आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

राजा महेन्द्रको कू र आजको अवस्था !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हरेक वर्षको पुसमा तत्कालीन राजा महेन्द्र शाहले गरेको कूलाई सम्झिने गरिन्छ । त्यतिबेला जननिर्वाचित सरकारलाई हटाएर सरकारले शासन व्यवस्था हातमा लिएका थिए । त्यो व्यवस्थाका केही सीमित वर्गका लागि लाभदायक भए पनि समग्र जनता तथा लोकतन्त्रका लागि भने उचित थिएन । त्यही कारण पञ्चायती व्यवस्थाको विरोध भयो र जनआन्दोलनपछि देशमा बहुदलीय व्यवस्था लागू भयो । तर, राजनीतिक दलले यो व्यवस्थाको उपयोग गर्न नसक्दा र लोकतन्त्रको मर्म बुझ्न नसक्दा जनताले पञ्चायतकाल र अहिलेको अवस्थामा फरक महसुस गर्न पाएका छैनन् ।

तत्कालीन राजतन्त्रमा राजा र उनका आसेपासेको हालिमुहाली हुने गरेको थियो । जनताको अभिव्यक्ति स्वतन्त्रतामा बन्देज थियो । तर अहिले देशमा संघीय व्यवस्था लागू भइसक्दा पनि नेताका सीमित समूहले मात्र लाभ उठाउने र उनीहरु देशको कानुनभन्दा माथि भइरहने प्रवृत्ति छ । यसले पुरानी पञ्चायती व्यवस्थालाई पुनः महसुस गराउने गरेको छ । देशमा लोकतन्त्र र गणतन्त्रको बहाली भए पनि शासकहरु भने निरंकुश प्रवृत्तितर्फ उन्मुख भइरहेका छन् । यसको एउटा उदाहरण हो, सरकारले नागरिकको वैयक्तिक गोपनीयता र संविधानप्रदत्त मौलिक हकमा अतिक्रमण गर्ने गरी ल्याउन लागेको कानून । तत्कालीन राजतन्त्र र पञ्चायती शासनमा पनि नागरिकको अभिव्यक्ति स्वतन्त्रता, वैयक्तिक गोपनीयता र मौलिक हकअधिकारको हनन भएको थियो । केही सीमित व्यक्तिको अधीन र निरंकुशतामा देश जकडिएको थियो । नागरिकले आफ्नो हक अधिकारको विषयमा पनि सरकारबाट अनुमति लिनुपर्ने र सरकारलाई मन नपरेमा तत्काल कारबाहीमा परिने अवस्था त्यतिबेला थियो । अहिले सरकारले पनि त्यही पञ्चायती निरंकुश व्यवस्थाको झल्को दिनेगरी कानून निर्माण गर्न लागेको छ ।

यो त एउटा उदाहरण मात्र हो, पछिल्लो समय न्याय माग्ने जनतामाथि दमन हुने, अपराध गरेका र पार्टीका नजिक भएका व्यक्तिको सजाय माफी गर्ने, भ्रष्टाचार तथा अनियमिततालाई बढावा दिने जस्ता काम भइरहेका छन् । यसले वर्तमान व्यवस्था र राजनीतिक दल तथा तिनका नेतामाथि नै जनताको आक्रोश र निराशा बढ्दै गएको छ । नेपालभन्दा कमजोर आर्थिक अवस्था भएका देशहरुले पछिल्लो ३ दशकमा विकासमा फड्को मारिसक्दा नेपालको अवस्था भने अहिले पनि ज्यूँका त्यूँ छ । २०४६ सालमा पञ्चायत अन्त्य र प्रजातन्त्र स्थापनायता सत्तामा दलहरुको नियन्त्रण रहे पनि त्यसअनुसार काम गर्न नसक्दा त्यसयताको समय उपलब्धिमूलक बन्न नसकेको हो । अहिले पनि नेपालको काम गर्ने उमेर समूहको ठूलो हिस्सा विदेश पलायन भइरहेको छ । देशमा रोजगारी सृजना, कलकारखानाको वृद्धि र किसानलाई प्रोत्साहन सपना जस्तै बनेको छ । हरेक वस्तुका लागि आयातमा नै निर्भर हुने अवस्था छ । देशको बाह्य तथा आन्तरिक ऋण बढेको बढ्यै छ । तर, देशको आम्दानी भने रेमिट्यान्समा नै सीमित छ । त्यही रेमिट्यान्स पनि विभिन्न वस्तु आयातका लागि विदेशमै फर्किने भएकाले अर्थतन्त्र धराशायी बन्दै गएको छ । त्यसैले सबै दलका नेताहरुमा देशको समस्या आफू नै हो भन्ने बुझाइ जहिलेसम्म हुन सक्दैन, तबसम्म देशले विकासको गति लिन पनि सक्दैन । अकर्मण्यता, दण्डहीनता र भ्रष्टाचारलाई संरक्षण गरिरहने र उत्पादनमा प्रोत्साहन नगर्ने हो भने देश असफल बन्ने जोखिम झनै बढ्नेछ । जसका कारण अहिलेभन्दा पञ्चायत काल नै ठीक थियो भन्ने अवस्था आउनेछ ।

 

यो पनि पढ्नुहोस्

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

६ मिनेट अगाडि
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

३२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक