिबर्तन दर्शाएको छ । योभन्दा अरु केही होइन ।

यो पनि पढ्नुहोस्

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

१४ घण्टा अगाडि
नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक