काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा सर्वोच्चमा ६ जना न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल सर्वोच्चको न्यायाधीश नियुक्त भएका हुन्।
यसअघि आजै संसदीय सुनुवाइ समितिले सर्वोच्चको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका उनीहरुको नाम अनुमोदन गरेको थियो।
न्याय परिषद्को मङ्सिर ५ गते बसेको बैठकले सर्वोच्च अदालतका लागि रिक्त ६ न्यायाधीशका लागि नाम सिफारिस गरेको थियो।


