दुर्घटनामा परी खड्काको शरीर र टाउकोमा चोट लागेको छ । अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उनको उपचार भइरहेको छ । उनलाई भेटेर फर्किएका कलाकार उत्तम केसीले खड्काको टाउकोमा ३० वटा टाँका लगाइएको र अहिले बोल्न सक्ने स्थितिमा रहेको जानकारी दिए ।
उपचार गराइरहेकी कलाकार खड्काले पनि टेलिफोनमार्फत कुरा गर्दै स्वास्थ्यमा केही सुधार भएको बताइन् । खड्काले फिल्म सोच, रुमालै छ चिनो, नदेखिएको जातमा अभिनय गरेकी छन् । टेलिफिल्म उल्टो सुल्टो, नारी, सन्ध्या, ठिक्कै छ, परिवार, टुहुरी, बुहारीमा अभिनय गरेकी छन् । यसका साथै म्युजिक भिडियोमा समेत उनले अभिनय गरेकी छन् ।