बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पूर्वप्रधानमन्त्रीहरुले सन्यास लिए सबै ठीक हुन्छः अमरेश सिंह

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
पूर्वप्रधानमन्त्रीहरुले सन्यास लिए सबै ठीक हुन्छः अमरेश सिंह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको दाबी गरेका छन् । नेपालका पौने तीन करोड जनता गणतन्त्रको पक्षमा रहेका उनको दाबी छ । उनले मुट्ठीभरका ५÷१० हजार राजावादीले चाहँदैमा संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा नपर्ने दाबी गरे ।

हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गणतन्त्रभन्दा राम्रो व्यवस्था संसारमा अरु कुनै हुन नसक्ने बताए । उनले नेपालका नेताहरुले गणतन्त्रलाई दलतन्त्र, परिवारतन्त्र र भ्रष्टाचारतन्त्रको रुपमा बुझेको बताए ।

‘राजा जनताले खोजेका होईनन् । राजावादी र जनता दुईटै एउटै कुरा होईन, फरक–फरक हो । जनता भनेको नेपालमा पौने तीन करोड छन् । राजावादी भनेका मुट्ठीभर ५÷१० हजार होलान् । दुनियाँमा कहीपनि गणतन्त्र फेल छैन । श्रीलङ्कामा नेताहरुमाथि प्रहार भयो । राष्ट्रपतिले हेलिकप्टरबाट भाग्ने स्थिति आयो । गणतन्त्र फेल भएको होईन । त्यहाँ त गणतन्त्रनै छ ।’ उनले भने, ‘नेपालमा व्यवस्था फेल भएको छैन । गणतन्त्रभन्दा राम्रो व्यवस्था हुनैसक्दैन, लोकतन्त्रभन्दा राम्रो व्यवस्था हुनैसक्दैन, जनताको दृष्टिकोणमा । तर, अहिले फेल भएको नेता हो । नेताले गणतन्त्रलाई दलतन्त्रको रुपमा बुझ्यो, परिवारतन्त्र, भ्रष्टाचारतन्त्रको रुपमा बुझ्यो ।’

नेताहरुले गणतन्त्रलाई बैंकरले शेयर लगानी गरेर डिभिडेन्ट खाएजस्तै छोराछोरी, भाईभतिजालाई व्यवस्थाको डिभिडेन्ट खुवाउन खोज्दा सबैतिर भ्रष्टाचार बढेको उनको दाबी छ । प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुले राजनीतिबाट सन्यास लिएको खण्डमा अहिले व्यवस्थामा देखिएको समस्या सबै ठीक हुने उनको दाबी छ । अहिले व्यवस्था संकटमा नभएर नेताहरु संकटमा रहेको उनले बताए । राजनीतिक दलका नेता र दलप्रतिको घृणालाई गणतन्त्रप्रतिको घृणाको रुपमा बुझ्न नहुने उनले बताए ।

‘जसरी बैंकरले शेयर लगानी गरेर डिभिडेन्ट खान्छ, त्यस्तै नेताले देशलाई आफ्नो नीजि सम्पत्ति ठान्यो । मेरो परिवारले डिभिडेन्ट खानुपर्छ, श्रीमती, भाई, छोराछोरी, भतिजाको रुपमा भन्दा सबै ठाउँमा भ्रष्टाचार भयो । सिस्टमलाई कामै गर्न दिएनन्, जनताको कामै हुन सकेन । यी नेताहरु पूर्व प्रधानमन्त्रीहरुले टुंडिखेलमा गएर सन्यास लिनेवित्तिकै यो समस्या समाधान हुन्छ । गणतन्त्र संकटमा छैन, नेताहरु संकटमा छन्,’– उनले भने ।

नेताहरुको कमी कमजोरीका कारणले जनतामा व्यवस्थाप्रति केही हदसम्म वितृष्णा बढिरहेको उनले बताए । नेताको कारण जनताले गणतान्त्रिक व्यवस्थाको महशुस गर्न नपाएको उनले बताए ।

गणतन्त्रमाथि आक्रमण नभएको उनले बताए । गणतन्त्रमाथि आक्रमण भए यो व्यवस्थाको रक्षाका लागि लाखौं जनता सडकमा आउने उनको दाबी छ । नेताहरुले सुरक्षा संयन्त्र, अर्थतन्त्र ध्वस्त पारेको उनले बताए ।

गणतन्त्रमा नेताको छोराको बिगबिगी भएको उनले बताए । बाउको नाममा नेताहरुको छोराले कुशासन र ताण्डव गरेको उनको आरोप छ । उनले राप्रपालगायत राजावादी भनिएका पार्टीहरुले राजा ल्याउन खोजेको नभएर राजा देखाएर दुईचार सिट बढि जित्ने मेलोमात्रै गरेको बताए ।

 

यो पनि पढ्नुहोस्

रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

रास्वपा सांसदलाई दिएका १२ निर्देशन

१३ घण्टा अगाडि
देउवा समूहको भेलामा धुमबराहीमा सुरु

देउवा समूहको भेलामा धुमबराहीमा सुरु

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ईश्वर अमात्यकाे यो मां मिखाँय् ख्वबि छं छाय् तया अब म्यूजिक भिडियाेमा

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

अव्यवस्थित बसोबासीहरूको विवरण उपलब्ध गराउन पत्राचार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक