मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उदयपुर स्कुल बस दुर्घटनाः एकैघरका २ बालबालिकाको निधन, अझै होसमा छैनन् बुबा–आमा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
उदयपुर स्कुल बस दुर्घटनाः एकैघरका २ बालबालिकाको निधन, अझै होसमा छैनन् बुबा–आमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

महेश्वर चामलिङ राई देउरी

पिकनिक जानिभनेपछि त्रियुगा नगरपालिका ५ देउरी पुरानो टोलकी ७ वर्षीया सोनिया चौधरी निकै खुसी भइन्। ११ वर्षीय दाइ विकास र बुबा विन्देश्वरसँगै शनिवार पिकनिक जान पाउँदा उनी दङ्ग थिइन्।

तर यो खुसी धेरै टिकेन। पिकनिकबाट अँधेरी झर्ना हेरेर फर्कने क्रममा बस दुर्घटनामा सोनियाको मृत्यु भएसँगै खुसीको अन्त्य भएको छ। उनका सहोदर दाजु ११ वर्षीय विकास पनि उनीसँगै अस्ताएपछि अहिले परिवार शोकमा छ।

एकाघरका सोनिया र विकाससँगै चालक ४० वर्षीय बिखन चौधरीको पनि दुःखद निधन भएको छ। पिकनिक टोली लिएर गएको त्रियुगा नगरपालिका ५ दिउरीस्थित अन्नपूर्ण बोर्डिङको प्र १–०५–००१ ख ००४४ नं। को बस मदन भण्डारी लोक मार्गको जोगीनीटोलमा शनिवार दिउसो दुर्घटना हुँदा उनीहरूको ज्यान भएको हो।

दुर्घटनामा अन्य ३६ जना घाइते भएको प्रहरीले जनाएको छ। घाईतेहरुमध्ये १५ जनाको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। जसमा १७ वर्षीया रामधुनी चौधरी, ३५ वर्षीय विन्देश्वर चौधरी र ५४ वर्षीय सत्यनारायण चौधरीको आइसियुमा र अन्यको आकस्मिक वार्डमा उपचार भइरहेको छ।

स्थानीयका अनुसार पिकनिक जाने पूर्व सहमति अनुसार गएको तिहारमा पुरानो टोलवासी आबद्ध ‘नयाँ बस्ती टोल विकास संस्था’मातह पर्ने पुरानो टोलमा बसोबास गर्ने १ घर दाससहित लगभग ४० घरधुरी चौधरी परिवारका बालबालिकालाई नाचगान गराउँदै देउसी खेलाइएको थियो।

देउसीबाट संकलित रकममा केही थपेर पुरै गाउँका बालबालिका शनिवार बिहान पिकनिक गए। पिकनिकमा सहभागीमध्ये चालक बिखन ४० वर्ष, अरुण चौधरी ९३८०, रामप्रसाद चौधरी ९४००, नारायण चौधरी ९१८० र सत्यनारायण चौधरी ९५४० बाहेक अन्य सबै ५ देखि १७ वर्ष उमेर समूहका थिए।

बिखन गाउँनजिकै रहेको अन्नपूर्ण बोर्डिङमा बस चालकको काम गर्थे। पिकनिक जाने संख्या ठुलो भए पछि बस भाडामा लिने कुरा भयो, उनकै आग्रहमा इन्धन हाल्ने गरी बोर्डिङले गाउँलेलाई बस उपलब्ध गराएको बोर्डिङ सञ्चालक अध्यक्ष क्षेत्रबहादुर खड्का ९रामजी०लाई उद्धृत गर्दै उनीनिकट स्रोतले जनायो। भिखन विद्यालयकै गाडी चालक भएकैले उनको आग्रह अनुसार तेल हाल्ने खर्च लिने गरी बस उपलब्ध गराउँदा दुर्घटना भएर जनधनको ठुलो क्षति पुगेको उनले बताए।

पिकनिक टोली दिउरीदेखि लगभग ६ किलोमिटर पश्चिममा पर्ने त्रियुगा नगरपालिका ७ कालीखोलास्थित पिकनिक स्पट तारपुल चौर पुग्यो। त्यहाँ पुगेर टोलीले बिहानको खाजा खाएपछि वयस्कहरू नाचगान गर्दै दिउँसोको खाना पकाउन थाले। बालबालिकाहरू खाना पाकुन्जेल उदयपुरगढी गाउँपालिका ७ अँधेरीस्थित झर्ना हेरेर आउने भन्दै बस चढेर निस्के। पिकनिक स्थलदेखि झण्डै ७ किलोमिटर पश्चिममा मदन भण्डारी लोकमार्गमै रहेको अँधेरी झर्ना जाने क्रममै चालक भिखनले बसको ब्रेक फेल भएको चाल पाएर सतर्क गराइसकेको घाइतेहरूले खुलाएका छन्।

‘गाडीको ब्रेक फेल भएछ, सबैले आफ्नो सीट बलियो गरी समात्नू है भनेर डाईभर अङ्कलले भन्नुभएको थियो’ घाइतेमध्येकी १५ वर्षीया अनिषा चौधरीले भनिन् ‘जाँदा तेर्सो र उकालो भएकाले केही भएन, फर्कँदा ओरालो छ होस् गर्नू भन्नुभयो। झरना हेरेर फर्कँदा दुर्घटना भयो, हामी घाइते भयौँ, डाईभर अङ्कल र छिमेकी भाइबहिनी बाँचेनन्।’

निधार, गाला र हातमा चोट लागेकी अनिषा जिल्ला अस्पतालबाट आइतबार दिउँसो डिस्चार्ज भएकी छिन्। खतरामुक्त रहेकी उनी गाडीको पछिल्लो सिटमा बसेको तर, दुर्घटना भएको पत्तै नपाएको बताउँछिन् ‘हामी त सबै गाडीभित्र रमाइरहेका थियौँ, कतिखेर पल्ट्यो थाहै भएन, होस खुल्दा अस्पतालमा थिएँ।’

अर्का १४ वर्षीय विशाल चौधरीले पनि चालकले ब्रेक फेल भएको छ भन्दै होस गर्न भनेको सम्झन्छन्। ‘डाईभर अङ्कलले सबैलाई ब्रेक फेल भएको छ, सतर्क रहनु भन्नु भएको थियो’ उनले दुर्घटनाअघिको कुरा सम्झे ‘झर्ना हेरेर फर्कँदा ओरालो र धेरै वटा घुम्तीमध्ये जोगीनीटोलको सानो घुम्तीमा दुर्घटना भइहाल्यो।’ पिकनिकमा ४३ जना भए पनि झर्ना हेर्न जानेको संख्या भने २५–३० जना मात्र रहेको अनुमान प्रहरीले गरेको छ।

उदयपुर प्रहरीले जनाए अनुसार दिउँसो १ः३० बजे भएको दुर्घटनाको खबर पाएर उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल ल्याइएकोमा चालक र दुई बालबालिकाको २ः०० बजे चिकित्सकले मृत घोषीत गरेको प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले बताए। शनिवार साँझसम्म १२ जना र आइतबार थप ३ जना गरी १५ जनालाई बिराटनगर रिफर गरिएको उनले बताएका छन्। र्घाइतेहरु सबैको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छिमेकी हरिनारायण पञ्जियारले बताएका छन्। पञ्जियारका अनुसार न्युरोमा १७ वर्षीया रामधुनी चौधरी, मृतक दाजु बहिनीका बुवा ३५वर्षीय बिन्देश्वर चौधरी र ५४ वर्षीय सत्यनारायण चौधरीको आइसियुमा उपचार भइरहेको छ। रामधुनी अझै बेहोस छिन् भने विन्देश्वरको अनुहार नचिन्ने अवस्थामा छ। सत्यनारायणको छातीका ४ करङ भाँचिएका छन्। उनीहरूको सोमबार अप्रेसन गर्ने तयारी भइरहेको पञ्जियारले बताएका छन्।

न्यूरोमा उपचाररत अन्य १२ वर्षीया चन्द्रिका चौधरी, १७ वर्षीय नरेश चौधरी, १२ वर्षीय रोहन चौधरी, ११ वर्षीय प्रेम चौधरी, १३ वर्षीया गङ्गा चौधरी, १५ वर्षीय सिद्धार्थ चौधरी, १८ वर्षीय नारायण चौधरी, ११ वर्षीया अनुस्का चौधरी, १२ वर्षीय इनिश चौधरी, १२ वर्षकै स्वस्तिका चौधरी, ४० वर्षीय रामचन्द्र चौधरी र १७ वर्षीया चाँदनी चौधरी छन्। जसमध्ये स्वस्तिका, रामचन्द्र र चाँदनीलाई आइतबार रिफर गरिएको हो। दुर्घटनाले एकाघरकै २ बालबालिका र चालकसहित ३ जना गुमाउनु पर्दा सिङ्गो बस्ती शोकमग्न भएको छ। स्थानीय केस्रादेवी चौधरीका अनुसार पिकनिक जाने एउटै परिवारका छोराछोरी र नातिनातिना गरी ९ जनासम्म घाइते भएका छन्।

प्रहरीले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएकोजस्तो अन्नपूर्ण बोर्डिङका विद्यार्थी दुर्घटनामा परेको नभई बस मात्र प्रयोग गरेको तथ्य सार्वजनिक गरेको छ। घाइते हुने बालबालिकाहरू सबै सामुदायिक विद्यालय जनता मावि दिउरीमा अध्ययनरत विद्यार्थी रहेको पनि प्रहरीले जनाएको छ । प्रवक्ता डिएसपी चौधरीले घाइते धेरै जना भएकाले उद्धार र उपचारमा प्रहरी व्यस्त भइरहेका बेला सामाजिक सञ्जालमा अन्नपूर्ण बोर्डिङ लेखिएको बसको फोटो हाल्दै ‘पिकनिक टोली दुर्घटनामा’ भन्ने सन्देश भाइरल भइसकेकाले यथार्थ कुरा ओझेलमा परेको बताए। १२÷१४ घण्टापछि मात्र घाइतेहरू अन्नपूर्ण बोर्डिङको नभई बस मात्र प्रयोग भएको तथ्य खुल्न आएको उनले बताए।

शोकसँगै चौधरी बस्तीमा चिन्ता र त्रास पनि बढेको पाइएको छ। आइतबार स्थलगत रिपोर्टिङका लागि नागरिक संवाददाता चौधरी बस्ती पुग्दा गाउँलेको अनुहार भाव विह्वलसँगै डर मिश्रित देखिन्थ्यो। शोकाकुल वस्तिवासीमा घट्नाले अर्को मोड लिने हो कि भन्ने चिन्ताले सताएर बोल्नै डराइरहेका छन्। सोझो र भुईतहका थारु समुदायका एक अधबैँसेले पत्रकारलाई सोधे ‘तपाँईहरु को हो, किन आएकोरु हामीलाई पछि अप्ठेरो पर्छ । ठुलो मान्छेलाई सोधेर मात्र बोल्छौँ।’ ठूला मान्छे चिनाइदिन आग्रह गर्दा सबै उपचारमा गएको उनीहरूको जवाफ थियो। नागरिकबाट

यो पनि पढ्नुहोस्

प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता सम्पन्न

प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता सम्पन्न

३४ मिनेट अगाडि
संविधान संशोधन प्रक्रियामा प्रदेश संरचनाको पुनरावलोकन माग

संविधान संशोधन प्रक्रियामा प्रदेश संरचनाको पुनरावलोकन माग

३८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पूरा हुन कठिन

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक